Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

निउरो टिप्न गएकी महिलालाई पाटे बाघले लग्यो

निउरो टिप्न गएकी महिलालाई पाटे बाघले लग्यो

समाचार
पूर्णपुष्टि, चैत ३ बर्दिया राष्ट्रिय निकुञ्जमा एक महिलालाई पाटे बाघले लगेको छ । निउरो टिप्न गएका तीन जना महिलामध्ये ठाकुरबाबा नगरपालिका–७ की ५५ वर्षीया डल्ली रावतलाई बाघले लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । अहिले पाटेबाघले लगेकी महिलाको खोजी भइरहेको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रबाट बाघको आक्रमणमा परि यस वर्ष मात्रै नौ जनाको ज्यान गइसकेको छ ।...
नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ३ ओरालो लागिरहेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से २.५६ अङ्कले बढेर २३ सय ९१.७४ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर साढे ३ अङ्कले, होटल तथा पर्यटन समूहको ८६ अङ्कले, उत्पादनको २३, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको २ सय ३० र लगानी समूहको शेयर ०.२ अङ्कले बढेको छ । व्यापार, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ । २ सय १६ कम्पनीका ९० लाख १२ हजार कित्ता शेयर ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको १८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । चन्द्रागिरि हिल्ससहित ५ कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर भने सबैभन्दा धेरै झण्डै ९ प्रतिशतले घटेको छ ।...
४१ बर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

४१ बर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि,चैत ३ ४१ बर्षपछि कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोलीले ७६ वर्षीय मलाङ तामाङ (लामा)लाई प्रहरीले पक्राउ गरेको हो । तामाङ आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कैद गरिसकेको प्रहरीले जनाएको छ । उनीमाथि वारदाताका समयमा उधारोमा १५ सयको भैँसी किनेर उक्त पैसा नतिरेको विषयमा झैझगडा हुँदा कुटपिटबाट  स्थानीय नाम्जा तामाङको मृत्यु भएको आरोप छ । यस्तै तामाङले आफ्नो पहिचान लुकाएर भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भइ अवकाशपछि पेन्सन समेत लिने गररेकोमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
अमेरिकालाई किम यो–जङको चेतावनी

अमेरिकालाई किम यो–जङको चेतावनी

समाचार
पूर्णपुष्टि, चैत ३ उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो–जङले अमेरिकालाई चेतावनी दिएकी छिन् । किम यो–जङले कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहेको अमेरिकालाई ’दुर्गन्ध नफैलाउन’ चेतावनी दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अहिले अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरियाली नीति सार्वजनिक तयारी गरिरहनुभएको छ । साथै यो–जङले दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गरेकी छिन् । अमेरिकको नयाँ प्रशासनले समुद्रपारिको आफ्नो भूमिमा बारुदको गन्ध फैलाउने सङ्घर्ष गरिरहेको जनाएकी छिन् । चार वर्षसम्म चैनको निद्रा लिन मन छ भने दुर्गन्ध फैलाउनबाट टाढै बस्दा राम्रो हुने बताएकी जनाइएको छ । एक सरकारी सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै उनले दक्षिण कोरियाको सहर सोलमा अमेरिकी अधिकारी पुग्नुभन्दा एक दिन पहिला यस्तो प्रतिक्रिया दिएकी हुन् । अमेरिकी सरका...
चौदण्डीगढीमा निःशुल्क एक हप्ते योग शिविर शुरु

चौदण्डीगढीमा निःशुल्क एक हप्ते योग शिविर शुरु

समाचार
पूर्णपुष्टि,चैत ३ चौदण्डीगढी नगरपालिका–२ माडिवास स्थित न्यूटन एकेडेमीमा निःशुल्क योग शिविर शुरु भएको छ । हिजोदेखि एकेडेमीको आयोजनामा र योग गुरु नविन हाङखिमको प्रशिक्षणमा स्थानीयवासीको निम्ति एक हप्ते योग शिविर सञ्चालन आएको हो । योग के हो ? र योगा किन आवश्यक छ भन्ने स्थानीयको जिज्ञासालाई पनि समेट्दै सञ्चालन भइरहेको र त्यतिकै संख्यामा स्थानीय अभिभावकमा उत्सुक्ता देखिएको एकेडेमीका शिक्षक अमर पुमा राईले बताउनुभयो । शिविरमा ५० जना भन्दा बढी स्थानीयवासीको उपस्थिती रहेको छ । योगा विहान ५ बजेदेखि ७ बजेसम्म एक घण्टा सञ्चालन हुने छ । योग गुरु हाङखिमले थाईल्याण्ड, कम्वोडिया, सिंगापुर, जापान, भेतनाम लगायतका देशहरुमा योग प्रशिक्षण दिँदै आएका छन् ।...
बोरामा भेटियो महिलाको शव, श्रीमान फरार

बोरामा भेटियो महिलाको शव, श्रीमान फरार

समाचार
पूर्णपुष्टि,चैत्र ३ बल्खुको सुकुम्बासी टोलमा एक महिलाको शव बोरामा भेटिएको छ । सोमबार साँझ साढे ७ बजे प्रहरी पुग्दा टहराको घरमा एक महिलाको शव बोरामा पोका पारिएको अवस्थामा शव फेला परेको हो । मृतक अन्दाजी ३२–३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा हुन् । उनका श्रीमान सन्तोष सापकोटा भन्ने यज्ञ सापकोटा फरार रहेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमानले श्रीमतीको हत्या गरेको आशंका छ । सन्तोषीको टाउकोमा हथौडाले हानेर हत्या गरेको छ । उनीहरू पछिल्लो समय बौद्धमा बस्दै आएका थिए । सोमबार भने उनीहरू बल्खु पुगेका थिए । देवर तेजबहादुर सापकोटाले रगत बगेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । शव तन्नाले बेरेर फ्लास्टिकले बेरेर फेरि बोराभित्र राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूबीच घरायसी विवाद थियो । त्यही भएर श्रीमानले हत्या गरेर ...
यायोक्खाले खुवालुङमा झण्डा गाड्यो

यायोक्खाले खुवालुङमा झण्डा गाड्यो

समाचार
पूर्णपुष्टि, चैत ३ किरात राई यायोक्खा केन्द्र र मोरङ जिल्ला समितिको टोलीले किरात समुदायको सांस्कृतिक आस्थाको केन्द्र खुवालुङमा झण्डा गाडेका छन् । किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सचिव अर्जुन जम्नेली राई, मोरङ जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्य नवीन राई, बिशाल कोयु राई, यायोक्खा जिल्ला अध्यक्ष नरहाङ राई, उपाध्यक्ष सीता राई लगायतको ५१ जनाको टोली खुवालुङ पुगेर यायोक्खाको झण्डा गाड्नुको साथै विरोध कार्यक्रम गरेका हुन् । सप्ताकोशी नदीमा केही बर्ष अघिदेखि निजी कम्पनीहरुले जेटबोट (जल यातायात) संचालन गर्दै आएका छन् । बोट संचालनमा सहजता ल्याउनको लागी नदी विचमा भएका ठूल–ठूला ढुङ्गा भत्काउने कुरा चलिरहदा किराँतीहरुको सांस्कृतिक आस्थाको केन्द्र रहेको खुवालुङसमेत फुटाउने प्रशंगले खुवालुङ बचाउन अभियानमा यायोक्खा निरन्तर रुपमा लाग...
पशिक्षणका क्रममा प्याराग्लाइडिङ खस्दा सैनिक जवानको ज्यान गयो

पशिक्षणका क्रममा प्याराग्लाइडिङ खस्दा सैनिक जवानको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत्र ३ पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा फेवा तालमा प्याराग्लाइडिङ खस्दा नेपाली सेनाका एकजना जवानको ज्यान गएको छ । धादिङ नीलकण्ठ नगरपालिका घर भएको २३ बर्षीय राजाराम मगरको ज्यान गएको हो । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा हिजो दिउँसो २ः१५ बजे फेवातालमा खसेका मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।...
ब्राउन सुगरसहित ३ जना पक्राउ

ब्राउन सुगरसहित ३ जना पक्राउ

समाचार
मोरङ, चैत्र ३ झापा र मोरङबाट सोमबार लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीपुलबाट ईलामको ईलाम नगरपालिका २ का २५ बर्षीय मन्दिप श्रेष्ठलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै अस्थाई प्रहरी चौकी बलियाबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी–५ का ४१ बर्षीय पदम बहादुर तामाङ र बराहाक्षेत्र–५ का ३३ बर्षीय राम कुमार चौधरीलाई लागूऔषध ब्राउनसुगर २ ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषधमा प्रयोग भएका उनीहरुले चलाएको को २७ प ६६९२ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सफारीको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु

सफारीको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु

समाचार
सुनसरी, चैत्र ३ सुनसरी धरानमा सिटी सफारीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । धरान –५ देउरालीका ३५ बर्षीय किशोर बिकको सिटी सफारीको ठक्करबाट मृत्यु भएको हो । सोमबार राती ८ बजे धरान –१५ श्यामचौंक स्थितमा को १ ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिदा घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सिटी र चालक धरान १५ का मान बहादुर लिम्बु नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...