Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

लहानमा बम बिस्फोटमा संलग्न १ जना पक्राउ

लहानमा बम बिस्फोटमा संलग्न १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ३ सिराहाको लाहान मालपोत कार्यालयमा ८ जना घाइते हुने गरी बम बिस्फोट गराएको आरोपमा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लाहान नगरपालिकाका–३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार मध्यान्ह मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । गम्भीर भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनलाई बीर अस्पतालको ट्रमा सेन्टरमा राखेर उपचार भइरहेको छ । मालपोत कार्यालयका नायब सुब्बा शिव कुमार यादवलाई भने एम्बुलेन्स मार्फत उपचारका लागि विराटनगर लगिएको छ भने बाँकीको स्थानीयस्तरमा उपचार भइरहेको जनाईएको छ । विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।...
बलात्कारको झुटो आरोप लगाउने १ महिलालाई साढे ३ वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने १ महिलालाई साढे ३ वर्ष कैद

समाचार
पूर्णपुष्टि, चैत ३  जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने एक जना महिलालाई कैद सजाय सुनाएको छ । अदालतले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो । महिलाले वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जनाईएको छ । कैद सजाय तोकिएकी ती महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरिएको जनाईएको छ ।...
आज सर्वदलीय बैठक बस्दै

आज सर्वदलीय बैठक बस्दै

समाचार
पूर्णपुष्टि, चैत ३  आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपतिले दिउँसो चार बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राष्ट्रपतिले दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको हो । दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि, सत्तारुढ दल एमाले विभाजन उन्मुख भएको अवस्था र सत्ता समीकरण सङ्घर्षकाबीच बस्न लागेको यो बैठकलाई महत्त्वकासाथ हेरिएको छ । पूर्वप्रधानमन्त्रीसहित सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको जनाईएको छ । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइए...
एस्ट्राजेनेकाको खोप नरोक्न डब्ल्यूएचओ आह्वान

एस्ट्राजेनेकाको खोप नरोक्न डब्ल्यूएचओ आह्वान

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न आह्वान गरेको छ । एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि डब्ल्यूएचओले खोपले रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको थियो । त्यो खोपसँग सम्बन्धित नरहेको डब्ल्यूएचओको भनाइ रहेको जनाईएको छ । बेलायतले यसअघि नै एस्ट्राजेनेकाको खोप रोकिसकेको छ भने डेनमार्क, नर्वे, आइसल्याण्ड्स, इटली र रोमानीयाले पनि एस्ट्राजेनेकाको खोप लगाउन रोकेका छन् । त्यसैबीच थाइल्याण्ड्स...
प्रथम त्रियुगा नगर खेलकुद महोत्सवको अन्तिम दिन थारुहट रंगशाला । फोटो फिचर

प्रथम त्रियुगा नगर खेलकुद महोत्सवको अन्तिम दिन थारुहट रंगशाला । फोटो फिचर

Breaking News 1
प्रथम त्रियुगा खेलकुद महोत्सव सोमवार सकिएको छ । बिभिन्न ८ विद्यामा खेल खेलाउँदै महोत्सव समपन्न भएको हो । फुुटवल तर्फको अन्तिम फाइनले खेल थारुहट रंगशालामा समपन्न गरिएको थियो ।  
प्रथम त्रियुगा खेलकुद महोत्सव भव्य रुपमा सम्पन्न, फुटवल  तर्फको उपाधी वडा न. १० लाई

प्रथम त्रियुगा खेलकुद महोत्सव भव्य रुपमा सम्पन्न, फुटवल तर्फको उपाधी वडा न. १० लाई

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र २ प्रथम त्रियुगा नगर खेलकुद महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । सोमवार महोत्सवको फुटवल तर्फको फाइनल खेल थारुहट रंगशालामा समापन गर्दै सबै विद्याको खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ । त्रियुगा नगर खेलकुद महोत्सव अन्तरगत २१ औँ स्व लालसेर राई स्मृति मेयर गोल्ड कप फुटवल तर्फको उपाधी त्रियुगा नगरपालिका वडा नं १० ले जितेको छत्रियुगा नगरपालिका वडा नं ८ लाई १–० ले हराउँदै १० न वडाले उपाधी चुमेको हो । खेलको दोस्रो हाफको अन्तिम समयमा १० नं वडाको तर्फबाट जर्सि नं १० का समिराज राउतले गोल गरेका थिए । त्यहि १ गाले वडा नं १० को पहिलो र अन्तिम भयो । खेल अबधिभर ८ न वडा बाट कुनै पनि गोल हुन सकेन । आक्रमक प्रतिस्पर्धा भएको फाइनल खेलमा ८ नं वडाले अन्तिम सम्म पनि गोल रोकेर खेल बाराबरी गर्दै आईरहेको थियो । तर खेलको दोस्रो हाफको ३४ औँ मिनेटमा भने समिराज राउतले गरेको गोल वडा नं १० को निर्ण...
नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २  नेपालमा आज थप ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार चार सय एक पुगेको छ । अहिले नेपालमा आठ सय ९५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म तीन हजार १४ जनाको मृत्यु भईसकेको छ ।...
नेप्से परिसूचक घट्ने क्रम जारी

नेप्से परिसूचक घट्ने क्रम जारी

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २  आज पनि सेयर बजार ओरालो लागेको छ । आइतबार ५१ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि १८ अंकले घटेको छ । होट तथा पर्यटन, व्यापार, उत्पादन र लगानी समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ भने अधिकांशको सेयर मूल्य घटेको छ । नेप्से परिसूचक १८.०७ अंक्ले घटेर २ हजार ३ सय ८९.१९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.०७ अंकले घटेको छ । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सूस्ताएको छ । आइतबार करिब ५ अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब करिब २५ करोड रुपैयाँ मात्रैको सेयर कारोबार भएको छ । दिनभर भएका ५२ हजार ३ सय ९ कारोबारबाट २ सय १२ कम्पनीको ९६ लाख ४ हजार ५ सय २९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको कारोबार भएको छ ।...
लागुऔषध ब्राउनसुगर सहित २ पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ पक्राउ

समाचार
पूर्णपुष्टि,चैत २ झापाको मेचीनगर नगरपालिका–६ बाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । ईटहरी उप–महानगरपालिका–४ का २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई ईटहरी–७ बस्ने २४ बर्षीय लोक नाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साँढे १२ बजे लागुऔषध ब्राउनसुगर सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले ४० ग्राम ब्राउनसगुर बरामद गरेको छ । उनीहरु दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।  ...
पिकअप दुर्घटनाबाट चालकको मृत्यु

पिकअप दुर्घटनाबाट चालकको मृत्यु

समाचार
पूर्णपुष्टि,चैत २ ईलाम सुर्योदय नगरपालिका–३ रुङसुङ स्थितमा आज दिउसो सभा ११ बजे पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ । सोही स्थानका ४३ बर्षीय  रेसम बहादुर रायको मृत्यु भएको हो । मे १ ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसि दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालक गम्भिर घाईते भएका थिए । घाईते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगर ईलामले जनाएको छ ।...