Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

सफ्टवेयर सोर्स कोड दुरुपयोग आरोपमा ३ पक्राउ

सफ्टवेयर सोर्स कोड दुरुपयोग आरोपमा ३ पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २ नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन नामक कम्पनीको सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका–५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका–७ का शंकर ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु तीनैजना प्रिफेस टेक्नोलोजी प्रालिका सञ्चालक रहेको प्रहरीले जनाएको छ । नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन नामक कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तनबाहेक हुबहु नक्कल गरी प्रिफेस टेक्नोलोजी कम्पनीमार्फत विभिन्न संघसंस्थालाई बिक्री गरेको पाइएको प्रहरीको साइबर ब्युरोले जनाएको छ । प्रिफेस टेक्नोलोजीले सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरेको पाइएकाले ती कम्पनीका सञ्चालकलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि आइतबार ...
नेदरल्याण्ड्समा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध

नेदरल्याण्ड्समा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २ नेदरल्याण्ड्सले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोपमा प्रतिबन्ध लगाएको छ । आगामी २९ तारिख अर्थात् चैत १६ गतेसम्मका लागि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन बन्द गरिएको त्यहाँको सरकारले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । नर्वेमा खोप लगाएका वयस्कमा समस्या देखिएको खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्ड्सले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने यो खोप र रगत जम्ने समस्यासँग कुनै सम्बन्ध नरहेको जनाएको छ । युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले खोप र रगत जम्ने समस्याकाबारेमा अनुसन्धान गरिरहेको छ । यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड्स र थाइल्याण्ड्सले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए । डेनमार्क र नर्वेबाट आएका खबरल...
ओली  र माधव पक्षको बैठक सकियो

ओली र माधव पक्षको बैठक सकियो

समाचार
पूर्णपुष्टि, चैत्र २ प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधव नेपाल पक्षको आजको बैठक सकिएको छ । बैठक सामान्यतया सकरात्मक तरिकाले सकिएको उपस्थित नेताहरुले बताएको छ । सोमवार ओली र माधव पक्षको मुख्य नेताहरुबीच पार्टी कार्यालयमा बैठक बसिएको थियो । बैठक बाट निस्किएका माधव पक्षको नेता रघुजी पन्तले वार्ता सकारात्मक नै रहेकोे बतानुभयो । पन्तले वार्ता सकरात्मकनै रहने आफुहरुको अपेक्षा रहेकोे र सोही अनुसारको वार्ता भएको बताउनुभयो । ‘वार्ता सौहार्यदपूर्ण भयो । सकरात्मक भयो । एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो, हामिले पनि आफ्नो अडान राख्यौँ, पन्तले भन्नुभयो । वार्ता सकरात्मक नै रहेपनि गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराइएको बताएको समेत नेपाल पक्षले बताले बताउनुभयो । गत फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोष...
आगलागीबाट ६ घर जलेर नष्ट

आगलागीबाट ६ घर जलेर नष्ट

समाचार
पूर्णपुष्टि,चैत २ दाङको देउखुरीमा आगलागी हुँदा ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । लमही नगरपालिका–६ मा विद्युतको तार सर्ट भएर सुरु भएको आगलागीबाट ६ वटा खरको घर जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको टीभी, दराज फर्निचरका सामाग्री, भकारीमा रहेको अन्नपात, लुगाकपडा सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट ढिकपुरका बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छु चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।...
६० बर्षीया वृद्धामाथि बोक्सी आरोपमा कुटपिट

६० बर्षीया वृद्धामाथि बोक्सी आरोपमा कुटपिट

समाचार
पूर्णपुष्टि,चैत २ मोरङमा ६० बर्षीया वृद्धालाई बोक्सीको आरोपमा कुटपिट भएको छ । रतुवामाइ नगरपालिका–२ घर भएकी वृद्धामाथि छिमेकी परिवारका पाँच जनाले कुटपिट गरेका प्रहरीले जनाएको छ । वृद्धालाई बाँधेर कुटपिट गर्दा वृद्धाको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । वृद्धाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कुटपिट र आक्रमणबाट वृद्धा बेहोस भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । वृद्धामाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसइबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न...
मदिरासहित १ जना भारतिय नागरिक पक्राउ

मदिरासहित १ जना भारतिय नागरिक पक्राउ

समाचार
मोरङ, चैत्र २ मोरङबाट मदिरासहित एक जना भारतीय नागरिक पक्राउ परेको छ । भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिवलाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा –१ लंकाटोल स्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग  लेखिएको ३ सय मिली ग्रामको ५७ काटुन, पलपल लेखिएको ३ सय मिली ग्रामको ४० काटुन, सोफीका लेखिएको ३ सय मिली ग्रामको ३७ काटुन, हरपल लेखिएको ३ सय मिली ग्रामको १ सय ५२ काटुन र ३ सय मिलीग्रामको खुल्ला १ हजार ९ सय ९५ बोतल मदिरा बरामद गरेको प्रहरीले जनाएको छ । उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेका भारितय नम्बर प्लेटको डब्ल्यू वी...
भरूवा बन्दुकसहित २ जना पक्राउ

भरूवा बन्दुकसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २  स्याङ्जामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । हरिनास गाउँपालिका–४ कुलुङखोला सानिस्वाराबाट स्थानीय ३६ वर्षीय हेमबहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल पक्राउ परेका हन् । जङ्गलमा सिकार खेल्न हिँडेका उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनीहरुको साथबाट एउटा भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १७ थान छर्रा र ५ ग्राम बारुद बरामद गरेको प्रहरीले जनाएको छ ।...
रसुवागढी नाकाबाट आयात बढ्यो

रसुवागढी नाकाबाट आयात बढ्यो

समाचार
पूर्णपुष्टि, चैत २ रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेको छ । गत जेठ २२ गतेदेखि दैनिक पाँच वटा चिनियाँ गाडीले सामग्री ल्याउने गरेकामा अहिले गाडीको सङ्ख्या थप भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । अहिले दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन् । सात वटा चिनियाँ गाडीले आयात गरेका सामग्री नेपाली १५ वटा मालवाहक कन्टेनरमा लोड गर्न सकिने कार्यालयले जनाएको छ । सीमा जोडिएको क्षेत्रमा कोरोनाको सङ्क्रमण नरहेकाले भन्सारले जाँचपास गरेका सामग्री सहज रूपमा नेपाल पठाइएको चिनियाँ सीमा व्यवस्थापन समूहले जनाएको छ । अहिले चीनबाट रेडिमेड सामग्री, जुत्ताचप्पल, मेसिन, फर्निचरलगायतका सामग्री आइरहेको जनाएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । त्यस्तै नेपालबाट बाँसको मुडा, क...
बलात्कार गरेको आरोपमा १ जना पक्राउ

बलात्कार गरेको आरोपमा १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २  बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनाश गाउँपालिका–७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेको हो । बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टालीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
टिप्पर पल्टिँदा १ जनाको मृत्यु

टिप्पर पल्टिँदा १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत २ काठमाण्डौको चन्द्रागिरीमा टिप्पर पल्टिँदा एक जनाको मृत्यु भएको छ । गतराति चन्द्रागिरी नगरपालिका–२ मसिने भीरमा मसिनेबाट ग्राबेल बोकेर बाणभञ्ज्याङका लागि छुटेको प्रदेश २–०३–००१ क ५९९ नम्बरको टिप्पर पल्टिँदा चालक मकवानपुर भीमफेदी–२ का २५ वर्षका विनोद बलको मृत्यु प्रहरीले जनाएको छ ।...