Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

रुखबाट लडेर १ जनाको मृत्यु

रुखबाट लडेर १ जनाको मृत्यु

समाचार
खोटाङ, चैत्र २ खोटाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –३ बाम्राङ बस्ने ४२ बर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको हो । आईतबार बेलुका ४ बजे घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा रूखबाट लडी घाईते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
भारतमा फेरि कोरोना सङ्क्रमण बढ्यो

भारतमा फेरि कोरोना सङ्क्रमण बढ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २ भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । गत २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको जनाएका छन् । यसअघि गत डिसेम्बरमा २६ हजार ६ सय २४ जनालाई सङ्क्रमण भएको पाइएको थियो । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख नाघेको छ । भारतमा कोरोनाका कारण एक लाख ५८ हजार भन्दा बढीको मृत्यु भएको छ । एक करोड १० लाख भन्दा धेरैले कोरोनालाई जितेका छन् । त्यस्तै अहिलेसम्म दुई करोड ९७  लाख  ३८ हजार ४ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतको महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाब, गुजरातलगायतका विभिन्न ठाउँमा सङ्क्रमण बढ्दै गएको जनाएको छ । यी राज्यका विभिन्न ठाउँमा लकडाउन र रात्रिका...
पहाडी केही भूभागमा बेलुकीपख मेघगर्जनसहित पानी पर्ने सम्भावना

पहाडी केही भूभागमा बेलुकीपख मेघगर्जनसहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, चैत २ आज देशका केही पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको छ । केही पहाडी क्षेत्रमा बेलुकीपख मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको सिजन भएकाले बिहानीको समयमा घाम लागेर मौसम सफा भए पनि बेलुकीपख पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने गरेको छ । आज कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने जनाएको छ । पश्चिमीसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ ।...
प्रिमियर लिगमा लेस्टर सिटीको जित

प्रिमियर लिगमा लेस्टर सिटीको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित हात पारेको छ । लेस्टरले शेफिल्ड युनाइटेडलाई ५–० गोललेपछि पार्दै जित हात पारेको छ । खेलको ३९ औँ, ६९ औँ र ७८ औँ मिनेटमा गोल गरे । त्यस्तै, आयोजे पेरेजले एक गोल गरे । शेफिल्ड युनाइटेडले आत्मघाती गोल गर्दै लेस्टर सिटीलाई एक गोल उपहार दियो । जितसँगै लेस्टरको २९ खेलबाट ५६ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलमा ५७ अङ्क छ । त्यस्तै गतराति नै भएका अरु खेलमा आर्सनलले टोटनह्याम र साउथह्याम्टनले ब्राइटनलाई समान २–१ गोल अन्तरले पराजित गरेका छन् ।...
म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु

म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, चैत २ म्यानमारमा सेनाको ’कू’ को विरोधमा भइरहेको विरोध प्रदर्शनमा एकैदिन ३८ जनाको मृत्यु भएको छ । म्यानमारको मुख्य सहर यङ्गुनमा हिंसात्मक झडप हुँदा २१ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरिएको छ । तर अभियान्ताले भने अन्य ठाउँमा समेत गरी झडपमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सुरक्षा फौजले  प्रदर्शनकारीमाथि  गोली चलाएको र प्रदर्शनकारीले पनि चक्कु र लाठी प्रहार गरेका जनाईएको छ । गत फेब्रुअरी एक तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १ सय २० जनाभन्दा धेरैको मृत्यु भएको छ ।...
कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत २ ललितपुरमा कन्टेनरले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । नख्खुदोबाटोमा गतराति भएको दुर्घटनामा एक जनाको भएको छ भने एक जना घाइते भएका छन् । गत साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३–०२–०१८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भएर ललितपुरको बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका  ललितपुर शोभाहिटीका ३२ वर्षका रवि श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । कन्टेनर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।...
दुई मैत्रिपूर्ण फुटवल खेलमा कर्मचारी र आयोजक बिजयी

दुई मैत्रिपूर्ण फुटवल खेलमा कर्मचारी र आयोजक बिजयी

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १ त्रियुगा खेलकुद महोत्सव समापनको अघिल्लो दिन आज थारुहट रंगशालामा भएको दुई मैत्रिपूर्ण फुटवल खेलमा कर्मचारी र आयोजकको तर्फबाट खेलेका भुपु खेलाडीको समूह बिजयी भए । पत्रकार र कर्मचारीबीचको खेलमा २–० को अन्तरले पत्रकारलाई पछि पार्दै कर्मचारी बिजेता बनेको हो । ४५ मिनेट लामो खेलमा कर्मचारीले पहिलो हाफमा १ र दोस्रो हाफमा थप १ गोल गरेको थियो । पत्रकारको तर्फबाट अन्तिम सम्म प्रयास गरेपनि गोल हुन नसकेपछि सुन्यमै चित्त बुझाउनु परेको थियो । पत्रकारको तर्फबाट प्रतिस्पर्धात्मक खेल प्रस्तुत हुदा धेरै गोल खानबाट समुहलाई जोगाएको थियो । कर्मचारी तर्फबाट आक्रमक खेल प्रस्तुत भएको थियो । त्यसलाई धेरै हदसम्म रोक्न सफल भएको थियो । पत्रकार र कर्मचारीबीचको खेल प्रतिस्पर्धात्मक भएकोले रोचक बनेको थियो । त्यसैगरी पत्रकार र कर्मचारीबीचको खेल लगत्तै भएको बैँकर्स र भुपु खेलाडीबीचको मैत्रिपूर्ण खेल...
वडा नं १५ भलिवलमा अब्बल, महिला पुरुष दुवै तर्फको उपाधी हात पार्यो

वडा नं १५ भलिवलमा अब्बल, महिला पुरुष दुवै तर्फको उपाधी हात पार्यो

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १ प्रथम त्रियुगा नगर खेलकुद महोत्सवको भलिवल तर्फको उपाधी पुरुष र महिला दुवै तर्फ वडा नं १५ ले जितेको छ । आईतबार भएको भलिवल प्रतियोगिताको फाइनल खेलमा पुरुष तर्फ त्रियुगा नगरपालिका १० लाई सोजो ३ सेटमै हराएर उपाधी १५ नं वडाले हात पारेको हो । शनिवार सेमिफाइनलको खेलमा १० नं वडाले वडा नं ७ को बि टिमलाई हराएउँदै फाइनलको यात्रा प्रवेश गरेको थियो । फाइनल खेलमा १५ सँग पराजित भएपछि १० नं वडा उपबिजेतामा सिमत रह्यो । यसैगरी भलिवलको महिला तर्फबाट पनि १५ नं वडाले नै उपाधी हात पारेको छ । सेमि फाइनलको खेलमा वडा नं ३ लाई सोजो सेटमा हराउँदै १५ नं वडा फाइनलमा उक्लिएको थियो । आईतबार  बोक्सेमा भएको फाइनल खेलमा ११ नं वडालाई हराउँदै १५ नं वडाले आफ्नो जित सुरक्षित गरेको हो । फाइनल खेलमा १५ नं वडाले ४ सेट जितेको थियो भने ११ नं वडाले १ सेट मात्रै जितेको थियो । सेमि फाइनलको खेलमा ११ नं वडा...
नेपालमा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १ नेपालमा आज थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार दुई सय ३१ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमित निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार तीन सय २६ पुगेको छ । अहिले नेपालमा आठ सय ९१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ३४ जनाको आईसीयूमा उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार १४ जनाको मृत्यु भएको छ ।...
आठ महिनामा विकास खर्च साढे २२ प्रतिशत मात्रै

आठ महिनामा विकास खर्च साढे २२ प्रतिशत मात्रै

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १ चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा सरकारले पुँजीगत विकास खर्च न्युन भएको देखिएको छ । आठ महिनाको अन्त्यसम्म विनियोजनको २२.५८ प्रतिशत मात्र विकास खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । यस वर्ष पनि गत वर्षहरु झैँ असारमा नै ठूलो रकम विकासका लागि भन्दै खर्च हुने दोहोरिने सम्भावना बढेको छ । कोरोना भाइरसको महामारी साम्य भएर आर्थिक गतिविधि बढेको र निर्वाचनबारेको अन्यौल हटेपछि पनि सरकार पुँजीगत खर्चको दर बढ्न नसकेको देखिएको छ । यो वर्ष सरकारले कुल ३ खर्ब ५२ अर्ब २९ करोड रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ । यो लक्ष्यलाई बजेटको मध्यावधि समीक्षाबाट व्यापक कटौती गरिएको छ । आठ महिनाको अन्त्यसम्म ७९ अर्ब ६९ करोड रुपैयाँ मात्रै कुल विकास खर्च भएको देखिएको छ । सरकारले हरेक महिना औसत १० अर्ब रुपैयाँ मात्र विकास खर्च गरेको तथ्याङ्कले देखाएको छ...