Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

पेस्तोलसहित ३ जना पक्राउ

पेस्तोलसहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १ रुपन्देहीबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । सम्मरीमाई गाउँपालिका–९ बेतकुइयाका २४ वर्षीय सुरज हरिजन, सोही ठाउँका २३ वर्षीय तौलन हरिजन र सम्मरीमाई– ७ भुन्डिहवाका सहिल मुसलमान पक्राउ परेका हुन् । यूपी ५५ एन ४९४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई मर्चवारी गाउँपालिका–७ कञ्चनापुरमा चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
नेप्से परिसूचक ५१ अंकले घट्यो

नेप्से परिसूचक ५१ अंकले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १  आज सेयर बजार ५१ अंक भन्दा धेरैले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ५१.२३ अंकले २ हजार ४ सय ७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १०.१० अंकले ४ सय ३५.१३ अंकमा झरेको छ । कारोबार रकम ५ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ६० हजार ९ सय ७३ कारोबारबाट २ सय ११ कम्पनीका ९९ लाख ३ हजार ७ सय ४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।...
बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १  मोरङमा बालिका बलात्कार गरेको आरोपमा एक बृद्धा पक्राउ परेको छ । बालिका बलात्कार गरेको आरोपमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया पक्राउ परेको हो । घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जनाईएको छ । घटना शुक्रबार दिउँसो करिब ३ बजे घटेको प्रहरीले जनाएको छ । सुस्तमनस्थितिकी बालिका बोल्न सक्दिनन् । घाँस काट्न उनीसँगै गएका बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ । पक्राउ परेका वृद्धमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
लाहानको मालपोतमा बम विस्फोट

लाहानको मालपोतमा बम विस्फोट

समाचार
पूर्णपुष्टि, चैत १ सिरहाको लाहानमा रहेको मालपोत कार्यालयमा बम विष्फोट भएको छ । कार्यालयमा आइतवार दिउँसो करिब पौने एक बजे विस्फोट हुदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थलमा पुगी थप अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ । विस्फोट गराउनेको पहिचान खुलेको छैन । तराई मधेशमा सशस्त्र विद्रोह गरिरहेको जनतान्त्रिक गोइत समूहको दोस्रो तहका नेता रामविलास यादवले आइतवार नै जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेकाले त्यही घटनाको प्रतिक्रिया हुन सक्ने अनुमान गरेको भएपनि अनुसन्धानपछि घटनाको सत्य तथ्य थाहा हुने प्रहरीले जनाएको छ ।...
बाबुले कलेजो दिएपछि ११ महिने बालकले पायो नयाँ जीवन

बाबुले कलेजो दिएपछि ११ महिने बालकले पायो नयाँ जीवन

समाचार
पूर्णपुष्टि,चैत १ ३५ बर्षका बाबुले कलेजो दिएपछि ११ महिने बालकले नयाँ जीवन पाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काभ्रेका ११ महिने बालकलाई शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण गरेको हो । जन्मजातदेखि नै कलेजोमा समस्या भएकाले कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । प्रत्यारोपणमा सहयोग गर्न फोर्टिस अस्पताल भारतका चिकित्सकको टोलीले सहयोग गरेको थियो । त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारी सुरु भएदेखि पहिलो पटक कजेजो प्रत्यारोपण गरिएको हो । त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि मिर्गौला र कलेजो प्रत्यारोपण सेवा रोकिएका थियो ।...
दाईको मोटरसाईकल चोरेर जलाएको आरोपमा भाई पक्राउ

दाईको मोटरसाईकल चोरेर जलाएको आरोपमा भाई पक्राउ

समाचार
पूर्णपुष्टि,चैत १ सर्लाहीमा दाईको मोटरसाईकल चारेर जलाएको आरोपमा भाई पक्राउ परेको छ । ईश्वरपुर नगरपालिका–६ बयलबास निवासी मुस्तुफा अन्सारीको २२० सिसीको पल्सर मोटरसाइकल घरबाट चोरी गरी नजिकैको विद्यालय प्राङ्गणमा जलाउने एैसान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । १६ वर्षीय एैसानले आपसी रिसइबीका कारण मुस्तुफाको प्र २–०३–०१२ प २६०३ नम्बरको मोटरसाइकल घर नजिकैको नारायण माविको प्राङ्गणमा जलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोटरसाइकल पूण रुपमा जलेको छ । एैसान मुस्तुफाका आफ्नै काकाका छोरा रहेको प्रहरीले जनाएको छ । शुक्रबार राति १ बजेतिर मुस्तुफाको घरमा राखिएको मोटरसाइकल निकालेर विद्यालयमा लगी आगो लगाइदिएका एैसानलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका एैसानले मोटरसाइकल जलाएको स्वीकार गरेको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ...
साउदीमा अनुमतिविना रोजगारदाता फेर्न पाइने

साउदीमा अनुमतिविना रोजगारदाता फेर्न पाइने

समाचार
पूर्णपुष्टि, चैत १  साउदी अरेबियाले ‘श्रम सम्बन्धी सुधार पहल’ कार्यक्रमको कार्यान्वयन थालेको छ । विदेशी श्रमिकका लागि लगाउँदै आएको विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु साउदीले हट्न सुरु भएको छ । साउदी सरकारले अब करार अवधि सकिएपछि रोजगारदाता परिवर्तन तथा रोजगारदाताको अनुमति विना नै देश छोड्ने भिसा (एक्जिट भिसा) अनुमति दिने जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । श्रमिकलाई आकषिर्त गर्न भन्दै करार अवधि सकिएपछि रोजगारदाता फेर्न पाउने र रोजगारदाताले अनुमति नदिए पनि साउदीबाट स्वदेश फर्किन पाउने व्यवस्था गरिएको हो । आफ्ना कामदारलाई तलब नदिने वा आवासको व्यवस्था नगर्ने कम्पनीले ठूलो सजायको सामना गर्नुपर्ने साउदीे श्रम मन्त्रालयले जनाएको छ । अहिले यी व्यवस्था नगरिँदा त्यहाँ लाखौं विदेशी श्रमिक बाध्य भएर सुरुमै श्रम गर्न पुगेका कम्पनी तथा रोजगारदाताकोमा वर्षौंसम्म काम गर्न विवश छ...
गाईघाट भित्र्याउदै गरेको अवैध १९ थान मोवाईल बरामत

गाईघाट भित्र्याउदै गरेको अवैध १९ थान मोवाईल बरामत

समाचार
पूर्णपुष्टि,चैत १ गाईघाट भित्र्याउदै गरेको अवैध १९ थान मोवाई प्रहरीले बरामत गरेको छ । त्रियुगा नगरपालिका–४ सालघारीचोक स्थितमा अस्थाई प्रहरी पोष्ट बगाहाबाट  खटिएको  बिशेष प्रहरी  टोलीले चेकजाँच गर्ने क्रममा उत्त मोवाई बरामत भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले  संचालन गरेको अबैध रुपमा राजस्व छलि गरी माल सामान ओसार पसार गर्ने कार्यलाई निरुत्साहित गर्ने अभियान अन्तगर्त जलजले बाट गाईघाट तर्फ आउदै गरेको भाडाको म्याजिक गाडिमा चेकजाँच गर्ने क्रममा बिल विजक बिनाको १९ थान भिप्पो मोवाईल फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आवश्यक कार्वाहीका लागि करदाता सेवा कार्यालय गाईघाट उदयपुर पठाएको प्रहरीले जनाएको छ ।...
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

समाचार
पूर्णपुष्टि, चैत १ पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडामा भइरहेको बैठकमा सरकारबाट फिर्ता बोलाए पनि नफर्किएका मन्त्रीहरुलाई कारबाही गर्ने बारे छलफल भइरहेको  जनाईएको छ । आजको बैठकले सरकारबाट फिर्ता नहुने मन्त्रीहरुलाई कारबाही गर्ने तयारी गरेको छ । हिजो बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापासहितलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । निर्देशन दिए पनि गृहमन्त्री थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणी थापालगायत मन्त्रीहरु फिर्ता नभएको जनाईएको छ । केन्द्रीय कमिटी बैठक माओवादीले फिर्ता बोलाएका मन्त्री र केही सांसदलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाउनु भएको छ । माओवादीमा नफर्किने निर्णय गरेकाहरुलाई केही महत्त्वपूर्ण जिम्मेव...
दलित पत्रकार संघको अध्यक्षमा पहाडी

दलित पत्रकार संघको अध्यक्षमा पहाडी

समाचार
पूर्णपुष्टि, चैत १ राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाविधेशनले विनोद पहाडीको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेको छ । बुटवलमा फागुन २८ देखि सुरु भएको महाधिवेशनले दुई वर्षे कार्यकालका लागि पहाडीको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो । तीन दशकदेखि पत्रकारितामा संलग्न पहाडी संविधान सभा सदस्यसमेत हुन् । संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली,उपाध्यक्ष (महिला) मा कमलाकुमारी विक, उपाध्यक्षमा मिलन परियार तथा प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल (१),भोला पासवान (२), बुद्धि विश्वकर्मा (बागमती), दीपक परियार (गण्डकी), विनोद परियार (लुम्बिनी),टेकेन्द्र विश्वकर्मा (कर्णाली र करण ताम्राकार (सुदूरपश्चिम) चयन भएका छन् । संघको महासचिवमा लक्ष्मण दर्नाल,सचिवहरुमा सन्तोष गन्धर्व,बिरु नेपाली, शिकेन्द्र पासवान र रिता बुढाथोकी तथा कोषाध्यक्षमा भिम घिमिरेचयन भएका छन् । ...