पूर्णपुष्टि, चैत १
आज सुनको भाउ बढेको छ ।
सुन आज तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
पूर्णपुष्टि, चैत १
बेलायतमा एक प्रहरी अधिकारीमाथी अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ । लण्डन महानगर प्रहरीका प्रहरी ४८ वर्षका वायन कुजेन्समाथि ३३ वर्षकी सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको हो ।
गत मार्च ३ तारिखदेखि सम्पर्कविहीन भएका एभरेड मृत अवस्थामा भेटिएकी थिइन् । एभरेडको हत्या आरोपमा प्रहरी जवान कुजेन्सलाई गत मंगलवार पक्राउ गरिएको थियो । हत्याको विरोधमा लण्डनसहित बेलायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
महिलाहरुले सुरक्षा दिने निकायबाट नै असुरक्षा बढेको भन्दै प्रदर्शन गरिरहेको जनाईएको छ ।...
भोजपुर, चैत्र १
भोजपुरमा मिलको फित्तामा सल बेरिएर एक जनाको मृत्यु भएको छ । रामप्रसादराई गाऊपालिका –१ ओख्रे कि ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको हो ।
शनिबार बेलुका ५ बजे स्थानीय योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिदा घाटिमा चोट लागी घाईते भएकी बानियाको उपचारको क्रममा स्थानिय संगिता मेडिकल ओख्रेमा राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
पूर्णपुष्टि, चैत १
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण काम गर्न चैत १९ मा चिनियाँ विज्ञ टोली नेपाल आइपुग्ने भएको छ । टोलीले अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्ने जनाईएको छ ।
ड्रिलिङ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्तो लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा त्यसको प्राविधिक पक्षको पनि ब्याख्या गर्नेछ ।
पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुनसक्ने सम्भावना देखिएपछि ‘ड्रिलिङ’सहितको काम गर्न चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
विज्ञसहित २३ जनाको टोली नेपाल आउने छ । अहिले भिसा प्रक्रिया लगायतको क...
पूर्णपुष्टि, चैत १
बाँकेमा अवैध हातहतियारसहित एक जना पक्राउ परेको छ ।
राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित स्थानीय ६८ वर्षीय ऋषिराम थारू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट एक थान बारबोर बन्दुक र भाइ लालबहादुर थारूको घरबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद एक किलो, सटगनमा लाग्ने खोका ५० वटा, सटगन जेगीराउन्ड एक थान, जरायोको सिङ तीन थान, बँदेलको दाँत १० थान, चित्तलको दाँत चार थान र दुम्सीको प्वाँख फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थारू २०७४ सालको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट गाउँपालिका अध्यक्ष र बाँके १ नम्बर निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन...
पूर्णपुष्टि, चैत १
ड्युटीको समयमा निजी अस्प्ताल र मेडिकलमा काम गर्ने हेटौँडा अस्पतालका दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका छन् ।
ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्दै आएका र बिरामीलाई औषधी खरिद गर्न निजी मेडिकल तोकेर पठाउने दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका हुन् ।
अस्पतालमा करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौन रोग विशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।
पटक–पटक सचेत गराउँदा पनि अटेर गरेपछि बाध्य भएर सेवाबाट हटाइएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले काममा सुधार गर्न दिएको चेतावनी दुवै जना डाक्टरले बेवास्ता गर्दै आएपछि कारबाही गरिएको अस्पताल विकास समितिले जनाएको छ ।...
पूर्णपुष्टि, चैत १
आजदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड–१९ महामारीको कारण तोकिएको समयमा हुन नसकी यस वर्ष आयोजना हुन लागेको हो ।
यस पटक एन्फाले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्दैछ । १४ टिमले प्रतिस्पर्धा गर्ने सी डिभिजन लिगमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । त्यस्तै एक टिम रेलिगेसनमा पर्ने एन्फाले जनाएको छ ।
सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन् ।
त्यस्तै समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब...
पूर्णपुष्टि, चैत १
आज देशका धेरै ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभरि नै देशका धेरै ठाउँमा घाम लाग्ने छ ।
पश्चिमी वायुको प्रभाव खासै नरहेकाले आज दिनभरिकै मौसम सफा रहने छ । तर, प्रि–मनसुनको समय भएकाले बेलुकी पख भने केही पहाडी जिल्लाको मौसम बद्ली भएर चट्याङसहित हल्का पानी पर्ने जनाएको छ ।
विशेषगरी धादिङ, गोरखा, ओखलढुङ्गालगायत केही पहाडी क्षेत्रमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ ।...
पूर्णपुष्टि, चैत्र १
औषधि व्यवसायिहरुको छाता संस्था नेपाल औषधि व्यवसायि संघको अध्यक्षमा उद्धव दाहाल चयन भएको छ । शनिबार गाइघाटमा सम्पन्न नेपाल औषधि व्यवसायि संघको प्रथम जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा ९ सदस्य जिल्ला समिति गठन गरेको हो ।
खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लाका व्यवसायिलाईसमेत समेटेर गठन गरिएको समितिको उपाध्यक्षमा शुरेसकुमार साह, महासचिवमा विरेन्द्रकुमार झा, सचिवमा सनम राई, कोषाध्यक्षमा विजयकुमार साह र सहकोषाध्यक्षमा संजिव बस्नेत रहेको निर्वाचन समितिका सदस्य अधिकारकर्मी भरत खड्काले बताउनुभयो । त्यसैगरी सदस्यहरुमा कुमार सार्की, बल्लुकुमार गुप्ता र दिनेश्वर साह रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले व्यवसायिहरुको हकहित र सामाजिक दायित्वमा कृयाशिलता बढाउन नयाँ समितिलाई आग्रह गर्नुभयो । राज्यका संम्यन्त्रला...
पूर्णपुष्टि, चैत १
श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाईएको छ ।
श्रीलङ्काले राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको जनाईएको छ ।
सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने सम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी रहेको जनाईएको छ ।
यो सम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियमलाई कडाइ गरिने जनाईएको छ । सन् २०१९ मा चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण भएसँगै यस्तो निर्णय लिनुपरेको श्रीलङ्काको सरकारले जनाएको छ ।
सन् १०१९ को अप्रि...