Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत १ इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । म्यानचेस्टर सिटीले फुलह्यामलाई ३–० गोलले पछि पार्दै जित हात पारको हो । यो जितसँगै सिटीको ७१ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सिटीको भन्दा १७ अङ्क कम ५४ अङ्क रहेको छ । त्यस्तै गतराति नै भएको अर्को खेलमा बर्नलीले एभर्टनलाई २–१ गोलले पराजित गरेको छ । त्यस्तै क्रिष्टल प्यालेसले वेष्ट ब्रुमलाई १–० गोलले पराजित गरेको छ भने लिड्स युनाइटेड र चेल्सीबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।...
अमेरिकाले म्यानमारका नागरिकलाई अस्थायी बसोबास दिने

अमेरिकाले म्यानमारका नागरिकलाई अस्थायी बसोबास दिने

समाचार, संसार
पूर्णपुष्टि, फागुन २९ राजनीतिक संकटमा परेको म्यानमारका नागरिकलाई अमेरिकाले बस्न अस्थायी अनुमति दिने भएको छ । सेनाले सत्ता हातमा लिएपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमती दिएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएकोले मानवीय रक्षाका लागि अमेरिका बस्न अस्थायी अनुमति दिन लागेको जनाईएको छ । यसरी बस्नेहरुलाई काम गर्ने अनुमति पनि दिइनेछ । आन्दोलन र अशान्तिका कारण कसैले म्यानमार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यानमार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिने जनाईएको छ । यो व्यवस्था अस्ति विहिबारबाट आवातजावात गर्नेलाई लागु हुने छ । म्यानमारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै ...
पुरुष भलिवलको फाइनल खेल  १० र १५ नं वडाले खेल्ने

पुरुष भलिवलको फाइनल खेल १० र १५ नं वडाले खेल्ने

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २९ प्रथम त्रियुवा नगर खेलकुद महोत्सवको पुरुष भलिवल तर्फ त्रियुगा नगरपालिका १५ र त्रियुगा नगरपालिका १० फाईनलमा प्रवेश गरेको छ । त्रिनपा १० बोक्से खसि बजारमा जारी वलिवल प्रतियोगिताको पुरुष तर्फ यी २ वडाले भोलीको फाइनल खेल खेल्ने छ । नगरपालिका भरिका बिभिन्न वडाहरुको सहभागीमा जारी पुरुष भलिवल प्रतियोगिताबाट १५ र १० ले भोली फाइनल खेल खेल्ने आयोजकले जनाएको छ । शनिवार सेमि फाईनल सम्मको खेलमा १५, १०, ७ र १६ नं वडा गरी ४ ओटा टिमले खेलेका थिए । ४ टिमको प्रतियोगिता बाट फाइनलमा १५ र १० प्रवेश गरेको हो । १५ नं वडाले १६ नं वडालाई बेस्टव फाईभको अन्तिममा ७ मै रोकेर आफ्नो जित सुरक्षित गरेका थिए । यता १० नं वडाले ७ नं वडालाई १९ अंकको मात्रै अवसर दिए । बेस्टव फाईको अन्तिममा १९ – २५ मा १० नं वडाले आफ्नो फाइनल खेल सुरक्षित गरे । महिला भलिवलको फाइनल आईतबार बिहान ८ बजे बाट हुने ...
साढे १९ लाख पैसासहित एक भारतीय नागरिक पक्राउ

साढे १९ लाख पैसासहित एक भारतीय नागरिक पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २९  विरगञ्जबाट स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका–२१ घर भएका ३६ वर्षीय राजेशकुमार साह पक्राउ परेको हो । उनलाई वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रबाट स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित शनिबार पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । शस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनले शरीरमा बाँधेर लुकाइछिपाइ ल्याउँदै गरेको रकम फेला परेपछि पक्राउ गरेको जनाइएको छ ।...
नेपालमा थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २९  नेपालमा आज थप ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार दुई सय ४९ पुगेको छ । गत २४ घण्टामा थप दुई जनाको कोरोना सङ्क्रमितबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १४ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा नौ सय १५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।...
झापामा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु

झापामा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु

समाचार
झापा, फागुन २९ झापामा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । कमल गाऊपालिका–१  बालुबारी स्थित क्याम्पा सरङपाडामा शनिबार पौने १० बजे ना १ त ६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे ३ प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक शिवसाताक्षी नगरपालिका–४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै बाह्रदशी गाऊपालिका–५ कनकन मार्गमा साढे १ बजे मे ११ प ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घट्ना हुदाँ स्कुटी चालक स्थानीय ४३ बर्षीया कलसावती  राजबंशी घाइते भएको थियो । उनको वि एण्ड सी अस्पतालमा उपचारको क्रममा सभा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबले चुम्यो

मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबले चुम्यो

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २९  काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । त्रिवी क्रिकेट मैदानमा सशत्र प्रहरीको एपीएफ क्लबलाई ८ विकेटले हराउँदै पुलिसले उपाधि हात पारेको हो । एपीएफले दिएको एक सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४ ओभर एक बलमा मात्रै दुई विकेट गुमाएर भेटायो । पुलिसको जितमा सुनिल धमलाले ५९, दिपेन्द्रसिंह ऐरीले ११ र कुशल भुर्तेल तथा अनिल मल्लले समान १५/१५ रन बनाए ।  यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर चार बलमा अलआउट हुँदै एक सय पाँच रन बनायो । उसका वसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । एपीएफलाई कम स्कोरमा समेट्न पुलिसका गुल्सान झा र सागर ढकालले ४/४ तथा पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए । विजेता बनेको पुलिस क्लबले ५ लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् । काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट सं...
उपेन्द्र यादव ओली सरकारमा नजाने

उपेन्द्र यादव ओली सरकारमा नजाने

समाचार
पूर्णपुष्टि, फागुन २९ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिमाग बिग्रिएको भएमात्रै केपी ओलीको सरकारमा जाने संज्ञा दिएको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न शनिबार बिहान पेरिसडाँडा पुगेका थिए । छलफलबाट बाहिर निस्किएपछि यादवले कुनै पनि हालतमा केपी ओली सँग आफ्नो सहकार्य नहुने बताए । ‘कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानू,’ यादवले भने,‘आजको बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भएको यादवले बताए ।’ यादवले सरकारसँग रेशम चौधरीको रिहाइको एजेन्डामाथि मात्रै छलफल भएको दाबी गर्दे उनले यस्तो बताएको हो । उनले सरकारमा सहभागिताको विषयमा ओली नेतृत्वको सरकारसँग सहमति नभएको खुलासा गर्दै रेशमलाई सरकारले रिहा गरिदिए धन्यवाद दिने बताए । ...
भिरबाट लडेर खोटाङमा एक जनाको ज्यान गयो

भिरबाट लडेर खोटाङमा एक जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, फागुन २९ भिरबाट लडेर खोटाङमा एक जनाको ज्यान गएको छ ।  हलेसी तुवाचुङ नगरपालिका (११ राजापानी मापाचुलीका ५६ बर्षीय  राम बहादुर कार्कीको भिरबाट लडेर ज्यान गएको हो । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भिरबाट लडेर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  ...
११ नं वडालाई ४–१ ले हराउँदै १० नं वडा फाइनल प्रवेश

११ नं वडालाई ४–१ ले हराउँदै १० नं वडा फाइनल प्रवेश

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २९ प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २१ औँ स्व लालसेर राई मेयर गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा १० नं वडाले आफ्नो यात्रा सुरक्षित गरेको छ । शनिवार थारुहट रंगशालामा जारी फुटवल प्रतियोगितामा १० नं वडाको तर्फबाट ४ गोल गर्दे ११ नं वडालाई सेमिफाइनलबाट आउट गरेको छ । प्रथम त्रियुगा खेलकुद महोत्सवको अवसर पारी जारी स्व लालशेर राई मेयर गोल्डकपमा नगरभरिका बिभिन्न १४ ओटा वडाले सहभागी जनाएका थिए । सेमिफाइनल सम्म आईपुगेका ११ नं वडाले खेल अबधिभर सुनिल खड्काले १ गोल मात्रै गर्न सफल भए । उता १० नं वडाको तर्फबाट समि राउत २ गोल, दिपक मगरले १ गोल र अनिस सेवाले १ गोल गरी जम्मा ४ गोल हान्न सफल भए । खेलमा दिपक मगर म्यान अफ द म्याच घोषित भए । उनले रु १ हजार नगद सहिद ट्रफि पाए ।     ...