Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

त्रियुगा खेलकुद महोत्सव महिला भलिवल प्रतियोगिता तर्फ यी दुई वडा फाईनल प्रवेश

त्रियुगा खेलकुद महोत्सव महिला भलिवल प्रतियोगिता तर्फ यी दुई वडा फाईनल प्रवेश

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २९ प्रथम त्रियुवा नगर खेलकुद महोत्सवको महिला भलिवल तर्फ त्रियुगा नगरपालिका १५ र त्रियुगा नगरपालिका ११ फाईनलमा प्रवेश गरेको छ । त्रिनपा १० बोक्से खसि बजारमा जारी वलिवल प्रतियोगिताको महिला तर्फ यी २ वडा फाईनल प्रवेश गरेको हो । नगरपालिका भरिका बिभिन्न वडाहरुको सहभागीमा जारी महिला भलिवल प्रतियोगिताबाट १५ र ११ ले फाइनल सम्मको खेल तय गरेको छ । शनिवार सेमि फाईनल सम्मको खेलमा १५, ११, ३ र १० नं वडा गरी ४ ओटा टिमले खेलेका थिए ।४ टिमको प्रतियोगिता बाट फाइनलमा १५ र ११ प्रवेश गरेको हो । ११ नं वडाले १० नं वडालाई बेस्टव फाईभको अन्तिममा १८ मै रोकेर आफ्नो जित सुरक्षित गरेका थिए । यता १५ वडाले ३ नं वडालाई फराकिलो अंकमा ३ ओटै सेट जितेका थिए । बेस्टव फाईको अन्तिममा ९ मै रोकेर १५ नं वडा फाइनल प्रवेश गर्यो । पुरुष तर्फको सेमि फाईनल खेल दिउँसो २ः३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ...
वालवालिकाको शिक्षामा आमा समूहको महत्व

वालवालिकाको शिक्षामा आमा समूहको महत्व

बिचार
जव शिक्षा विग्रियो तव सवै घर विग्रियो, समाज विग्रियो, विद्यालय विग्रियो, हुँदा हुँदा देशै विग्रियो । अनि कसरी सुध्रिन्छ समाज ? समाज परिवर्तनको लागि राजनीति गरेको भनेर वच्चैदेखि सुनेको अझै भन्न छाडेको छैन । अनि यो पर्खाइ कहिलेसम्म हो ! जसवहादुर कार्की अध्यक्ष, शिक्षा सरोकार मञ्च - उदयपुर  कोरोना भाइरसको कारण २०७६ चैत्र ५ गतेदेखि लामो समयसम्म विद्यालय वन्द रहेको कारण अधिकांश वालवालिकाले विद्यालय जाने, आउने, विभिन्न क्रियाकलाप गर्ने, साथीसंगी तथा शिक्षकहरुसँगको उठवस, वोलीचाली, व्यवहार विलकुलै नौलो लाग्ने अवस्थामा पुर्यायो । हामी सवै मिलेर विद्यालयलाई खण्डहरमा परिणत गरियो । आठ महिनापछि विद्यालयहरु खुलेका छन् तर वालवालिका खेल्ने चौरीको के हाल भयो ? वालवालिकाले लगाएको फूलवारी कसले गोडमेल गर्दैछ ? विद्यालयको करेसावारीमा उम्रेको झार कसले उखेल्दैछ ? त्यो भन्दा नि महत्वपूर्ण कुरा एकअर्को ...
उदयपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ

उदयपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २८ उदयपुरमा दुई नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बेलका नगरपालिका–८ सिसौली सानो खैरेनी टप्पुबाट पक्राउ परेका हुन् । भरुवा बन्दुक राखेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले बेनपा–९ कमलाबारी बस्ने ३७ वर्षीय सनविर राई र ६५ वर्षीय कटारी साईला भन्ने लक्ष्मण विकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको घर खानतलासी गर्दा उनीहरुले बारीमा लुकाई राखेको दुई थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा ३ तला बाट खसेर गम्भीर भएको मजदुरलाई क्युपेक नेपालको आर्थिक सहयोग, परिवारबाट थप सहयोगको माग

उदयपुरमा ३ तला बाट खसेर गम्भीर भएको मजदुरलाई क्युपेक नेपालको आर्थिक सहयोग, परिवारबाट थप सहयोगको माग

समाचार
पूर्णपुष्टि, फागुन २८ गाईघाटमा घर बनाउने क्रममा ३ तला बाट खसेर गम्भीर घाईते भएको मजदुरलाई क्युपेक नेपाल उदयपुरले आर्थिक सहयोग गरेको छ । त्रियुगा नगरपालिका ११ संगम टोल स्थित लाल कुमारी तामाङको घर निर्माण गरिरहेको अवस्थामा ३ तलाबाट खसेर गम्भिर घाईते भएको त्रियुगा नगरपालिका १ जोगिदहको धुरण चौधरीलाई आर्थिक सहयोग गरेको हो । ३८ बर्षिय चौधरीको हाल बिराटनगर नोवेल हस्पिटलमा भेण्डिलेटरमा राखेर उपचार भईरहेको परिवारले जनाएको छ । उनको शरिरको बिभिन्न ठाउँ हात खुट्टा भाँचिनुका साथै टाउकोमा रगत जमेको हस्पिटलले जनाएको छ । हाल सम्म उपचारमै रहेको उनी बेहोस अवस्थामै रहेको परिवारले जनाए । घाईते चौधरीको पारिवारिक अवस्था अति कम्जोरका कारण हाल मर्ने बाँच्ने कुनै ठेगान नरहेको परिवारले जनाएको छ । हाल सम्म करिब ९ लाख जति हस्पिटलले खर्च मागिरहेको बेलामा परिवार सँग आर्थिक नभएपछि बिरामीको अवस्था झन जटिल रहेको ...
नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २८  नेपालमा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  २ लाख ७५ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना मुक्त भएसँगै अहिलेसम्म २ लाख ७१ हजार १ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९२९ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३ हजार १२ जनाको मृत्यु भईसकेको छ ।...
युरेनियमसहित ४ जना पक्राउ

युरेनियमसहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २८ काठमाण्डौँबाट साढे २ किलो युरेनियमसहित चार जना पक्राउ परेका छन् । रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने पक्राउ परेका हुन् । बौद्ध क्षेत्रबाट युरेनियमसहित पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो । नेपालमा युरेनियम बरामद भएको पहिलो घटना भएको प्रहरीले जनाएको छ । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको प्रहरीले जनाएको छ । उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।...
शिक्षकको शंकास्पद मृत्यु, एक हप्ता वित्यो शव अझै अस्पतालमै

शिक्षकको शंकास्पद मृत्यु, एक हप्ता वित्यो शव अझै अस्पतालमै

समाचार
पूर्णपुष्टि,फागुन २८ २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृत फेला परेको थियो । बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी शिक्षक भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखेपछि विगत सात दिनदेखि शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ । शव परीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले नमूना काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले मृतक भट्टराईको हत्या आशङ्कामा अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै तथ्य फेला पार्न नसकेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा ग...
लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

समाचार
पूर्णपुष्टि, फागुन २८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा धादिङको गंगाजमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुनप्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको छ । बाटोको ट्रयाक खोल्न कार्य सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दुवैजनाविरुद्ध मुद्दा दायर गरेको हो । ९५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले इन्जिनियर कार्कीलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा लेखा अधिकृत सापकोटाले सेवाग्राहीसँग घुस लिन इन्जिनियर कार्कीलाई निर्देशन दिएको पाइएपछि उनीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।...
खुवालुङ संरक्षणका अभियनता पक्राउ

खुवालुङ संरक्षणका अभियनता पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन २८  किरात राई समुदायको धार्मिक तथा आस्थाका धरोहर “खुवालुङ” संरक्षण समितिका अभियन्ताहरुलाई  प्रहरीले पक्राउ गरेको छ । सुनसरी चतराका दिनेश काम्दुङ खम्बू र सजन राईलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु काम्दुङ संरक्षण समितिका सचिव हुन भने साजन पनि अभियन्ता हुन् । उदयपुर, भोजपुर र धनकुटाको संगम स्थलमा अवस्थित दुधकोशी नदिको बीचमा रहेको खुवालुङ ढुङ्गा क्रेन गलाएर फुटाउने प्रधानमन्त्री केपी शर्मा ओलिले अभिव्यक्ति दिए पछि विवाद हुँदै आएको छ । विराटनगरमा गत माघ ८ गते सो अभिव्यक्त दिए पछि किरात राई समुदाय र किरात जन्य संघ संस्थाहरुले विरोध जनाउदै आएका छन् । उक्त विषयमा आज किरात राई यायोक्खाले वृहत छलफल तथा अन्तरकृया कार्यक्रम राखेको छ । खुवालुङ्कै विषयलाई लिएर अभियानताहरुलाई पक्राउ गरिएको हो भने यो राज्यको नश्लिय चरित्र उदाङ्गिएको प्रष्ट हुने जानकारहरु बताउछन । उनीहर...
१० वर्षपछि अपहरणकारी पक्राउ

१० वर्षपछि अपहरणकारी पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २८  सप्तरीमा अदालतले अपहरण मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको एक ब्यक्ति १० वर्षपछि पक्राउ परेको छ । छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यादवसहितको समूहले साविकको बरही वीरपुर गाविस– ५ का १७ बर्षीय सञ्जीवकुमार साहलाई २०६७ साल कात्तिक २६ गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेको थियो । यादवले सदस्यसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । युवकको परिवारका सदस्यले १३ लाख ५ हजार रुपैयाँ फिरौती बुझाएका थिए अपहरित युवक अहिलेसम्म बेपत्ता छन् । अपहरणसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ साल भदौ १५ गते यादवलाई ९ बर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।...