Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरका राई भरुवा बन्दुकसहित पक्राउ, चार फरार

उदयपुरका राई भरुवा बन्दुकसहित पक्राउ, चार फरार

समाचार
पूर्णपुष्टि,फागुन २८ उदयपुरको एक युवा भरुवा बन्दुकसहित सुनसरीको बराहक्षेत्रस्थित कोसीको खयरघारीमा पक्राउ परेको छ । उदयपुरको बेलका नगरपालिका–९ बस्ने २२ बर्षीय सुमन राईलाई बन्दुकको नालसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बलको टोलीले हिजो सिकार खेल्न गएका राईलाई पक्राउ गरेको थियो । सशस्त्रको चतरा सुरक्षा वेसबाट खटिएको टोलीले राई पक्राउ गरेता पनि उनको समूहमा रहेका अन्य चारजना अझै फरार रहेको  सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले बताउनुभयो । राईलाई बराहक्षेत्र–२ स्थित कोसीको पुर्वी किनारमा पर्ने आठ आरडिको खयरघारीबाट अपरान्ह ३ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई हिजो नै थप अनुन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २८  आज सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार भाउ बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँमा पुगेकोमा आज फेरि ६ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
आगन्तुक चराले नेपालमा बर्ड फ्लु फैलिएको आशङ्का

आगन्तुक चराले नेपालमा बर्ड फ्लु फैलिएको आशङ्का

समाचार
पूर्णपुष्टि, फागुन २८  आगन्तुक चराले नेपालमा बर्ड फ्लुको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ । नेपालको बाटो हुँदै जाने विदेशी चराहरुका कारण देशका विभिन्न ठाउँका कुखुरामा बर्ड फ्लुको सङ्क्रमण देखा परेको प्रारम्भिक अनुमान गरिएको अनुगमन टोलीको प्रतिवेदनले देखाएको पशु स्वास्थ्यसेवा विभागले जनाएको छ । ठूलो सङ्ख्यामा साइबेरियालगायतका ठाउँबाट नेपालको बाटो हुँदै एकै समूहमा लाखौँको संख्यामा चराहरु उडेकाले उनीहरुको प्वाँखलगायत अवशेषहरु नेपालको जमिनमा झर्दा विभिन्न ठाउँमा सङ्क्रमण देखिएको हुन सक्ने जनाईएको छ । काठमाण्डौको तारकेश्वर, सुर्खेत र जाजरकोटमा एक ठाउँबाट अर्को ठाउँमा घरपालुवा पक्षीहरु ओसारपसार नभएको र नाकाहरुमा समेत सङ्क्रमण नदेखिएकाले आकाशमा उडेका विदेशी चराहरुबाट नै बर्ड फ्लु भएको जनाईएको छ । अहिले सङ्क्रमण देखिएका देशका विभिन्न ठाउँबाट नमुना सङ्कलन गरेर देशभर रहेका पाँच वटै प्...
उद्धार नहुँदा सुत्केरीको मृत्युु

उद्धार नहुँदा सुत्केरीको मृत्युु

समाचार
पूर्णपुष्टि, फागुन २८  मुगुमा तत्काल उद्धार नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई जानकारी गराएको थियो । जानकारी आउनेवित्तिकै हवाई उद्धारका लागि शुरुमा मौखिक र पछि लिखित जानकारी गराएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । तत्काल हेलिकोप्टर नपुग्दा शाहीको मृत्यु भएको जनाईएको छ । सोरुमा फोन नेटवर्कको समस्या रहेकाले पनि अपडेट हुन नसक्नु र सेनाको हेलिकोप्टर सैनिक दिवसका लागि काठमाडौं गएकाले आउन ढिलाइ हुनुले पनि समयमै उद्धार नहुँदा शाहीको मृत्यु भएको जनाईएको छ ।...
अमेरिकन आईडल उपविजेता देबेश पोखरेलको  नेपाली भिडियो सार्वजानिक

अमेरिकन आईडल उपविजेता देबेश पोखरेलको नेपाली भिडियो सार्वजानिक

मनोरञ्जन, समाचार
 पूर्णपुष्टि, फागुन २८ अमेरिकन आईडलबाट उपबिजेत बन्न सफल नेपाली युवा अर्थगन (देवेश पोखरेल) ले नेपाली म्युजिक भिडियो कागबेनी सार्वजानिक गरेको छ । उनि अमेरिकन आईडलको १८ औँ संस्करणमा प्रतियोगिताका लागि सहभागी भएका थिए । उनले आफ्नो प्रस्तुतिमा जर्जहरुलाई राम्रो ध्यानाकर्षण गराउन समेत सफल भए । आईडलबाट उनि प्रतियोगिताको उपविजेता समेत बन्न सफल भए । अर्थरगनले बिहीबार आफ्नो यूटुयुब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन । गीतमा शब्द र स्वर उनकै रहेको छ । गन डिभी परेपछि दिवेशका बुबा २००८ मै अमेरिका पुगेपनि उनले भने उच्च शिक्षा सम्मको अध्ययन नेपालमै सकेर २०१४ मा अमेरिका पुगेका थिए । https://www.youtube.com/watch?v=89n42tHMWqo&t=4s...
स्कुटी र मोटरसाईकल ठोक्किदा एकको मृत्यु

स्कुटी र मोटरसाईकल ठोक्किदा एकको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन २८ झापा दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको स्कुटी र मोटरसाईकल ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटी चालक दमक नगरपालिका–८ बस्ने बस्ने ५० बर्षीय ईन्द्र भुजेलको मृत्यु भएको हो । गत राती सभा ९ बजे प्रदेश १–०१–१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक भुजेललाइृ उपचारको लागी लाईफ लाईन दमक अस्पताल लादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक दमक नगरपालिका–४ बस्ने २६ बर्षीय संजोक सुन्दास समेत घाईते भई बिएण्डबि अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।  ...
उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित एकजना पक्राउ

उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित एकजना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २८ लागुऔषाध ब्राउन सुगर सहित उदयपुरमा एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ मेनचोक बाट सोहि स्थानका ३२ बर्षिय प्रशान्त कार्कीलाई आगुऔषाध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । कार्कीलाई जिल्ला प्रहरी कार्यालय उयदपुरबाट खटेको टोलीले लागुऔषाध सहित बिहिबार पक्राउ गरेको हो । कार्कीको साथ बाट ५१० मिलि ग्राम ब्राउन सुगर र १४०३५ नगद पनि बरामद भएको छ । पक्राउ परेको कार्कीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको छ ।  ...
लडेर कोरियामा एक नेपालीको ज्यान गयो

लडेर कोरियामा एक नेपालीको ज्यान गयो

समाचार
पूर्णपुष्टि, फागुन २८ औद्योगिक दुर्घटनामा परि काकेरियामा एक नेपालीको ज्यान गएको छ । दक्षिण कोरीयामा बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु सहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीष मगरको दुर्घटनामा परी गत सोमबार ज्यान गएकोे हो । दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । घटनालाई नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन् ।          ...
४२ लाख रुपैयाँसहित १ जना पक्राउ

४२ लाख रुपैयाँसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २८ भक्तपुरमा स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जना पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशलटारबाट अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भइ अहिले सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जनाएको छ । जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख रुपैयाँ र उनको कोठा खानतलासी गर्दा थप १५ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले त्यो रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले त्यस रकम जुवातास खेलेर जितेको हुनसक्ने जनाएको छ ।...
मेलम्चीको पानी चैत १५ देखि धारामा

मेलम्चीको पानी चैत १५ देखि धारामा

समाचार
पूर्णपुष्टि, फागुन २८ मेलम्चीको पानी सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा वितरण थाल्ने भएको छ । चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो । अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने छ ।  सुरुङ भरिन ३–४ दिन लाग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सुरुङ भरिएपछि १० दिन जति पानी त्यसै छाडेर त्यसपछि भने सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खसालिने छ । पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाइने जनाएको छ । चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुने छ । चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ ।...