Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

कोरियामा १ नेपालीको मृत्यु

कोरियामा १ नेपालीको मृत्यु

समाचार
पूर्णपुष्टि, फागुन २८ दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परि एक जना नेपालीको मृत्यु भएको छ । बाग्लुङ गलकोट नगरपालिका–११ घर भएका र अहिले कोरियाको थेगु सहरमा राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परि गत सोमवार मृत्यु भएको हो । दुई वर्षअघि कोरिया गएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमवार साँझ करिब ६ बजे लडेको जनाईएको छ । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घले जनाएको छ ।...
चैत १ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने

चैत १ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने

समाचार
पूर्णपुष्टि, फागुन २८  नेकपा एमालेले आगामी चैत १ गते केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ । चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ । आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिने जनाएको छ । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले जनाएको छ । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ । केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएका...
एस्ट्राजेनेकाको खोपले रगतमा कुनै असर नगर्ने

एस्ट्राजेनेकाको खोपले रगतमा कुनै असर नगर्ने

समाचार, संसार, स्वास्थ्य
पुर्णपुष्टि, फागुन २८  अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपले मानिसको रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन युनियनको नियामक निकायले दाबी गरेको छ । यो कोरोना खोप लगाएका व्यक्तिहरुमा रगतमा धब्बाहरु देखा परेको कुरा सत्य नभएको जनाएको छ । यसअघि खोप लगाइसकेका मानिसको शरीरमा रहेका रगतको सानो समूहहरुमा केही असरहरु देखा परेको भनिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । डेनमार्ग र नर्वेलगायत देशहरुमा यो खोप लगाउन रोकिएसँगै खोपबारे प्रश्न उठेको थियो । इटलीमा कोरोना खोप लगाएपछि ५० वर्षका एक जना व्यक्तिको मृत्यु भएसँगै यो खोपको प्रभावकारिताबारे प्रश्न उठेको हो । तर पछि त्यो व्यक्तिको अरु नै रोगले मृत्यु भएको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुको दाबी गरेको जनाईएको छ । एस्ट्राजेनेका खोपका कारण अहिलेसम्म स्वास्थ्यमा असर गर्ने कुनै कारणहरु नभएकाले ढुक्क भएर लगाउन युरोपियन मेडिसिन एजेन...
साकेला टोल विकास संस्थाको भवन शिलान्यास

साकेला टोल विकास संस्थाको भवन शिलान्यास

समाचार
पूर्णपुष्टि, फागुन २७ उदयपुरको त्रियुगा नगरपालिका–११ को साकेला टोल विकास संस्थाको सामुदायिक भवन शिलान्यास भएको छ । टोल विकास संस्थाको भवन त्रिनपा–११ का वडाध्यक्ष विश्वराज भट्टराईले विहिबार शिलान्यास गर्नुभएको हो । साकेलाटोलको आधारभुत स्वास्थ्य भवन छेउ, दक्षिणतर्फको सार्वजनिक जग्गामा भवनको सिलान्यास गरिएको हो । हालका लागि सामान्य भवन बनाई वैठक, भेला जस्ता संस्थाको क्रियाकलाप संचालन गरिने र भावि दिनमा सुविधासम्पन्न भवनका लागि नगरपालिकासंग माग गरिने भएको छ । टोल विकास संस्थाले शिलान्यास समारोहको आयोजना गरि विधिवतरुपले भवनको सिलान्यास गरिएको संस्थाका अध्यक्ष विशेश्वर राईले बताउनुभयो । संस्थाको आफ्नो भवन नहुदा बैठक, भेलाहरु सदस्यको घर वा साकेलाथानको परिसरमा गर्दै आएको संस्थाकी पूर्वअध्यक्ष गीता राईले बताउनुभयो । सिलान्यास कार्यक्रमलाई संवोधन गर्दै भवन निर्माणका लागि वडाको सहयोग र...
कालोबजारी गर्ने १ जना व्यापारी पक्राउ

कालोबजारी गर्ने १ जना व्यापारी पक्राउ

समाचार
मोरङ, फागुन २७ मोरङको विराटनगरबाट कालोबजारी गर्ने एक जना ब्यापारी पक्राउ परेको छ । विराटनगर–११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई मोबिल र ईनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ परेको हो । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने १ बजे खेम्काको गोदामबाट २ सय लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्रम, १० लिटरको मोविल सहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा, २ सय लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टीकर १ सय पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १ सय थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २ सय थान, एशियन पेन्ट लेखिएको ईनामेल ५ सय लिटरको ७ बट्टा बरामद गरेको प्रहरीले जनाएको छ । खेम्काले विगत २० बर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वोको स्टीकर ...
नेपालमा थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २७  नेपालमा आज थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय १६ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नौ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म नेपालमा सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भईसकेको छ ।...
सिञ्जामा आँखा उपचार केन्द्र सञ्चालन

सिञ्जामा आँखा उपचार केन्द्र सञ्चालन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २७  जुम्लाको सिञ्जामा आँखा उपचार केन्द्र संञ्चालन भएको छ । सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र सञ्चालन भएको हो । स्थानीयको राहतका लागि गाउँमै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । उपचार केन्द्र सुरु भएसँगै सदरमुकाम खलङ्गामा रहेको आँखा उपचार केन्द्रको पहुँचमा नरहेका सिञ्जा क्षेत्रका नागरिकले राहत पाउने भएको पालिकाले जनाएको छ । सामान्य आँखाका बिरामी हुँदा पनि महँगो खर्च गरेर सदरमुकाममा जानुपर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै उपचार केन्द्रमार्फत सेवा दिन सुरु गरिएको पालिकाले जनाएको छ ।...
ताप्लेजुङमा आगलागी एक घर जलेर नष्ट

ताप्लेजुङमा आगलागी एक घर जलेर नष्ट

समाचार
पूर्णपुष्टि,फागुन २७ ताप्लेजुङमा आग्जनी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । फुङलङ नगरपालिका–५ उकालिपानीमा आज दिउँसो आगलागीबाट एक घर जलेर नष्ट भएको हो । सन्तोश मावो लिम्बूको जस्ता र काठले बनेको एक तले घर जलेको प्रहरीले जनाएको छ । नगरपालिकाको दमकल र नेपाल प्रहरीको सहयोगबाट आगो नियन्त्रणमा आएको हो । आगलागीमा ८० हजार, ३० हजार रुपैयाँ बराबरको भाँडाकुडा लत्ताकपडा र १ लाख ५० हजार रुपैयाँ बराबरको घर क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बिहान खाना पकाउन बालेको आगो ननिभाएका कारण आगलागी भएको पीडित लिम्बुले बताएका छन् ।...
रुसद्धारा ट्विटरको गति कम

रुसद्धारा ट्विटरको गति कम

समाचार
पूर्णपुष्टि, फागुन २७  रुसले सामाजिक सञ्जाल ट्विटरको गति कम गरेको छ । रुसको मिडियामाथि निगरानी गर्ने संस्थाले रुसले प्रतिबन्ध लगाएको सामाग्री आफ्नो वेवसाईटबाट नहटाएको भन्दै अमेरिकी कम्पनी  ट्विटरको गति कम गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । ट्विटरबाट झण्डै तीन हजार पोस्ट्स हटाउन भनिएको थियो । लागुऔषध पोर्नाेग्राफीसँग सम्बन्धित सामग्री छन् तर कम्पनीले यस्तो नगरेको रुसको आरोप छ । रुसका नागरिकको हितको रक्षाका लागि यो कारबाही गरिएको जनाईएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीहरूले ट्विटर निकै उपयोग गर्दै आएको जनाइएको छ । कारबाहीपछि ट्विटरको वेबसाइटमा फोटो र भिडियो देख्न कठिन भइरहेको छ । यसैबीच ट्विटरले रुसी संस्थाको कारबाहीबाट आफू गम्भीर चिन्तित भएको जनाएको छ । रुसमा सबै मोबाइल उपकरणमा ट्विटरको गति घटाइएको हो र झण्डै आधा डेस्कटप उपकरणमा ट्विटरको गति कम गरिएको...
अकोराबको अध्यक्षमा गिरी निर्वाचित

अकोराबको अध्यक्षमा गिरी निर्वाचित

समाचार
पूर्णपुष्टि, फागुन २७  सामुदायिक रेडियोको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएको छ । प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत ल्याउँदा विजयी भएका गिरीले एक सय ६१ मत ल्याएको हो । टोटल खसेका मतमध्ये  तीन मत बदर भएको अकोराबले जनाएको छ । काठमाण्डौमा सम्पन्न अकोराबको पन्ध्रौँ साधारण सभा तथा सातौँ अधिवेशनले गिरी अध्यक्ष रहने गरी ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा  विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चुनिएका छन् । अध्यक्षबाहेक अन्य पदमा सर्वसम्मतिले चयन गरिएको थियो । नेपालमा तीन सय ५० भन्दा धेरै सामुदायिक र...