Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन २७ करेन्ट लागेर एक बालकको संखुवासभामा मृत्यु भएको छ । धर्मदेबी नगरपालिका–६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको हो । आज साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागी बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
आज अपरान्हपछि पहाडी भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

आज अपरान्हपछि पहाडी भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

समाचार
पूर्णपुष्टि,फागुन २७ आज पश्चिमी वायुको प्रभावका कारण अपरान्हपछि देशको अधिकाशं पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जजसहित वर्षा हुने छ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभागले जनाएकोे छ । हाल देशका पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।...
बस दुर्घटनामा २ को मृत्यु, १६ घाइते

बस दुर्घटनामा २ को मृत्यु, १६ घाइते

समाचार
पूर्णपुष्टि,फागुन २७ दैलेखमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ,भने १६ जना घाइते भएका छन् । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना भएको हो । आज कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बसमा सवार १८ जनामध्ये एक जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालिकोटको साविक भर्ती गाविस–९ का अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ  । अन्य सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उ...
घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु

घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन २७ घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा मधुवन–३ की २९ वर्षीया रेनुका सुनारको मृत्यु भएको हो । बुधबार घाँस काट्न गएको बेला बाघले सुनारलाई झम्टेर लगेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरीका अनुसार नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।...
उदयपुरमा बालिका करणीको आरोपमा एक जनालाई १२ बर्ष ६ महिना कैद

उदयपुरमा बालिका करणीको आरोपमा एक जनालाई १२ बर्ष ६ महिना कैद

समाचार
पूर्णपुष्टि, फगुन २७ १० बर्षिया बालिका करणी गरेको आरोपमा १५ बर्षिय बालकलाई १२ बर्ष ६ महिना कैैदको फैसाला जिल्ला अदाल कार्यालय उदयपुरले सुनाएको छ । त्रियुगा नगरपालिका ११ का उनिलाई गत असोज १ गते दश बर्षिया बालिका करणीको आरोपमा प्रहरीले पक्राउ गरेका थिए । जन्मकैदको अवधि नयाँ संविधानमा २५ वर्ष तोकिएपनि पीडक किशोर १५ वर्षको मात्रै भएकाले उमेरहदका कारण उनी बालक ठहरिएकाले आधा सजाय भुक्तान गर्नेपर्ने अदालतका सूचना अधिकारी राजकुमार आचार्यले बताउनुभयो । जेल सजाय सँगै २५ हजार क्षतीपुर्ति पनि पिडकलाई बुझाउन अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधिश दीपक खनालको एकल इजालसले कसुर ठहरसहित कैद र क्षतिपूर्ति भराउने फैसला सुनाएपछि कसुरदारलाई सरकारले व्यवस्था गरेको पीडित राहत कोषमा दुई हजार दुई सय रुपैँया जम्मा गर्नसमेत आदेश दिईएको छ । अदालतका सूचना अधिकारी आचार्यका अनुसार फैसला सुनाइएका पीडक किशोरल...
आज महाशिवरात्री देशैभरका मन्दिरमा भक्तजनहरुको घुइचो

आज महाशिवरात्री देशैभरका मन्दिरमा भक्तजनहरुको घुइचो

समाचार
पूर्णपुष्टि, फागुन २७  आज महाशिवरात्री देशैभरका मन्दिर तथा शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्न बिहानैदेखि श्रदालु भक्तजनहरुको घुइचो लागेको छ । ।  भक्तजनहरु आफ्नो स्थानमा भएको नजिकैको पवित्र तीर्थस्थल मन्दिरमा लाम लागेर दर्शन गरिरहेका छन् भने धेरैले दर्शन गरिसकेका छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइन्छ ।  मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो देखिन्छ उनीहरु भगवानको दर्शनका साथै भजन, किर्तन र नाँचगानमा रमाइरहेका देखिन्छन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।...
उदयपुरमा लागुऔषधसहित राई पक्राउ

उदयपुरमा लागुऔषधसहित राई पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन २७ उदयपुरमा लागुऔषधसहित एक पुरुष पक्राउ परेको छ । बेलका नगरपालिका–७ का ४० बर्षीय हस्त बहादुर राईलाई प्रहरीले हिजो पक्राउ गरेको हो । उनको साथबाट ६ सय ९० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । राई माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा आगलागी हुँदा घर सहित खोरमा रहेको २१ ओटा बाख्रा जल्यो, १८ लाख बराबरको क्षती

उदयपुरमा आगलागी हुँदा घर सहित खोरमा रहेको २१ ओटा बाख्रा जल्यो, १८ लाख बराबरको क्षती

समाचार
पूर्णपुष्टि, फागुन २७ उदयपुरमा आगलागी हँदा १८ लाख बराबरको क्षती पुगेको छ । ताप्ली गाउँपालिका ५ स्थित ४० बर्षिय पन्चे सार्कीको घरमा आगलागि हँदा घर सहित ३ ओटा मतान, गोठ, गोठमा रहेको २१ बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घरमा रहेको ५० हजार नगद, लत्ता कपडा, सुन चाँदी र खाद्यन्न समेत पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फुसको छानो र ढुंगा माटोले बनेको २ तल्ले घरमा सोलार प्यानल सर्ट हुन गई आगलागी भएको प्रहरीको भनाई छ । आगलागिमा मानविय क्षेती भने भएको छैन । रुपाटार प्रहरी चौकी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रण गरिएको छ ।   ...
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

समाचार
पूर्णपुष्टि, फागुन २७ सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । ईनरुवा नगरपालिका– ८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो । बुधबार बेलुका साढे ५ बजे भोक्राहानरसिङ –४ स्थित पुर्ब–पश्चिम राजमार्गमा स ४ प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको छ । सो दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० बर्षीय शिव नारायण मण्डल समेत घाईते भई गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
ब्राजिलमा एकैदिन २ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा एकैदिन २ हजारभन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २७  ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक एकैदिन दुई हजारभन्दा बढीको मृत्यु भएको छ । बुधवार ब्राजिलमा कोरोना संक्रमणबाट दुई हजार दुई सय ८६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । अमेरिकापछि ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै छ । कोरोनाबाट ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय ७०जनाको मृत्यु भईसकेको छ । विशेषज्ञका अनुसार कोरोना भाइरसको नयाँ प्रकार भित्रिएसँगै सङ्क्रमण दर बढेको हो ।...