Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

दियालो फुडल्याण्डमा आगलागी

दियालो फुडल्याण्डमा आगलागी

समाचार
पूर्णपुष्टि, फागुन २७ बुटवलको दियालो फुडल्याण्डमा आगलागी भएको छ । गएराति करिब साढे १ बजे फुडल्याण्डको माथिल्लो तलामा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो । आगलागीबाट रेष्टुरेण्ट रहेको माथिल्लो तला जलेर पूर्णरुपमा नष्ट भएको छ । केही कामदार रेष्टुरेन्टमै सुतेका भए पनि आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिकाको दमकलको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीको समयमा फुडल्याण्डको तल्लो तलाका सबै सटर बन्द थिए । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सरकार र वादी समुदायबीच ५ बुँदे सहमति

सरकार र वादी समुदायबीच ५ बुँदे सहमति

समाचार
पूर्णपुष्टि, फागुन २७  कर्णाली प्रदेश सरकार र आन्दोलित बादी समुदायविच पाँच बुदे सहमती भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका वादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो । प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेश, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र मिश्र र वादी सङ्घर्ष समितिका तर्फबाट हिक्मत वादीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । प्रदेश सरकारको कार्यक्षेत्र नभएको हुँदा जमिन उपलब्ध गराइदिन प्रदेश सरकार, मन्त्रिपरिषद्बाट निर्णय गरी नेपाल सरकारलाई अनुरोध गर्ने र यसका लागि आवश्यक समन्वय गर्ने सहमतिपत्रमा उल्लेख छ । कर्णाली प्रदेशमा रहेका वादी समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र यथार्थपरक प्रतिवेदन पेश गर्न प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने...
घुस रकमसहित कर अधिकृत पक्राउ

घुस रकमसहित कर अधिकृत पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २७ डेढ लाख घुससहित आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एक जना विचौलियासँगै पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ । स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेको पक्राउ गरेको आयोगले जनाएको छ । दुवै जनाले एक जना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको आयोगले जनाएको छ । पक्राउ परेका दुबै जनाबिमाथी थप अनुसन्धान भइरहेको जनाएको छ ।...
महाशिवरात्रि मनाइँदै

महाशिवरात्रि मनाइँदै

समाचार
पूर्णपुष्टि, फागुन २७ आज देशभर महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा–आराधना गर्छन् । शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहि आएको छ । काठमाण्डौको पशुपतिका साथै नौलोगाउँ बझाङ, कैलाशमाडौँ बाजुरा, नर्वदेश्वर ओखलढुङ्गा, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्त लिङ्गेश्वर, काठमाण्डौ डिल्लीबजारको वसन्तेश्वर, जयबागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गारेश्वरलगायतका शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पव...
उदयपुरमा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यलय भवन उद्घाटन, माओवादी केन्द्रको बोर्ड पनि राखियो

उदयपुरमा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यलय भवन उद्घाटन, माओवादी केन्द्रको बोर्ड पनि राखियो

समाचार
पूर्णपुष्टि, फागुन २६ उदयपुरमा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयको भवन उद्घाटन भएको छ । गाईघाट स्थित त्रियुगा बसपार्कको सहित स्मार्क भवनलाई माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय भवन बनाइएको छ । बुधबार एक कार्यक्रमको बिच संविधान सभा सदस्य तथा महिला नेतृ मणि खम्वु, पार्टी इन्चार्ज मोहन खत्री र  पार्टी अध्यक्ष दिवस कटुवालले संयुक्त रुपमा पार्टी कार्यालय भवनको उद्घाटन गर्नुभयो । आजबाट माओवादी केन्द्रले बस पार्क स्थित सहिद प्रष्तिठानलाई पार्टी कार्यालयका रुपमा औपचारीक उद्धाटन गरेर संचालनमा ल्याएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिनोद कटुवाल दिवसले जानकारी दिनुभयो ।कार्यालय उद्घाट सँगै माओवादी केन्द्रको बोर्ड पनि राखिएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । देशभर धमाधम विभिन्न जिल्लामा माओ...
एभरेष्ट बैंकको १०२ औँ शाखा गाईघाटमा विस्तार

एभरेष्ट बैंकको १०२ औँ शाखा गाईघाटमा विस्तार

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २६ एभरेष्ट बैँकले आफ्नोे शाखा गाईघाटमा पनि विस्तार गरेको छ । बुधबार एक कार्यक्रमको बिच गाईघाट शाखा कार्यलयको उद्घाटन गर्दै १०२ औँ शाखाको रुपमा गाईघाटमा विस्तार भएको हो ।देशकै अन्य बैँकहरु मध्य सबैभन्दा कम निष्क्रिय कर्जाको रुपमा यस बैँकले आफुलाई स्थापित गरेको एभरेष्ट बैंकका डि.जि.एम सन्धिर कुमारले बताउनुभयो । उहाँले हाल ११ लाख भन्दा बढी ग्राहकहरुले यस बैंकबाट देशका बिभिन्न ठाउँबाट प्रत्यक्ष रुपमा गुणस्तरीय सेवा लिरहेको समेत बताउनुभयो । बिगत ३६ बर्ष लामो समयदेखि निरन्तर ग्राहकहरुको गुणस्तर सेवामा विश्वास दिदै आएको यस बैंकले देशको करिव ३१ ओटा काउन्टरहरुबाट नेपाल सरकारको राजश्व समेत संकलन गर्दै आएको उहाँले बताउनुभयो ।सरकारको केन्द्रिय बैंकको निर्देशन र निति अनुरुप दिगो दरिलो र विश्वासिलो भन्ने नारालाई आत्मा साथ गर्दै यस बैंकले सामाजिक उत्तरदायीत्वमा समेत ध्यान पुराउँदै आ...
लागुऔषधसहित २ जना भारतिय नागरिक पक्राउ

लागुऔषधसहित २ जना भारतिय नागरिक पक्राउ

समाचार
झापा, फागुन २६  झापा मेचीनगरबाट लागुऔषधसहित दुई जना भारतिय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ स्थित न्युन बिशाल होटलबाट बुधबार दिउसो ११ बजे लागुऔषध अफिमसहित दुई जना भारतिय नागरिक पक्राउ गरिएका हुन् । भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री अफिमसहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही होटलको कोठा नम्बर १०५ बाट उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले प्लाष्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको लागुऔषध अफिम २ किलो सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ । लागुऔषधसहति पक्रा...
उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २६ उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–३ मोतिगडा चौकबाट त्रिनपा–३ भुल्के निबासी ३७ वर्षीय सहिद मिया पक्राउ परेको हो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटेका विशेष प्रहरी टोलीले मियालाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनको साथबाट नाइट्राजिपाम १५१ ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल र डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल नगद १५ हजार ४ सय र मोबाईल १ थान फेला पारेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका मियामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै

चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै

समाचार
पूर्णपुष्टि,फागुन २६ सुदूरपश्चिम तथा गण्डकी प्रदेश आसपासका भू–भागहरूमा मेघगर्जन चट्याङ्सहित वर्षा गराउने बादल विकसित भएको छ । यो बादल पूर्वतर्फ सर्ने क्रममा छ । चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै गएकाले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार यसको प्रभाव केही घण्टासम्म मात्रै रहने जनाएको छ । प्रिमनसुन सिजनको बेला अपराह््नपख बादलहरु विकसित हुन्छ र चट्याङ पर्ने, क्षणिक पानी पर्ने महाशाखाले जनाएको छ । चट्याङले क्षति पनि पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा सामान्य बदलीको अवस्था छ । अपराह्नपछि देशका पहाडी भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्टयाङसहित वर्षाको सम्भावना रहेको...
नेप्से परिसूचकमा सामान्य घट्यो

नेप्से परिसूचकमा सामान्य घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २६ आज सेयर बजार परिसूचक नेप्से ३.४ अंकले घटेको छ । दोस्रो बजारमा कारोबार भएका १२ उपसमूहमध्ये ७ वटा सूचक बढे पनि लघुवित्त र जीवन बिमा उपसमूह नेगेटिभ बन्दा बजार झिनो अंकले घटेको छ । यसले बजारलाई ‘पर्ख र हेर’को अवस्थाको संकेत गर्छ । मंगलबारको तुलनामा आज कारोबार रकम ६५ करोडले घटेर ४ अर्ब १० करोडमा सीमित भएको छ । २ सय ५ कम्पनीको ७८ लाख १६ हजार १४ कित्ता सेयर ४६ हजार ९४ पटक दोस्रो बजारमा कारोबार भएको थियो । मंगलबार दोस्रो बजारमा १२ करोड ४८ लाख २४ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री भएको थियो । लगानीकर्ताहरुको खरिद बिक्री चाप बुधबार नेपाल टेलिकम, पूर्वाधार विकास बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमा रह्यो । चन्द्रागिरी हिल्स, नेपाल आइड्रो डेभलपर्स र घलेम्दी हाइड्रो डेभलपर्स कम्पनीका सेयरधनी बजारमा धेरै कमाउने लगानीकर्ता रहे भने रैराङ हाइड्रोपावर, म...