Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

कोरियाले सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने

कोरियाले सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने

समाचार, संसार
पूर्णपुष्टि, फागुन २६  दक्षिण कोरियाले सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गरिदिने भएको छ । कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले वैध र अवैध श्रमिकलाई नछुट्ट्याइ सबैको निःशुल्क कोरोना परीक्षण गर्ने दक्षिण कोरियामा रहेको नेपाली दूतावासले जनाएको छ । परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्थाबारे सोधिने छैन । दक्षिण कोरियामा पछिल्लो समय कोरोना सङ्क्रमण घट्दो क्रममा रहे पनि कोरियामा बसोबास गर्ने विदेशी नागरिकमा भने लगातार रूपमा सङ्क्रमण देखिएको भन्दै मन्त्रालयले दूतावासलाई पत्र लेख्दै कोरियामा रहेका सबै नेपालीलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको जनाईएको छ । दूतावासले कोरियामा कार्यरत सबै श्रमिकलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।...
जाजरकोटमा बर्ड फ्लु फेला

जाजरकोटमा बर्ड फ्लु फेला

समाचार
पूर्णपुष्टि, फागुन २६  जाजरकोटको भेरीमा बर्ड फ्यू देखा परेको छ । भेरी नगरपालिका–३ सियाँलाको किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखा परेको हो । कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ । योसँगै माघयता नेपालमा पाँच पटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको तारकेश्वर–१ मा दुई पटक र ७ नम्बर वडामा एक पटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक पटक बर्ड फ्लु देखिएको थियो । बर्ड फ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाईएको छ । रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट गएको जनाएको छ । बर्ड फ्लु देखिएको क्षेत्रका सम्पूर्ण घरप...
हुण्डी कारोबारी १ जना पक्राउ

हुण्डी कारोबारी १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २६  पर्साबाट एक जना हुण्डी कारोबारी पक्राउ परेको छ । कलैया उपमहानगरपालिका–२३ का ३८ वर्षीय जयराम राउत कुर्मीलाई हुण्डी कारोबार गरेको आरोपमा पक्राउ परेको हो । मंगलबार वीरगञ्ज–६ स्थित माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको सूचनाको आधारमा प्रहरीले कुर्मीलाई पक्राउ गरेको जनाएको छ । ट्रेडर्समा काम गर्ने कुर्मीलाई स्रोत खुल्न नसकेको नेपाली ७ सात लाख ७५ हजार ४ सय ७० रुपैयाँ, भारतीय रुपैयाँ ७ हजार ४ सय तथा उनको साथबाट बब्लु राजको नाममा जारी भएको नगद २ लाख र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजारको चेकसमेत बरामद प्रहरीले जनाएको छ । कुर्मीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । ट्रेडर्सका सञ्चालक हाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित १ पक्राउ

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित १ पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन २६ कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित एक युवा पक्राउ परेको छ । कृष्णपुर नगरपालिका–९ स्थित पिपरीयाबाट २५ वर्षीय संजय रानालाई मेसिनसहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग गरिने मेसिन सहित हिजो राति प्रहरीले पक्राउ गरेको थियो । रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो । साथै उनको पसलबाट १ थान फलामको कैंची, १ हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको १ थान साँचो, १ थान गम, १ सय ५० थान फोटोकपी पेपर, १ थान रङ्गिन फोटोकपी मेसिन, १ थान डेस्कटप कम्प्युटर र १ हजार रुपैयाँ १ थान सक्कली नेपाली नोट प्रह...
आयोगको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको निर्णय

आयोगको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको निर्णय

समाचार
पूर्णपुष्टि, फागुन २६ मंगलबार बसेको निर्वाचन आयोगको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको निर्णय गरेको छ । निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयलाई गराएको हो । आयोगले पठाएको सो पत्र सचिवालयमा दर्ता भइसकेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अलग अलग दल भएको निर्णय गरेको हो। यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु भने सत्तापक्षकै सिटमा बस्ने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने भएका हुन्। आयोगले आगामी दिनमा पुनःएकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐनको परिधिभित्र रही आआफ्ना केन्द्रीय समितिबाट एकीकरण गर्ने  निर्णयसहित एकीकरणपछि बन्ने नयाँ दलको ना...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २६ आज सुनको भाउ बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ८६ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।...
हिमाल आरोहण सुरु

हिमाल आरोहण सुरु

समाचार
पूर्णपुष्टि, फागुन २६  बसन्तु ऋतुमा हिमाल आरोहण गर्न परमिट जारी गर्ने काम शुरु भएको छ । मंगलबार ७ हजार ८ सय ६४ मिटर अग्लो नुप्त्से हिमाल चढ्न एक दलका ४ जना आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । यो यस सिजनको पहिलो अनुमति हो । यसपटक हिमाल आरोहणलाई व्यवस्थित बनाउन एजेन्सीहरुबाट अनलाइनबाट ब्रिफिङ भरिसकेपछि आरोहण अनुमति जारी हुने व्यवस्था मिलाइएको छ । पहिलो आरोहण अनुमतिबाट नेपाल सरकारलाई २ लाख ७९ हजार २ सय ४० रुपैयाँ रोयल्टी समेत संकलन भएको विभागले जनाएको छ । आगामी जेठ पहिलो साताबाट बसन्त ऋतुमा जारी भएका परमिटअनुसार आरोही हिमाल चढिसक्छन् । यो सिजनमा आरोहण तुलनात्मक रुपमा सहज र सुरक्षित हुन्छ । सोहीकारण ठूलो संख्यामा पर्यटक हिमाल चढ्न नेपाल आउने गर्छन् ।...
मानव बेचबिखन गर्ने २ जना पक्राउ

मानव बेचबिखन गर्ने २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २६  मोरङबाट मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जना पक्राउ गरेका छन् । विराटनगर महानगरपालिका–१५ पशुपती टोल बस्ने ३४ वर्षीय काजी तामाङ र १६ नम्बर वडाको दक्षिण बस्ने प्रेमबहादुर मगर पक्राउ परेका हून् । दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर नगरपालिका–१६ दक्षिण गेटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकका दुई जना महिलालाई होटेलमा काम लगाइदिने प्रलोभनमा पारी भारतमा बेच्न लैजान लागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भैईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
श्रीमतीको हत्या आरोपमा पुरुष पक्राउ

श्रीमतीको हत्या आरोपमा पुरुष पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २६ मोरङमा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–५ गौशालाका ४४ वर्षीय विष्णु ऋषिदेवलाई ३३ वर्षीया श्रीमती सावित्री दाहालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । ऋषिदेवले श्रीमती दाहाललाई आइतबार राति कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । विष्णुलाई जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान अघि बढाएको छ । ‘सावित्री आफ्नै घरमा मृत अवस्थामा रहेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोली आइतबार राति ८ बजेतिर घटनास्थल पुगेको थियो । प्रहरी घटना स्थल पुग्दाँ  सावित्रीको नाकबाट रगत बगिरहेको, घाँटीभन्दा तलको भागमा थिचेको डाम तथा अनुहार लगायत शरीरका विभिन्न भागमा चोट र निलडाम रहेको अवस्था शव बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले शव पोष्टमार्ट...
बङ्गलादेशबाट मल वीरगञ्ज आइपुग्यो

बङ्गलादेशबाट मल वीरगञ्ज आइपुग्यो

समाचार
पूर्णपुष्टि,  फागुन २६  बङ्गलादेशबाट खरिद गरिएको २ हजार ५ सय टन रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । पहिलो चरणमा दुई हजार ५ सय टन मल भन्सार आइपुगेको रासायनिक मल खरिदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीले जनाएको छ । रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ । नेपाल सरकार र बङ्गलादेश सरकार (जीटूजी) सम्झौताअनुसारको पहिलो चरणको रासायनिक मल नेपाल आइपुगेको हो । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्येमा पहिलो चरणमा कोलकातामा २२ हजार ५ सय टन रासायनिक मल ल्याइएको कम्पनीले जनाएको छ । कोलकाताबाट मल रेल तथा ट्रकमार्फत नेपालमा ल्याइनेछ । गत बिहीबार कोलकाताबाट ६ ट्रकमा २ सय ५० टन मल विराटनगरका लागि ल्याइएको थियो । यसैगरी आज पुनः रेलमा २ हजार ५सय टन मल नेपालका लागि हिडिसकेको छ । रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर...