Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

दक्षिण एसिया जोड्ने मार्ग विकासका लागी चीनको योजना

दक्षिण एसिया जोड्ने मार्ग विकासका लागी चीनको योजना

समाचार, संसार
पूर्णपुष्टि, फागुन २६  नेपालसँग सिमाना जोडिएको चिनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्नका लागी चिनले योजना सार्वजनिक गरेको छ । चीनले सार्वजनिक गरेको १४औँ पञ्चवर्षीय (२०२१–२०२५) योजना र सन् २०२५ सम्मको दीर्घकालीन योजनामा सो विषय उल्लेख गरिएको छ । चीनको केन्द्र सरकारले तिब्बत र दक्षिण एसियाली जोड्ने ‘एक महत्वपूर्ण प्यासेजवे’को रुपमा विकास गर्न सहयोग गर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । सो योजना चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेसमा प्रस्तुत गरिएको हो । यो मार्ग कसरी विकास गर्ने भन्ने सम्बन्धमा भने चीनले केही पनि बताएको छैन् । दक्षिण एसियामा तिब्बतको सिमाना नेपाल, भारत र भुटानसँग जोडिएको छ । चीनले लामो समयदेखि तिब्बत र नेपाल हुँदै दक्षिण एसियामा आफ्नो मार्केट विस्तार गर्ने नीति लिएको छ । नेपाल र चीनको विचमा बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत सि...
एसईई परीक्षाको तालिका सार्वजनिक

एसईई परीक्षाको तालिका सार्वजनिक

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन २६ राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन हुने परीक्षाको तालिका बोर्डले सार्वजनिक गरेको हो । जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य÷अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ । जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ । २० गते ऐच्छिक गणितको परीक्षा हुने छ । सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म स...
१२ को परीक्षा तालिका सार्वजनिक

१२ को परीक्षा तालिका सार्वजनिक

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन २६ आगामी जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । तालिकाअनुसार पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ । फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो । परीक्षा तालिका...
अमेरिका प्रवेशका लागि १३ देशलाई प्रतिबन्ध फुकुवा

अमेरिका प्रवेशका लागि १३ देशलाई प्रतिबन्ध फुकुवा

समाचार, संसार
पूर्णपुष्टि, फागुन २६ अमेरिकाले १३ देशलाई प्रतिबन्ध फुकुवा गरेको छ । अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् । यसअघि डोनाल्ड ट्रम्प प्रशासनले केही अफ्रिकी देश र धेरैजसो मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका आउने यात्रीलाई प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनले घोषणाा गरेको थियो । पूर्व राष्ट्रपति ट्रम्पको निर्णयलाई उल्ट्याएर जो बाइडेनको प्रशासनले प्रतिबन्ध फुकुवाको घोषणा गरेको हो । सन् २०२० को जनवरी २० भन्दा अघि भिसा दिन अस्वीकार गरेकाहरूलाई फेरि आवेदन दिएर आवेदन शुल्क बुझाउन आग्रह गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यात्रा प्रतिबन्धका कारण ४० हजारभन्दा धेरै मानिसले अमेरिका प्रवेश गर्न पाएका थिएनन् ।...
पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २६ युभेन्टसलाई पछि पार्दै एफसी पोर्टोले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लिगमा गतराति युभेन्टससँग ३–२ ले पराजित भए पनि समग्रमा ४–४ को बराबरी भएपछि पोर्टो अवे गोलका आधारमा अन्तिम ८ मा पुगेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले विजयी भएको पोर्टोले अवे मैदानमा भएको दोस्रो लेगमा ३–२ को हार बेहोरे पनि अवे गोल निर्णायक बन्यो । गतराति घरेलु मैदानमा भएको खेलमा इटालियन क्लब युभेन्टसका लागि चिएसाले ४९ र ६३ औँ मिनेटमा तथा पोर्टोका लागि ओलिभेराले १९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । निर्धारित समयमा युभेन्टसको अघि रहे पनि अवे गोलका आधारमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । ५४ औँ मिनेटमा तारेमी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको पोर्टोका लागि ओलिभेराले ११५ औँ मिनेटमा गोल गरे । ...
नेपालमा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २५ नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार आठ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार नौ सय ८७ पुगेको छ । नेपालमा अहिले आठ सय ७० जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार १२ पुगेको मन्त्रालयले जनाएको छ ।...
ब्याड्मिन्टन खेल सकियो, यी खेलाडीहरु भए विजेता : प्रथम त्रियुगा खेल महाेत्सव

ब्याड्मिन्टन खेल सकियो, यी खेलाडीहरु भए विजेता : प्रथम त्रियुगा खेल महाेत्सव

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २५ । प्रथम त्रियुगा खेलकुद महोत्सव २०७७ मा ब्याड्मिन्टन प्रतियोगितामा खुल्ला मेन्स डबल्सतर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम भएको छ । भेट्रान्सतर्फ दिपक राई र गोविन्द थापाको जोडी प्रथम भयो भने १७ वर्ष मुनिका सिंगल खेलतर्फ सौरभ ठकुरी प्रथम भएको आयोजकले जनाएको छ । दोस्रो स्थानमा खुल्लातर्फ दिपक राई र गोविन्द थापाको जोडी भए । भेट्रान्सतर्फ चित्र थापा र कालुप्रसाद उराव भए भने १७ वर्षमुनिका सिंगलमा प्रतिश राई (बुद्ध) दोस्रो भए । खुल्ला खेलतर्फ तेस्रो स्थान हाँसिल गर्ने दुईजोडीहरुमा बादल खतिवडा र मनोज खड्काको जोडी तथा चित्र थापा र बसन्त कटुवालको जोडी भए । त्यस्तै भेट्रान्सतर्फ दिपक खनाल र लिलाराम पौडेलको जोडी तथा भिमबहादुर दाहाल र सुधिर सुवेदीको जोडी तेस्रो भए । १७ वर्षको मुनिको खेलमा तेस्रो रुमुहाङ राई र अनुप कार्की भए । विजय खेलाडीहरुलाई त्रियुगा नगरपा...
नेप्से २३ अङ्कले घट्यो

नेप्से २३ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २५  आज शेयर बजार परिसूचक नेप्से २३ अङ्कले घटेको छ । होटल, जलविद्युत् र म्युचल फण्डबाहेक अन्य सबै समूहको शेयर घटेपछि नेप्से २३.२२ अङ्कले घटेर २४ सय ६१.८८ विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर झण्डै २२ अङ्कले, व्यापारको ५० अङ्कले, फाइनान्सको साढे चार, निर्जीवन बीमाको एक सय १४, उत्पादनको ८९, अन्यको २०, माइक्रो फाइनान्सको ४७ र जीवन बीमा समूहको शेयर दुई सय एक अङ्कले घटेको छ । कारोबार रकम पाँच अर्ब रुपैयाँमा भन्दा कममा सीमित भयो । दुई सय १० कम्पनीका एक करोड २४ लाख ८२ हजार कित्ता शेयर चार अर्ब ७५ करोड २७ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ६५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो । सर्पोट माइक्रो फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा घटेको छ । समग्र बजार घटे पनि हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो, रैराङ हाइड्रो र युनाइटे...
भक्तपुरमा आगलागी हुँदा १ घर जलेर नष्ट

भक्तपुरमा आगलागी हुँदा १ घर जलेर नष्ट

समाचार
पूर्णपुष्टि, फागुन २५  भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोट बेसीको एक घरमा आगलागी भएको छ । स्थानीय जेष्ठनागरिक पाडासैनी तामाङको दुई तले ढुंगा माटोले बनेको घरमा मंगलबार आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको सक्रियतामा भक्तपुर, काठमाण्डौ, ललितपुरबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बिहान ८ बजेदेखि लागेको आगो बिहान १०ः४५ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब ८ लाख ५४ हजार मूल्य बराबरको धनमानल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने देखिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
त्रिशूलीमा ट्रक खस्दा २ को मृत्यु

त्रिशूलीमा ट्रक खस्दा २ को मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन २५ त्रिशूली नदीमा  सिमेन्ट बोकेको ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ  । मंगलबार बिहान पौने १ बजे बेनिघाट रोराङ गाउँपालिका–१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा ट्रक खस्दा चालक र सहचालको मृत्यु भएको हो । रूपन्देहीबाट काठमाडौं जादैं गरेको ट्रक खस्दा चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको ट्रककै क्याबिनमा थिचिएर मृत्यु भएको हो । क्याबिनमा च्यापिएका उनीहरूको शव प्रहरीले तीन घण्टा लगाएर निकालेको थियो । पोस्टमार्टमको लागि दुबैको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ । घटना के कसरी भएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...