Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन २५ कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको हो । परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड–१९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको बोर्डले जनाएको छ । यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो । मन्त्रिपरिषदको बैठकले शिक्षा नियमावली संशोधन गरेर दुई महिना शैक्षिक सत्र थप गर्ने अधिकार मन्त्रालयलाई दिएको थियो ।...
चितुवाको छालासहित ४ जना पक्राउ

चितुवाको छालासहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २५  काठमाडौंबाट संरक्षित वन्यजन्तुको आखेटोपहारसहित ४ जना पक्राउ परेका छन् । बझाङको जयपृथ्वी नगरपालिका–४ का २४ वर्षीय कृष्णराज उपाध्याय, कैलालीको धनगढी उपमहानगरपालिका–१ का ३२ वर्षीय लोकेन्द्रबहादुर मल्ल, गोरखाको गोरखा नगरपालिका–२ का २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का १९ वर्षीय सुजन बस्नेत  पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौं महानगरपालिका–१४ बल्खुबाट उनीहरुलाई सोमबार नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट एक थान चितुवाको छाला, २ थान हड्डी र ११ थान दाँत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।...
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

समाचार
पूर्णपुष्टि, फागुन २५  चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र एउटा बाघको बच्चा मृत फेला परेको छ । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत कोर क्षेत्र नारायणी नदी कलकत्ता टापुमा ३० वर्षको भाले गैँडा मृत भेटिएको निकुञ्जले जनाएको छ । गैँडा अर्को भाले गैँडासँग जुँधेर मरेको निकुञ्जले जनाएको छ । गैँडाको खाग खुर सुरक्षित छन् । योसहित यस चालू वर्ष चितव राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये २२ वटाको प्राकृतिक र ४ चोरी सिकारीको कारण मृत्यु भएको छ । सरकारले चैत ९ गतेबाट गैँडा गणनम सुरू गर्दैछ । यस्तै निकुञ्जको सौराहा सेक्टर नजिक फागुन २३ गते अन्दाजी ४ वर्षको लिङ्ग पहिचान नभएको बाघको बच्चा मृत भेटिएको छ । निकुन्जको कोर इलाका चपरचुली खहरे खोला क्षेत्रमा पाटे बाघको बच्चा मृत भेटिएको निकुञ्जले जनाएको छ । बाघको प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्ष मृत्यु...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

समाचार
पूर्णपुष्टि, फागुन २५  नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो । बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाईएको छ । बैठकका लागि एमालेमा गइसकेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणिचन्द्र थापालाई पनि बोलाएको छ ।...
हिमाल आरोहणमा जथाभाबी फोटो/भिडिओ खिच्न प्रतिबन्ध

हिमाल आरोहणमा जथाभाबी फोटो/भिडिओ खिच्न प्रतिबन्ध

समाचार
पूर्णपुष्टि, फागुन २५  पर्यटन विभागले सन् २०२१ को हिमाल आरोहण सिजन थप व्यवस्थित बनाउन ११ बुँदे निर्देशन जारी गरेको छ । अब पर्वतारोही दल र दलका सदस्यले सम्बन्धित आरोहण दलका गतिविधिबाहेक अरू फोटो भिडिओ खिच्ने र प्रचारप्रसार गर्न नपाइने भएको छ । आरोहण एजेन्सीका तर्फबाट पर्वतारोहणसम्बन्धी काम गर्नका लागि आधिकारिक व्यक्ति तोकेर पठाउनुपर्नेछ । पर्वतारोहणबाहेक अन्य गतिविधि गर्नुपर्ने भएमा विभागको अनुमति लिनुपर्नेछ । पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले अनलाइन ब्रिफिङ भरेपछि मात्रै अनुमति पाउने जनाईएको छ । अनुमतिपत्र जारी भएको मौसम समाप्त भएको १५ दिनपछि मात्रै आरोहणको प्रमाणपत्र जारी गर्ने काम सुरु हुनेछ । अनलाइन डिब्रिफिङ नभरेकाहरूले प्रमाणपत्र नपाउने विभागले जनाएको छ । आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम अनुमतिपत्र जारी गर्ने समयमा पेस गर्नुपर्नेछ । डिब्रिफिङ हुँदाका बख...
एसइई परीक्षा जेठ १३ देखि सुरु हुने

एसइई परीक्षा जेठ १३ देखि सुरु हुने

शिक्षा, समाचार
पूर्णपुष्टि,फागुन २५ राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसइई परीक्षा जेठ १३ देखि सुरू गर्ने निर्णय भएको बताउनुभएको छ । गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो । यस बर्षको परिक्षा विद्यार्थीको भौतिक रूपमा उपस्थित भएर नै हुनेछ ।...
उदयपुरको किशोरी भक्तपुरमा बलात्कृत

उदयपुरको किशोरी भक्तपुरमा बलात्कृत

समाचार
पूर्णपुष्टि,फागुन २५ उदयपुरको १७ बर्षीया किशोरीलाई भक्तपुर लगी पटक–पटक बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेको छ । सिराहाको धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको हो । उनले किशोरीलाई यही फागुन ११ देखि १४ गतेसम्म मध्यपुरठिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर बलात्कार गरेको आरोप लागेको छ । उदयपुर गाईघाटकी ती किशोरीलाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याई जबर्जस्ती करणी गरेको पीडितले फागुन २१ गते जाहेरी दिएको प्रहरीले जनाएको छ । प्रहरीले चौधरीलाई कौशलटारस्थित कोठाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही अगाडि बढाएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन २५  आज सुनको भाउमा गिरावट आएको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो सुन बजारमा प्रतितोला ८६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । आज चाँदीको भाउ १० रुपैयाँले घटेर १ हजार २ सय ५५ कायम भएको छ । हिजो चाँदी तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।...
जन्ती बोकेको गाडी दुर्घटना

जन्ती बोकेको गाडी दुर्घटना

समाचार
पूर्णपुष्टि, फागुन २५ सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा करिब १२ जना घाइते भएका छन् । बिष्णुपुर गाउँपालिका–१ बाट जन्ती बोकेर गएको गाडी बोदे बर्साइन नगरपालिका–८ काचनतर्फ फर्किने क्रममा बोदे ३ गौरामा आफैं अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो । सगरमाथा डेरीको पर्खालमा ठोक्किएर ना १ ज ८९३८ नम्बरको गाडी दुर्घटना हुदा बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दास गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । यी दुई जनाको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २३ वर्षीय रबिनकुमार दास, ५० वर्षीय राम दास, ३५ वर्षीय शिवकुमार दास, २२ वर्षीय शंकर साह, २५ वर्षीय विजयकुमार यादव, गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरी, ३० वर्षीय जयप्रकाश साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दीपककुमार य...
बाँकेमा आगलागीबाट २२ घर जलेर नष्ट

बाँकेमा आगलागीबाट २२ घर जलेर नष्ट

समाचार
पूर्णपुटि, फागुन २५ बाँकेको नरैनापुरमा आगलागी हुदा २२ घर जेलर नष्ट भएको छ । सोमबार विहान ११ बजे नरैनापुर गाउँपालिका–१ सुइया  दलित बस्तीमा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । मनिजर पासीको कच्ची घरबाट लागेको आगो गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा २ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करोडौँको क्षति भएको प्रहरीले जनाएको छ ।...