Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

लागुऔषध सहित ५ पक्राउ

लागुऔषध सहित ५ पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन २५ मोरङमा लागुऔषध सहित सोमबार पाँच जना पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका–१० स्थितबाट हिजो राती ८ बजे ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थान बस्ने ३४ बर्षीय केशब तामाङ, २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगर रहेका छन् । प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि–बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । तामाङको कोठाबाट डाईजोल्याप थान–१०, लुपिजेसिक थान–७, एभिल थान–१३ र गांजा २०० ग्राम प्रहरीले बरामत गरेको छ । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।...
त्रियुगा खेलकुद महोत्सवमा ब्याड्मिन्टन हुदै, फाईनल आज

त्रियुगा खेलकुद महोत्सवमा ब्याड्मिन्टन हुदै, फाईनल आज

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २५ । प्रथम त्रियुगा खेलकुद महोत्सव २०७७ मा ब्याड्मिन्टन प्रतियोगिता हिजोदेखि सञ्चालन भईरहेको छ । प्रतियोगितामा खुल्ला मेन्स डबल्सतर्फ ३८ जोडीले भाग लिएका छन् । भेट्रान्स तर्फ १४ जोडीले भाग लिएका छन् भने १७ वर्ष मुनिको सिंगल खेलमा ८ जनाले भाग लिएका छन् । हिजोबाट सञ्चालन भएको प्रतियोगिताको अधिकांश खेल हिजो र आज विहानसम्ममा भइसकेका छन् । बाँकी खेलसहित फाईनल खेल आजै सम्पन्न हुने आयोजकले जनाएको छ । त्रियुगा नगरपालिकाको मुख्य आयोजना र जिल्ला ब्याड्मिन्टन संघ उदयपुरको आयोजनामा खेल भइरहेको छ । प्रतियोगिताका विजयी प्रथम, दोस्रो र तेस्रो हुने सबै इभेन्टका खेलाडीहरुलाई नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका सचिव किसन राईले बताउनुभयो । प्रतियोगिताले नगरक्षेत्रको सबै ब्याड्मिन्टन खेलाडीलाई समेटेको छ । साथै खेलमा विभिन्न सर...
कर्णाली नदीमा २ दिदीबहिनीको शव फेला

कर्णाली नदीमा २ दिदीबहिनीको शव फेला

समाचार
पूर्णपुष्टि, फागुन २५  कर्णाली नदीमा दुई दिदीबहिनीको शव फेला परेको छ । हात बाँधिएको अवस्थामा उनीहरुको शव फेला परेको हो । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेको प्रहरीले जनाएको छ । दैलेखको आठबिस नगरपालिका–३ का मानसिंह बडुवालकी १६ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिताको शव हिजो बेलुकी भेटिएको प्रहरीले जनाएको छ । कल्पना र सरितासहित आमा र एक भाइ एक जना बहिनी गरी पाँच जना नै कर्णाली नदी हामफालेको आशंका गरिएको प्रहरीले जनाएको छ । दुई जनाको शव भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको जनाएको छ । आमाले चार जना छोराछोरीलाई लिएर कर्णालीमा हामफालेको आशंका गरिएको छ । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णाली हामफालेका आशंका गरिएको जनाईएको छ । घरायसी झगडाका कारण यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ...
उदयपुरमा श्रमिक महिला दिबस सम्पन्न

उदयपुरमा श्रमिक महिला दिबस सम्पन्न

समाचार
मधुकर थापा  गाइघाट, फागुन २५  नेकपा (क्रान्तिकारी माओबादी)निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले १ नम्बर प्रदेश स्तरिय १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस उदयपुरमा भब्य रुपमा सम्पन्न भएको छ । “बिश्वका उत्पीडित महिलाहरु एक हौं“ भन्ने मुल नाराका साथ सदरमुकाम गाइघाटमा भब्य रुपमा दिवस सम्पन्न  हो । उक्त कार्यक्रमको प्रमुख अतिथी अनेमसंघ(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष अम्बिका रेग्मिले आधा आकाश ढाक्ने महिलाहरुले बिगतमा महिला मुक्ती आन्दोलनको योगदानको चर्चा गर्दै अहिलेको गणतन्त्रले दलाल पुंजिपतिहरुको संरक्षण गरेको र पितृ सतात्मक संस्कारको पृस्ठ पोषण गरेकोले जनगणतन्त्र स्थापनाको लागि अब फेरि महिलाहरुले बलिदानी गर्नु पर्ने बताउनुभयो ।उहांले उक्त कार्यक्रम मा संबोधन गर्दै अहिलेको दलाल संसदिय ब्यबस्थाले महिला मुक्ती नगर्ने, सत्तामोहमा फोहोरी खेल खेल्ने भएकोले यो ब्यबस्थालाइ ढालेर ज...
एमाले र माओवादी केन्द्र ब्युँताउने काम सुरु

एमाले र माओवादी केन्द्र ब्युँताउने काम सुरु

समाचार
पूर्णपुष्टि, फागुन २५  आजदेखि निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ । हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागेको आयोगले जनाएको छ । दुई पार्टीबीच एकतापछि मोरङका पूर्वएमालेका कार्यकर्ता सन्ध्या तिवारीको नेतृत्वमा आयोगमा नेकपा एमाले दर्ता भएको थियो । त्यस्तै गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता भइरहेको छ । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि पत्राचार गर्ने तयारी भएको आयोगले जनाएको छ । २०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । आफूले पहिले नै दर्ता गरिसकेको नाममा फेरि अर्को पार्टी दर्ता भएको भन्दै ऋषिराज कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । यो मुद्दामा सर्वोच्च अदालतले कट्टेलको पक्षमा फैसला गरेपछि एकीकरणअ...
ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

समाचार
धनकुटा, फागुन २५ धनकुटामा ट्याक्टरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सहिदभुमी गाऊपालिका–७ चाम्चा बस्ने ५० बर्षीया मनकुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । सोमबार दिउसो ११ बजे सोही स्थानमा ना ५त १९७१ नम्बरको ट्रयाक्टरले पैदल यात्री राईलाई ठक्कर दिई घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ट्याक्टर नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
युरोपेली सङ्घका सदस्य राष्ट्रले १० करोड खोप पाउने

युरोपेली सङ्घका सदस्य राष्ट्रले १० करोड खोप पाउने

समाचार, संसार
पूर्णपुष्टि, फागुन २५ आगामी अप्रिलदेखि युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले मासिक १० करोड डोज खोप पाउने भएका छन् । सङ्घअन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था भएको युरोपेली सङ्घले जनाएको छ । प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरू ल्याउने तयारी भएको जनाईएको छ । युरोपेली सङ्घले बायोएनटेक, अस्ट्रोजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ । मासिक १० करोड खोप युरोपेली सङ्घका देशहरुमा आउनु आफैँमा ठूलो उपलब्धि भएको जनाईएको छ । युरोपेली सङ्घअन्तर्गत रहेको २७ देशमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।...
नेपालमा थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २४  नेपालमा थप ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टतामा चार हजार तीन सय ९९ जनामा पीसीआर परीक्षण गर्दा ८९ जनामा सङ्क्रमण पुष्टि भएसँगै अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार नौ सय २७ पुगेको छ । अब नेपालमा आठ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा थप एक जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  ...
चौदण्डीगढीका तीन उदीयमान ब्याड्मिन्टन खेलाडीलाई भोजपुरमा सफलता

चौदण्डीगढीका तीन उदीयमान ब्याड्मिन्टन खेलाडीलाई भोजपुरमा सफलता

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २४ । उदयपुरको चौदण्डीगढी नगरपालिकाका तीनजना उदीयमान ब्याड्मिन्टन खेलाडीहरुले भोजपुरमा भएको सत्रवर्ष मुनीको ब्याड्मिन्टन प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेका छन् । गत फागुन १९ देखि २२ गतेसम्म भएको १ नं. प्रदेश स्तरीय अन्डर सेभेन्टिन ब्याड्मिन्टन प्रतियोगितामा विनय चौधरी, रोजी राई र स्मृति राईले तेस्रो स्थान हाँसिल गरेका हुन् । उनीहरुले चौदण्डीगढी नगरपालिकाको तर्फबाट भाग लिएका हुन् । रोजी र स्मृति बेल्टार ब्याड्मिन्टन एकेडेमीबाट प्रशिक्षित खेलाडी हुन् भने विनय सुन्दरपुर ब्याड्मिन्टन क्लवबाट प्रशिक्षित खेलाडी हुन् । प्रशिक्षकसमेत रहेका बेल्टार ब्याड्मिन्टन एकेडेमीका अध्यक्ष भेषराज मगरका अनुसार चौदण्डीगढीका उदीयमान खेलाडीहरुले जिल्ला बाहिर प्रदेश स्तरको प्रतियोगितामा पहिलो पटक भाग लिएका हुन् । पहिलो पटकमै उनीहरुले सफलता हाँसिल गरेका हुन् । ११ जना खेलाडीले भाग लिए...
सांस्कृतिक कार्यक्रम सहित १३ नं वडामा अन्तराष्ट्रिय महिला दिवस भव्य

सांस्कृतिक कार्यक्रम सहित १३ नं वडामा अन्तराष्ट्रिय महिला दिवस भव्य

समाचार
पूर्णपुष्टि, फागुन  १११ औ अन्तराष्ट्रिय महिला दिवस १३ नं वडामा पनि भब्यताका साथ मनाइएको छ । महिला दिवस ( आठ मार्च ) को अवसरमा १३ नं वडाले पनि वडाभित्रका महिलाहरुको प्रतिभाको सम्मान र मुल्याङकन गर्दै भव्य सांस्कृतिक कार्यक्रम सहित सोमवार दिवस मनाएको हो । बिषेश गरी वडाका बिभिन्न क्षेत्रमा रहेका महिला नारीहरुलाई सम्मान तथा कला प्रतिभा प्रदर्शन गरी दिवस मनाइएको छ । सांस्कृतिक कार्यक्रम अन्तर्गत महिला अधिकार बारे बक्तृत्वकला र नृत्य प्रतियोगिता गरिएको छ । वडाभित्रका बिभिन्न विद्यालयबाट नृत्य र वक्तृत्वकलामा  प्रतियोगिताको लागि भाग लिएको छ । कार्यक्रममा ६ जना महिला मजदुर र ४ जना अगुवा महिला कृषकहरुलाई सम्मान पनि गरिएको छ । महिलाको हकमा मजदुर र कृषिमा उदाहरणीय काम गरेको भन्दै कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको हो । कार्यक्रमको उद्घाटन प्रदेश सांसद तथा प्रमुख अतिथि सुनिता चौधरी वडा अध...