सास फेर्न गाह्रो भएमा संक्रमितले यी कुराहरु अपनाउनुहोस् ।
पूर्णपुष्टि, बैशाख १७
कोरोनाले श्वासप्रश्वासमा समस्या पार्दै अन्तिममा मान्छेको ज्यान पनि लिन सक्ने भएकाले आफुलाई बलियो बनाउन श्वासप्रश्वासलाई निकै ध्यान दिन जरुरी छ । अस्पतालमा आइसीयू बेड र अक्सिजनको कमीका कारण बिरामीको अवस्था नाजुक छ । यस अवस्थामा स्वास्थ्य अधिकारीले मानिसहरुलाई घरमा नै बसेर उपचार गराउन सल्लाह दिइरहेका छन् ।
डाक्टरले सास फेर्न समस्या हुँदा अस्पताल आइहाल्न आवश्यक नभएको बताइरहेका छन् । यदि अक्सीमिटरमा अक्सिजनको स्तर लगातार ९० भन्दा मुनी देखिएको छ भने मात्रै अस्पताल जान डाक्टरहरुको सल्लाह छ । यसका साथै जसलाई सास फेर्न समस्या भइरहेको छ, उनीहरुले केही विशेष कुरालाई ध्यानमा राख्न आवश्यक छ ।
यी कुराहरुबाट परै रहनुस ।
वेबएमडीको एक रिपोर्ट अनुसार शरीरमा अक्सिजनको कमी हुँदा ग्यास स्टोभ, मैनबत्ती, बिजुली वा ग्यास हिटरजस्ता चिजबाट ५ फिट टाढै रहनु पर्ने डाक्टरहरु सुझाउँछन्...









