Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा आज ८ जनामा काेराेना पुष्टि, पछिल्लाे समय संक्रमितकाे संख्य ३१ मध्ये १ काे मृत्यु

उदयपुरमा आज ८ जनामा काेराेना पुष्टि, पछिल्लाे समय संक्रमितकाे संख्य ३१ मध्ये १ काे मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १७ । आज उदयपुरमा ८ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । ७ जना त्रियुगा नगरपालिकाका रहेका छन् भने १ जना चाैदण्डिगढी नगरपालिकाका हुन् । जिल्ला हस्पिटल उदयपुरमा परिक्षण हुँदा एक महिलासहित ८ जना संक्रमित पुष्टि भएकाे सुरक्षा स्राेतले जनाएकाे छ । याे संगै उदयपुरमा पछिल्लाे समय १४ महिलासहित ३१ जनामा काेराेना देखिएकाे छ । जसमध्ये १ जनाकाे मृत्यु भएकाे छ । त्रिनपा ६ की एक महिलाकाे गत ५ गते विराटनगरमा मृत्यु भएकाे थियाे । हिजाे र आजमा दुईजना निकाे भएका छन् । चाैदण्डिगढीकी एक महिला र त्रियुगाकी एक महिला गरि दुईजना निकाे भएका हुन् । संक्रमित मध्ये त्रिनपाकाे सबैभन्दा बढि छन् । त्रिनपाका २० जना, चाैदण्डिगढीका ५ जना, कटारीका ४ र बेलकाका १ जना हुन् । पछिल्लाे समय परिक्षण थालिएसंगै संक्रमितकाे संख्या बढेकाे हाे । स्थानीय प्रशासनले विद्यालय बन्द गराउनुका साथै उच्च सतर्कता अपना...
१६ नं वडामा बिउबिजन तथा कृषि सामाग्री वितरण

१६ नं वडामा बिउबिजन तथा कृषि सामाग्री वितरण

समाचार
पूर्णपुष्टि, बैशाख १७ १३ नं वडाले वडामा रहेका व्यवसायीक कृषकहरुलाई थप टेवा पुराउने भन्दै बिउबिजन तथा कृषि सामाग्रीहरु सुक्रबार वितरण गरेको छ । वडामा रहेका कृषकहरुलाई आत्मानिर्भर तर्फ उन्मुख गर्ने र वडाले प्रदान गरेको सेवा सुविधालाई उदहरणीय कृषकको रुपमा स्थापित गर्न कृषि सामाग्री तथा बिउबिजनको वितरण गरिएको वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो । खेति प्रबद्र्धन लागि तरकारीको बीउ, प्लास्टिक टनेल, मल्चिङ र पाइप वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो । कृषकहरुले सामान पाएपछि थप कृषि पेशामा आबद्ध हुन जाँगर चलेको बताएको छ । उनिहरुले करेसाबारीमा सिमत तरकारी खेतीलाई व्यवसायीक खेती गरी आत्मनिर्भर तर्फ उन्मुख हुने बताएको छ ।  ...
मध्यरातिबाट बिराटनगरमा निषेधाज्ञा सुरु

मध्यरातिबाट बिराटनगरमा निषेधाज्ञा सुरु

समाचार
पूर्णपुष्टि, बैशाख १७ बिराटनगर शनिवार रातिबाट निषधाज्ञा सुरु हुने भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राति ८ बजेदेखि बिहान ५ बजेसम्म कोही पनि घर बाहिर निस्किन नपाउने बताए । ‘अत्यावश्यक सेवा बाहेकका सवारी साधन चलाउन पाइने छैन,’ उनले भने, ‘दैनिक उपभोग्य सामग्री र निर्माण सामग्रीको पसल बिहान ८ बजेदेखि १० बजेसम्म २ घण्टा खोल्न पाइने छ ।’ जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगर, जहदा, बुढीगंगा र कटहरीको वडा १ देखि ४ सम्ममा शनिबार मध्यरातिदेखि एक हप्तासम्म निषेधाज्ञा लगाएको छ । महानगरमा दैनिक संक्रमितको संख्या बढ्दै गएकोले जिल्ला संकट व्यवस्थापन समिति बैठकको निर्णयले निषेधाज्ञा लगाउन बाध्य भएको पोखरेलले बताए । महानगरमा दैनिक संक्रमित थपिँदै गए पनि सर्वसाधारणले बजारमा भीडभाड गर्न नरोकिएको, विवाह, ब्रतबन्ध जस्ता सार्वजनिक कार्यक्रम नरोकिएकाले समितिले...
उदयपुरमा थप २ जना संक्रमित थपियो, भोलीबाट ब्युटिपार्लर  र शैलुन बन्द

उदयपुरमा थप २ जना संक्रमित थपियो, भोलीबाट ब्युटिपार्लर र शैलुन बन्द

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ उदयपुरमा थप २ जना कोरोना संक्रमित थपिएका छन् । आज दिउँसो ४ बजे सम्मको अबधिमा त्रियुगा नगरपालिका १० र ११ का २ जना नयाँ संक्रमित पुष्टि सहित ८ जना भएको हो । आजकै दिन ६ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।  यसैगरी उदयपुरमा शुक्रबार ८ जना कोरोना संक्रमित थपिए संगै जिल्लामा कोरोना संक्रमितको संख्या २५ जना पुगेको स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरञ्जिबी निरौलाले जानकारी दिनुभयो । संक्रमति सबै पुरुष रहेका छन भने हाल सबै होम आइसोलेसनमा रहेका छन । ब्युटि पार्लर शैलुन बन्द गरिने  जिल्लामा पनि संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले शनिबार देखि लागुहुने गरी शैलुन र व्यटिपार्लर बन्द हुने सूचना प्रकाशित गरेको छ । अर्को आदेश जारी नभए सम्मका लागि प्रशासनले भोली बाटै पार्लर तथा शैलुन तत्काल बन्द गर्ने निर्णय गर...
संघिय सांसद सुरेश कुमार राईलाई कोरोना संक्रमण

संघिय सांसद सुरेश कुमार राईलाई कोरोना संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ संघिय सांसद सुरेश कुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले आफ्नो फेसबुक स्टाटसमा  आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।कोरोना पोजेटिभ पुष्टि पोजेटिभ भयो, केहि दिनमा सघन उपचारमा रहने छु । सम्पर्कमा केहि असुविधा हुने छ । साथि मित्रजनहरुमा क्षमा माग्न चाहान्छु उहाँले स्टाटसमा लेख्नु भएको छ । कोरोना पुष्टि भएको सांसद राईलाई सम्पूर्ण आफन्तजन, सुभचिन्तक, कार्यकर्ता सबैले स्वास्थ्यलाभको कामना गरेको छ ।  ...
जिल्ला प्रशासन कार्यालय उदयपुरको एक अधिकृतलाई कोरोना संक्रमण पुष्टि

जिल्ला प्रशासन कार्यालय उदयपुरको एक अधिकृतलाई कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ जिल्ला प्रशासन कार्यालय उदयपुरका एक अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको एन्टिजेन टेष्टबाट उनिलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै उनी होम आईसोलेसनमा बसेका छन् । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले खासै त्यस्तो लक्षण नदेखिएकाले कार्यालयकै क्वाटरमा एक्लै सुरक्षितसाथ बसेको बतानुभयो ।‘दुई/ तीन दिन अघिदेखि कोरोनाको जस्तो लक्षण देखिएपछि अधिकृत कार्यालयबाट बिदा लिई कोठामा नै बस्दै आएका थिए,  ‘स्वास्थ्यमा सामान्य समस्या भएपछि आफै जोगिएर बसेकाले अन्य कर्मचारीलाई खासै समस्या होला जस्तो नलागेको  सेढाईले बतानुभयो । कोरोना संक्रमणको जोखिम बढे सँगै जिल्लामा पनि स्वास्थ्य कार्यालयले पिसिआर र एन्टेजिनको माध्यमबाट कोरोना परिक्षणको कामलाई अघी सारेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।  ...
बिरामी थाम्नै मुस्किल भएसक्यो, मृत्यु देख्दा सारै नराम्रो लाग्छ : डा. प्रतिज्ञा आचार्य

बिरामी थाम्नै मुस्किल भएसक्यो, मृत्यु देख्दा सारै नराम्रो लाग्छ : डा. प्रतिज्ञा आचार्य

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १६ डा. प्रतिज्ञा आचार्य ७ महिना देखि नेपालगन्जको भेरी अस्पतालमा कार्यरत छिन् । उनि भेरी अस्पतालका मेडिकल अफिसरको रुपमा कार्यरत महिला डाक्टर हुन् । उनि यहि कोरोना उपचारमै खटिन भेरी अस्पताल नेपालगन्ज आएकी हुन् । कोरोना संक्रमणको अवस्था तिब्र बढिरहेकाले अहिले भेरी अस्पतालमा प्यासेन्टहरु भरिभराउ छ । हालै अन्य ठाउँहरुमा सुविधा सम्पन्न प्रविधिमय कोरोना हस्पिटलहरु नबन्दा भेरी अस्पताल गम्भिर बिरामीको उपचारको केन्द्र नै बनेको छ । यहाँ पनि बिरामीको चाप सँगै बिभिन्न प्रविधि, जनशक्ति जस्ता समस्याले संक्रमितहरुलाई सरल सुविधा सहितको उपचार दिन नसकिरहेको हुँदा आफु निकै दुखिद रहेको उनि बताउँछिन् । दिनदिनै बिरामीको चाप बढे पछि सबैलाई सहज उपचार दिन सकिँदैन पहिलो चरण्का कोरोनामा भन्दा यो दोस्रो चरणमा धेरै प्यासेन्टहरु हस्पिटल भर्ना भएको छन् । त्यो पनि निकै सिरियस भएपछि अन्य हस्...
सुनको भाउमा आज पनि भारी गिरावट

सुनको भाउमा आज पनि भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १७ सुनको भाउ दिनहु जसो घट्ने क्रम जारी छ । आज पनि तोलाको ९ सयले सुनको भाउ घटेको छ । कोभिडको दोस्रो लहरका कारण अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटको असर नेपाली बजारमा पर्दा सुनको मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावाल सुनको प्रतितोला भाउ ८९ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार छापावल सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ४५० रुपैयाँ कायम भएको छ भने चाँदीको प्रतितोला मूल्य २० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १३१५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको खरिद बिक्री मूल्य १२९५ रुपैयाँ प्रतितोला तोकिएको छ ।  ...
उदयपुरमा पनि थपिए ६ संक्रमित

उदयपुरमा पनि थपिए ६ संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ दोस्रो चरणको कारोना लहर सँगै पछिल्लो समय उदयपुरमा पनि ६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यलयका अनुसार एन्टिजिन विधिबाट ४ जना र पिसिआर बिधिबाट २ जना गरी ६ जना संक्रमित जिल्लामा थपिएको जनाएको छ ।बिहीबार दिउँसो कार्यालय परिषरमा एन्टिजिन विधीबाट ११ जनाको स्वाव परीक्षण गर्दा रौतामाई गाउँपालिका वडानं ५ का ६८ बर्षिय, त्रियुगा नगरपालिका ८ का ३३ बर्षिय पुरुष र त्रिनपा ६ का २६ र २८ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।यता ५ जनाको पिसिआर टेष्ट गर्दा २ जना पुष्टि भएको छ । यो सँगै जिल्लामा दोस्रोचरणको कोराना भाइरसको लहरबाट संक्रमित हुनेको संख्या बीस पुगेको छ । हालसम्म संक्रिय संक्रमितको संख्या १७ रहेको छ । स्थानीय तहसँगको समन्वयमा ९ जना होम आईसोलेसन र ८ जना क्वारेन्टिनमा बसेका छन् । ...
आईसियु बेड अभावले वार्डमै संक्रमितको मृत्यु

आईसियु बेड अभावले वार्डमै संक्रमितको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख १७ आईसियु अभावमा लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै एक संक्रमितले ज्यान गुमाएको छ । आईसियु बेड खाली नभएपछि वार्डमै बिरामीको मृत्यु भएको हो । कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा बिरामीहरुले चरम मुत्यु बेहोरी रहेको अवस्था छ । इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएको उनको शुक्रबार बिहान ९ः२८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो । वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसीयू बेड खाली नहुँदा उनी २४ घण्टादेखि इमर्जेन्सी वार्डमै बेडको प्रतिक्षामा थिए । तर बेड खाली नहँुदै उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देही कोरोना संक्रमितको मृत्यु हुने संख्या १८८ पुगेको छ । गएको २४ घण्टामा मात्र...