Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

लिम्चुङबुङ दोस्रो ट्रेल  रेसमा पुरुष तर्फ रिजन राई प्रथम, महिला तर्फ मनिषा राई

लिम्चुङबुङ दोस्रो ट्रेल रेसमा पुरुष तर्फ रिजन राई प्रथम, महिला तर्फ मनिषा राई

खेलकुद, लिम्चुङबुङ डायरी, समाचार
  पूर्णपुष्टि, बैशाख १६ लिम्चुङबुङ दोस्रो ट्रेल  रेस पुरुष र महिला तर्फको उपाधी रिजन राई र मनिषा राईले जितेको छ । पालिकाको ८६ जना सहभागी प्रतियोगिहरु मध्यको रेसमा १६ किमीको ट्रेल रेस एक घण्टा २९ मिनेटमा पार गर्दै पुरुष तर्फको उपाधि रिजन राईले हात पारेका हुन् । यता महिला तर्फको उपाधिका लागि मनिषा राईले दुई घण्टा एक मिनेट खर्चेर पहिलो स्थान प्राप्त गरिन् ।पुरुष तर्फको दोस्रो बाराहाका अर्जुन खत्री भए । भने बलम्ताका तुफान राई तेस्रो भए । खत्रीले एक घण्टा ३० मिनेटमा र तुफानले एक घण्टा ३३ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो र तेस्रो स्थान सुरक्षित गरे । महिला तर्फको दोस्र स्थान प्राप्त गर्ने बलम्ताकै केसुका राई रहेकिछिन् भने जातेका रमिला राई तेस्रो भइन् । केसुका राईले दुई घण्टा पाँच मिनेट र रमिला राईले दुई घण्टा ११ मिनेटमा १६ किमी पार गर्दै दोस्रो र तेस्रो स्थानलाई सुरक्षित गरिन् ।प...
राज्यबाट दिईने सुविधा नपाएकाे उद्यमीहरुकाे गुनासाे

राज्यबाट दिईने सुविधा नपाएकाे उद्यमीहरुकाे गुनासाे

आर्थिक, समाचार
पूर्णपुष्टि, वैशाख १६ । घरेलु तथा उद्याेगी, उद्यमीहरुले राज्यबाट छुट्याइएकाे सुविधा पाउन नसकेकाे गुनासाे गरेका छन् । नेपाल घरेलु तथा साना उद्याेग महासंघ, उदयपुरकाे बैठक तथा भेलाका सहभागिहरुले यस्ताे गुनासाे गरेका हुन् । स्थानीय, प्रदेश र केन्द्रिय सरकार तथा विभिन्न वित्तिय क्षेत्रबाट उद्यमीहरुकाे नाममा छुट्याएकाे सुविधा पाउन नसक्ने, केहि उद्यमीले पाउदा पनि झन्जटिलाे प्रक्रिया रहेकाे उनिहरुले बताए । बैंकहरुले महिला उद्यमीहरुलाई विनाधिताे सहुलियत रिण दिने भनेपनि चाहेजस्ताे पाउन नसकेकाे उनीहरुकाे भनाई छ । स्थानीय सरकारले उद्यम क्षेत्रकाे नारा बनाए पनि व्यवहारमा प्रतिवद्ध नरहेकाे गुनासाे आएकाे छ । उद्यमी एकता र हक, अधिकार प्राप्तीमा डटेर लाग्ने प्रतिवद्धता सहभागिहरुले गरेका छन् । महासंघकाे प्रदेश सदस्य प्रदिप गिरीकाे उपस्थिति तथा जिल्ला अध्यक्ष मधुकर थापाकाे अध्यक्षतामा कार्यक्रम भएकाे ह...
भारतमा कोरोना भयावह, एकैदिन ३६ सय कोरोना संक्रमितको मृत्यु

भारतमा कोरोना भयावह, एकैदिन ३६ सय कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १६ भारत यतिवेला विश्कै कोरोना हस्पट देश बन्न पुगेको छ । त्यहाँ एकै दिनमा ३६ सयको हाराहारीमा संक्रमितहरुको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमितहरुको संङख्या अन्य देशहरुमा उत्ति बढेको नसुनिएको अवस्थामा भारतमा भने दैनिक संक्रमित र मृत्युको खबरले दुखित बनाइरहेको छ ।छिमेकी देश समेत रहेको भारतको कोरोना बिकरलले नेपालमा पनि ठुलो त्रास छाएको छ । पहिलो चरणको कोरोना भाईरसको लहरमा यति धेरै संक्रमित नभएपनि दोस्रो लहरको कोरोना भाइरस महामारीको लहरका कारण भारतको अवस्था दिन प्रति दिन अति भयावह बन्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा त्यहाँ कोरोनाका कारण ३ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या एक करोड ८३ लाख ७६ हजार नाघेको ...
आईसियु सारिएको संक्रमित ३ दिन सम्म पनि क्लिनिकमै बस्न बाध्य

आईसियु सारिएको संक्रमित ३ दिन सम्म पनि क्लिनिकमै बस्न बाध्य

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १६ नेपालमा कोरोना उपचारमा थप चुनौति थपिँदै गएको छ । संक्रमितहरुको उच्च बृद्धि भईरहँदा उपचारमा सहज उपचारको लागि थप समस्या देखिन थालेको हो । बिरामी बढ्दै गएपछि प्रविधि, जनशक्ति, भौतिक सामाग्रि जस्ता बिभिन्न समस्याले बिरामीहरुले सहज उपचार पाउन सकिरहेको छैन् । बेड अभावका कारण बुटवलमा एक संक्रमितले हस्पिटलमा उपचार पाएनन् । सामान्य अवस्थामा रहेको विरामी थप समस्या आएपछि उनलाई आईसियु लैजान भनेका थिए । गत शुक्रबारदेखि कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा बेड खाली नभएपछि गम्भीर लामिछाने संक्रमित आफ्नो दिदिलाई तीन दिन घरमै लगेर राखे । सुरूका एक दुई दिन खासै समस्या नदेखिए पनि चौथो दिनदेखि उनको स्वास्थ्य गम्भीर बन्दै गयो । स्वास फेर्न गाह्रो भएपछि गम्भीरले गत मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल ल्याइपु¥याएका थिए । शुक्रबार ९० रहेको उनको अक्सिजन लेबल मंगलबार अस्पताल ल्याइ...
सक्रमितको मृत्यदर बढ्दो, बाँकेमा एकै दिन ८ संक्रमितको ज्यान गयो

सक्रमितको मृत्यदर बढ्दो, बाँकेमा एकै दिन ८ संक्रमितको ज्यान गयो

Breaking News 1
पूर्णपुष्टि, बैशाख १६ नेपालको कोरोना हस्पट भन्दै गएको बाँके जिल्लामा थप ८ जना संक्रमितले एकै दिन ज्यान गुमाएको छ । यो सँगै बाँकेमा कोरोना बाट ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको बाँकेका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।५८ वर्षीय पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति ८ः५५ बजे मृत्यु भएको हो । यसैगरी ४३ वर्षीया महिलाको बुधबार संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो । यसैगरी भेरी अस्पताल नेपालगञ्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७...
करेन्ट लागी १ जनाको मृत्यु

करेन्ट लागी १ जनाको मृत्यु

समाचार
उदयपुर बैशाख, १६ सुनसरी इटहरी १२ खनार का २८ बर्षीय साजन  सरदारको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिनको २ बजे सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका सरदारको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा सोही दिनको साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।  ...
चट्याङमा परी १ जनाको ज्यान गयो

चट्याङमा परी १ जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि बैशाख, १६  चट्याङ लागेर तेह्रथुममा एक जनाको मुत्यु भएको छ । तेह्रथुम आठराइ गाऊपालिका ४ कालिपाका ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको हो । बुधवार बेलुका सँवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी  अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।  ...
लागूऔषध सहित ३ जना पक्राउ

लागूऔषध सहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख १६  बुधवार बेलुका मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकाश थापा र केराबारी १० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् । धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई ६ आमबारी चो कबाट NITRAVET-10 ५४ क्याप्सुल, Tramadol - ९८ क्याप्सुल, SPASPAIN- १४ क्याप्सुल र  ब्राउन सुगर २९० मिलीग्राम सहित पक्राउ  गरेको छ भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितमा राईलाई लागूऔषध एभिल १० एम्पुल र डाईजाल्याब ९ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।  ...
उदयपुरमा पोखरीमा डुवेर एक जनाको मृत्यु

उदयपुरमा पोखरीमा डुवेर एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख १६ पोखरीमा डुवेर बगाहामा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ४ बगाहा नवदिप टोलमा मामा घर बस्दै आएका १५ बर्षिय बिवेक ढकालको बुधबार स्थानीय एक पोखरीमा डुवेर मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।पौडी खेल्छु भन्दै हिडेका ढकाल साँझ अबेर सम्म नआईसकेपछि खोजतलासमा आफन्त परिवार लागि परेका थिए । छिमेकी र निजको माईजु टिका बि.क ले खोजतलास गर्दै जाने क्रममा पोखरीको छेउमा निजको कपडा र चप्पल फेला परेपछि उनिहरुले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीलाई फोन आए लगत्तै अस्थाई प्रहरी पोष्ट बगाहाको टोली घटना स्थल पठाइएको थियो । प्रहरीको सक्रियतामा खोजतलास गर्ने क्रममा पोखरीमा डुबेर ढकाल मृत्यु अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि उदयपुर प्रहरी नायव उपरिक्षक समेतको टोलीलाई खटि अनुसन्धान तथा कानुनी प्रक्रियाको पश्चात शव पोष्टमार्टमको लागि जिल...
११ नं. वडा प्राेफायल बनाउने बारे अन्तरक्रिया

११ नं. वडा प्राेफायल बनाउने बारे अन्तरक्रिया

समाचार
पूर्णपुष्टि, बैशाख १६ । त्रियुगा नगरपालिका ११ ले वडा प्राेफायल बनाउन अन्तरक्रिया आज गरेकाे छ । वडाले एउटा राम्राे प्राेफायल बनाउन अन्तरक्रिया गरेकाे हाे । अन्तरक्रियामा विज्ञ तथा जानकारहरुसंग प्राेफायलकाे बारेमा छलफल भयाे । वडा गतिविधि सञ्चालनका लागि प्राेफायलकाे आवश्यकता रहने भएपछि प्राेफायल बनाउने प्रकिया अघि बढाएकाे वडाध्यक्ष विश्वराज भट्टराईले बताउनुभयाे । प्राेफायल राम्राे बनाउन समय र स्राेत पर्याप्त दिनुपर्ने र राम्राे बनमउनु पर्ने सुझाव आएकाे छ । थप अन्तरक्रिया र विज्ञ छलफलका साथ काम अगाडि बढाउने भएकाे छ । कार्यक्रम हाेटल काेहबरमा भयाे ।...