Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

भारतमा २४ घण्टा भित्र ३ लाख ७९ हजारभन्दा बढी सङ्क्रमित थपिए

भारतमा २४ घण्टा भित्र ३ लाख ७९ हजारभन्दा बढी सङ्क्रमित थपिए

समाचार
पुर्णपुष्टि, बैशाख १६ भारतमा अहिले कोरोना भाइरसको सङ्क्रमण भयानक भएको छ । गएको २४ घण्टा भित्र ३ लाख ७९ हजारभन्दा धेरै मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । यस २४ घण्टामा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । माहाराष्ट्रमा करिब एक हजार मानिसले आफ्नो ज्यान गुमाईसकेको छ । भारतको राजधानी दिल्लीमा २४ घण्टाभित्र करिब २६ हजार मानिसमा कोरोना संक्रमण भेटिएको भारतीय मिडियाले जनाएको छ । १७ हजार भन्दा बढी कोरोना संक्रमित पश्चिम बंगालममा मात्रै भटिएको छ । अहिले सम्म भारतमा कोरोनाको कारण मृत्यु हुने मानिसको संख्या २ लाख भन्दा बढिको मृत्यु भईसकेको छ । भारतमा हाल अहिलकोे कोरोना संक्रमितको संख्या १ करोड ३ लाख ६ हनार भन्दा बढि रहेको भारतीय संञ्चारमाध्यमले जनाएको छ ।...
खोटाङबाट धरान तर्फ आउँदै गरेको सुमो उदयपुरमा दुर्घटना

खोटाङबाट धरान तर्फ आउँदै गरेको सुमो उदयपुरमा दुर्घटना

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १५ खोटाङबाट धरानतर्फ  आउँदै गरेको सुमो आज उदयपुरको फोक्सिन्टारमा दुर्घटना भएको छ । उदयपुरको रौतामाई गाउँपालिका ५ घुम्नेमा अचानक ब्रेक फेल भई दुर्घटना हुँदा सुमो चालक सहित ८ जना घाइृते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । खोटाङ बाट गाईघाट हुँदै धरान तर्फ आउँदै गरेको ज ३०२७ नं को सुमो दुर्घटना हुँदा सुमोमा सवार चालक सुनसरीका रामधुनि नपा ३ बस्ने ४० बर्षिय रामकुमार खत्रि सहित ८ जना घाईते भएको गौतमले जाकारी दिनुभयो । घाईते १ जनालाई न्युरो हस्पिटल रेफर गरिएकको छ भने अन्य घाईतेहरुको  जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उता खोटाङ प्रहरीले पनि घटना स्थल तर्फ आफ््नो टोली पठाएको जनाएको छ । अस्थाई प्रहरी चौकी भडारेघाटबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिम...
सातमहिने बालको आगोमा जलेर ज्यान गयोे

सातमहिने बालको आगोमा जलेर ज्यान गयोे

समाचार
पूणर्पुष्टि,वैशाख १५ आगोमा जलेर एक सातमहिने बालकको ज्यान गएको छ । महोत्तरीको पिपरा गाउँपालिका-५ का श्रवण यादवका सातमहिने छोरा आकाशकुमार यादवको आगोमा जलेर ज्यान गएको हो । मंगलबार राति ९ बजेतिर श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक सुतिरहेको बेला ओछ्यान नजिकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किएको थियो । आगोले शरीरको दाहिने भाग जलेर बालक गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।...
चौदण्डीका २० स्थानीय युवाहरुलाई निशुल्क ड्राईभिङ, लाईसेन्स समेत उपलब्ध गराउने

चौदण्डीका २० स्थानीय युवाहरुलाई निशुल्क ड्राईभिङ, लाईसेन्स समेत उपलब्ध गराउने

समाचार
पूणर्पुष्टि, बैशाख १५ २० जना स्थानीय युवाहरुलाई चौदण्डीगढी नगरपालिकाले निशुल्क ड्राईभिङ तालिम दिने भएको छ । आर्थिक वर्ष ०७७/७८ को विनियोजित वजेटबाट लक्षीत समूहका आदिवासी जनजाति युवाहरुलाई चारचक्के (भेन) चलाउने तालिम दिन लागिएको हो । आदीवासी जनजाति नगर समितिको आयोजनामा १ महिनासम्म सञ्चालन हुने तालिमको ७ नं. वडाका अध्यक्ष तेजराज तिम्सिना र ८ नं. वडाका कार्यवाहक अध्यक्ष गडुलमान विकद्वारा संयुक्तरुपमा बुधबार विहान पशु हटिया स्थित तालिमको  उद्घाटन गरेका हुन् । पहिलो चरणमा १० जना महिलाहरुलाई अटो (टेम्पु) चलाउन तालिम दिइएको थियो भने गत वर्ष २० जना युवाहरुलाई ट्याक्टर चलाक बनाइ लाइलेन्स प्राप्त बनाईएको थियो । सो सीप सिकेर उनिहरुले अहिले जीवीको पार्जन गरिरहेको जनाएको छ । प्रत्येक वडाबाट २/२ जनालाई  सहभागि गराइएको छ । तालिममा सहभागीहरुलाई सवारीको अनुमति पत्र (लाइसेन्स)समेत उपलब्ध गराइनेछ...
उदयपुरगढी बाट गाईघाटतर्फ आउँदै गरेको बुलेरो नागबेलीमा दुर्घटना, १ जनाको मृत्यु अन्य १३ जना घाईते

उदयपुरगढी बाट गाईघाटतर्फ आउँदै गरेको बुलेरो नागबेलीमा दुर्घटना, १ जनाको मृत्यु अन्य १३ जना घाईते

समाचार
पूणर्पुष्टि,वैशाख १५ उदयपुरमा आज दिउँसो भएको बोलेरो दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गस्थित उदयपुरगढी गाउँपालिकाको चियाबारी नजिकै नागबेलीमा आज दिउँसो १.३० बजेतिर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् । उदयपुरगढीबाट गाईघाट आइरहेको स १ च ९३९ नम्बरको बोलेरो पिकअप भ्यान दुर्घटना भएको हो । दुर्घटनामा परी उदयपुरगढी -१ ब्वाँसेका करिव ३५ वर्षका शिव खत्रीको मृत्यु भएको छ । कटुवालहरुको गाईघाटमा भव्य हुने देवालीमा सहभागी हुन आएको बोलेरोमा सवार खत्रीको निधन भएको हो, अन्य घाईतेहरुको थप उपचारको लागि ६ जनालाई न्युरो पठाइएको छ भने बाँकी घाईतेहरुको जिल्ला हस्पिटल उदयपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।...
कोभिड-१९ संक्रमण रोक्न झापाका सबै स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन बनाउने निणर्य

कोभिड-१९ संक्रमण रोक्न झापाका सबै स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन बनाउने निणर्य

समाचार, स्वास्थ्य
पूणर्पुष्टि,वैशाख १५ विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट बच्नका निम्ती प्रदेश १ को झापा जिल्लामा पूर्व तयारी गर्ने निणर्य भएको छ । जिल्लाका सबै स्थानीय तहमा कम्तिमा १ सय बेड क्षमताको क्वारेन्टिन र ५० बेड क्षमताका अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरिने निणर्य भएको हो । एक साताभित्रै सबै स्थानीय तहले ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिम्सिनाले जानकारी दिनुभयो । अहिले झापामा १ सय ९३ बेड क्षमताको आइसोलेसन वार्ड सञ्चालनमा छ । प्रजिअ तिम्सिनाका अनुसार रोकथामको प्रयास स्वरूप सीमा नाकामा थप सुरक्षा व्यवस्था कडाइ गर्ने, अत्यावश्यक कामबिना नेपाल भारत आवतजावत बन्द गर्ने काम पनि भइरहेको छ । तिम्सिनाकाअनुसार जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रण र व्यवस्थापनका लागि डीसीसीएमसीको बैठकले काँकरभिट्टा न...
सुनको भाउमा भारी गिरावट

सुनको भाउमा भारी गिरावट

आर्थिक, समाचार
पूणर्पुष्टि, वैशाख १५ सुनको भाउमा आज भारी गिरावट भएको छ । हिजो ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार पाँच सयमा झरेको छ । आज सुन तोलामा एकैपल्ट सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँ कायम भएको महासंघले जनाएकोे छ ।...
७० जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमण, संक्रमित स्वास्थ्यकर्मीबाटै अन्य संक्रमितलाई उपचार

७० जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमण, संक्रमित स्वास्थ्यकर्मीबाटै अन्य संक्रमितलाई उपचार

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १५ भेरी अस्पतालका ७० स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन् । भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालमा कोरोना संक्रमित बढ्दै जाँदा जन शक्तिको भने प्रचुर अभाव रहेको डा. राजन पाण्डेले बताउनुभयो । पाण्डेले सातै जना चिकित्सकहरु इमेरजेन्सीमा कार्यरत रहेको जनाउनुभयो । यता बेडको पनि समस्या रहेको छ । करिब २ सयको हाराहारीमा कोरोना संक्रमितहरुका लागि बेड निर्माण गरिएको छ । सामान्य विरामीहरुको त अस्पतालले भर्ना नै लिएको छैन् । बिरामीले बेड नपाइरहेको अवस्थामा चिकित्सकले अस्पतालमा बस्ने कुरा भएन, डा. पाण्डेले भन्नुभयो । अस्पतालमा हाल ४ सय जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । सामाग्रीहरु खासै अभाव नरहेपनि जनशक्ति भने निर्क अभाव भएको अस्पतलाका प्रमुख डा.प्रकाश थापाले बताउनुभयो । ‘महामारी स...
प्रतिबन्धित औषधीसहित २ जना पक्राउ

प्रतिबन्धित औषधीसहित २ जना पक्राउ

समाचार
णर्पुष्टि,वैशाख १५ मोरङ उर्लाबारी नगरपालिका-४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उर्लाबारी-४ का २१ वर्षीय सागर तामाङ् र सोही स्थानका १७ वर्षीय दिपेश राजवंशीलाई पक्राउ गरेको हो । मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०० चक्की र डिकोलिक -१०० चक्कीसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लबारीले जनाएको छ ।...
लिफ्टमा चेपिएर एक जनाको ज्यान गयो

लिफ्टमा चेपिएर एक जनाको ज्यान गयो

समाचार
पूणर्पुष्टि,वैशाख १५ सुनसरीमा लिफ्टमा चेपिएर एकजना मजदुरको ज्यान गएको छ । दुहबी नगरपालिका-८ फुटानी चोक स्थितमा रहेको पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुर का १९ बर्वाीय रुपेश कुमारको लिफ्टमा चेपिएर ज्यान गएको हो । मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर कुमार ज्यान गएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...