Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

नोवेलमा २ संक्रमितको मृत्यु

नोवेलमा २ संक्रमितको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख १५ बिराटनगरको नोवेल हस्पिटलमा २ कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो । उनलाई निमोनियाको पुरानै समस्या थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो । यसैगरी झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए ।  ...
कोरोना भाईरस व्यवस्थापनबारे गाईघाटमा गरिएको जिल्ला बैठकमा यस्तो आयो निर्णय

कोरोना भाईरस व्यवस्थापनबारे गाईघाटमा गरिएको जिल्ला बैठकमा यस्तो आयो निर्णय

समाचार
पूर्णपुष्टि, बैशाख १४ मुलुकभरी नै कोरोनाले आतङक मच्चाईरहेको अवस्थामा उदयपुरमा पनि त्रास फैलिएको छ । गत बर्षको तुलनामा यो बर्ष कोरोनाले ठुलो रुप लिन सक्ने आम मानिसमा संङका उत्पन्न भएको छ । कोरोना व्यवस्थापन तथा रोकथामको बिषयलाई लिएर जिल्लामा पनि आज बिभिन्न निर्णयका साथ बैठक बसेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले जिल्ला प्रमुख अधिकारी तुलसीराम सेढाईको अध्यक्षतामा कोरोना रोकथाम तथा व्यवस्थापनबारे जिल्लाको सम्बन्धित सबै निकायहरुको उपस्थितिमा निर्णय सहितको आपत्तकालिकन छलफल भएको हो । बैठकले बिभिन्न ४ बुदामा निर्णय गरेको छ । बिषेशगरी हाल संञ्चालनमै रहेको शैक्षिक क्षेत्रहरुलाई पूर्ण ठप्प पार्ने जनाएको छ । २०७८÷०१÷१३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार अर्को आदेश नआएसम्मलाई शैक्षिक संगठनका गतिविधी तथा सबै खाले परिक्षाहरु स्थगित गर्ने निर्णय उल्लेख भएको छ । यसैगरी जिल्ला...
उदयपुरमा कोरोनाप्रति कडाई, सम्पूर्ण विद्याल बन्द गर्ने निर्णय

उदयपुरमा कोरोनाप्रति कडाई, सम्पूर्ण विद्याल बन्द गर्ने निर्णय

शिक्षा, समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख १४ जिल्ला प्रशासन कार्यालयमा आज (मङ्गलबार) बसेको बैठमा जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईको अध्यक्षतामा बसिएको बैठकमा जिल्ला भित्र सञ्चालन हुने परिक्षा छिटो गराई पठनपाठको कार्यलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने निर्णय भएको छ । कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएकोमा २०७८ वैशाख १३ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार अर्को निर्णय नआउनजेल सम्मका लागि जिल्ला भित्रका सम्पूर्ण विद्यालय तथा शिक्षालयहरुका पठनपाठ तथा परिक्षा कार्यक्रम हाललाई स्थगित गर्न निर्णय गरिएको हो । त्यसैगरी जिल्ला भित्रका शंकास्पद बिरामीहरुको स्वाव परिक्षण र एन्टिजेन टेस्ट परिक्षण गर्ने कार्य जिल्ला स्वास्थ्य कार्यालयको समन्वयन तथा प्राविधिक सहयोगमा सवै पालिकाले तत्काल सुरु गर्न निर्णय गरिएको जिल्ला समन्वयन समितिका प्रमुख खड्ग बह...
जनगणना कार्य विना अवरोध सञ्चाल गर्न गृह मन्त्रालयको आग्रह

जनगणना कार्य विना अवरोध सञ्चाल गर्न गृह मन्त्रालयको आग्रह

समाचार
पूर्णपुष्टि,वैशाख १४ राष्ट्रिय जनगरणना २०७८ विना अवरोध सुचारु गर्न गृह मन्त्रालयले एक सुचना जारी गरेको छ । मन्त्रालयले कोरोना भाईरस कोभिड–१९ बाट बच्न सुरक्षा मापदण्ड पालना गरी जनगणना कार्य सञ्चालन गर्न आग्रह गरेको हो । राष्ट्रिय जनगणना २०७८ को स्थलगत तथ्याङ्क संकलनको लागी ७ प्रदेश र ८० जिल्ला जनगणना कार्यालय स्थापना भई तयारीको कार्य भईरहेको छ । स्थलगत तथ्याङ्क संकलन अन्र्तगत घर तथा घरपरिवारलाई सुचिकरण कार्य २०७८ वैशाख २६ देखि जेष्ठ १४ सम्म र मुख्य गणना कार्य २०७८ जेष्ठ २५ देखि आषाढ ८ गते सम्म सञ्चालन हुने मन्त्रालयको सुचनामा उल्लेख छ । जनगणना कार्यका लागी देशभर सवै जिल्लामा यही वैशाख १६ देखि २२ सम्म सुपरिवेक्षको तालिम तथा जेष्ठ १७ देखि २२ सम्म गणकको तालिम हुने छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले स्वास्थ्य मापदण्ड पा...
काठमाडौंमा बैकिङ कसूर मुद्दामा दोषी ठहर भएका दुईजना पक्राउ

काठमाडौंमा बैकिङ कसूर मुद्दामा दोषी ठहर भएका दुईजना पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख १४ बैकिङ कसूर मुद्दामा दोषी ठहर भइ फरार रहेका दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौँ–१० बानेश्वरका ५० वर्षीय कैलाश प्रसाद श्रेष्ठ र काठमाडौँ चन्द्रागिरी–१० का ३३ वर्षीय नारायण अचार्यलाई पक्राउ गरेको हो । दुवैजना बैकिङ कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसूरदार ठहर भइ फरार रहेकाले श्रेष्ठलाई सिनामंगलबाट र अचार्यलाई गुर्जुधाराबाट सिआईबीले पक्राउ गरेको छ ।...
राजकुरमार रावले ‘मोनिका, ओ माई डार्लिङ्ग’ फिल्मका लागी लिए १५ करोड

राजकुरमार रावले ‘मोनिका, ओ माई डार्लिङ्ग’ फिल्मका लागी लिए १५ करोड

मनोरञ्जन, समाचार
पुर्णपुष्टि , बैशाख १४ श्रीराम राघवनको नयाँ चलचित्र ‘मोनिका, ओ माई डार्लिङ्ग’मा बलिउडका नायक राजकुमार राव र नायिका हुमा कुरेसी काम गर्दैछन् । नेटफ्क्लिसले निर्माण गर्दै गरेको यस चलचित्रमा राजकुमारले महंगो पारिश्रमिक लिएको भारतीय मिडियाले जनाएको छ । यस चलचित्रमा काम गर्नको लागी उनले १५ करोड पारिश्रमिक लिएको भारतीय मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । राजकुमार बलिउडको सफल कलकारको रुपमा अगाडि बढ्दै आएका छन् । उनले अभिनय गरेका चलचित्रहरुको व्यापारिक सफलता मात्र नभएर उनको अभिनयको पनि निकै चर्चा हुने गरेको छ । त्यसै कारणले गर्दा पनि उनले महंगो पारिश्रमिक लिएका हुन् । सन् २०१० मा बलिउडमा डेब्यू गरेसँगै राजकुमार लामो रेशमा निस्केको घोडा जस्तै देखिएका छन् । नेटफ्क्लिसले नै निर्माण गर्दै गरेको नयाँ चलचित्र ‘दि वाइट टाइगर’मा पनि उनले काम गरिरहेका छन् । बलिउडमा उत्कृष्ट कथावस्तुमा काम गर्ने नायकको रुपमा...
विराटनगरको एक हार्डवेयर गोदामभित्र पेस्तोल बरामद, कामदार पक्राउ

विराटनगरको एक हार्डवेयर गोदामभित्र पेस्तोल बरामद, कामदार पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख १४ विराटनगर महानगरपालिका–७ स्थित आर.एम. टे«डर्स हार्डवेयर गोदामभित्र प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ । प्रहरीले गोदाममा कार्यरत्त सुनसरीको इटहरी उप–महानगरपालिका–१७ का २३ वर्षीय सुजित साहलाई पेस्तोल बरामद भएसंगै पक्राउ गरेको हो । वरुण धाडेवाको घरको सटर भाडामा लिएर राजकुमार रौनियारले सञ्चालन गरेको हार्डवेयर पसलको गोदामभित्र कटुवा पेस्तोल र दुई राउण्ड गोली भेटिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रारम्भिक अनुसन्धानबाट उक्त पेस्तोल र गोली ल्याएर राखेको पाइएपछि साहलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उनीविरुद्ध प्रहरीले हातहतियार खरखजना मुद्दा चलाउन सोमबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका साहले आफूले नै ल्याएर पेस्तोल र गोली हार्डवेयरको गोदामभित्र लुकाएर राखेको बताएपछि पक्राउ गरिएको खड्काले बताउनुभयो । भन्सार छली ग...
बाटो खन्दै गरेको स्काभेटर सुख्खा पहिरोमा पुरिदा चालकको ज्यान गयो

बाटो खन्दै गरेको स्काभेटर सुख्खा पहिरोमा पुरिदा चालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, बैशाख १४ बाटो खन्ने क्रममा माथि बाट खसेको सुख्खा पहिरोमा परि स्काभेटर चालकको ज्यान गएको छ । पहिरोमा परि स्काभेटर चालक आइतबार साँझ सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख शविन शाहले जानकारी गराउनुभयो । भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ) मा बाटो खन्ने क्रममा पहिरोले स्काभेटर पुरिएको थियो । घटना स्थलमा पत्ता पाउने बित्तिकै प्रहरी पुगेको भएपनि तत्काल सहज तरिकाले उद्धार गर्न सकिने अवस्था नरहेको शाहाले बताउनुभयो । सडक मर्मत भईरहेको उक्त ठाउँमा कमजोर माटो भएको हुँदा मानिसले नै खन्ने र उपकरणको प्रयोग नगर्ने भनिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । ठेकेदार कम्पनीले उपकरण प्रयोग गरेपछि घटना भएको अध्यक्ष मगरले जानकारी दिनुभयो पहिराले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ...
मास्क वितरण गर्दै जलजले ट्राफिक प्रहरी

मास्क वितरण गर्दै जलजले ट्राफिक प्रहरी

समाचार
पूर्णपुष्टि, बैशाख १४ जलजलेमा पनि मास्क वितरण गरिएको छ । कोरोना माहामारी बढे सँगै बजारमा मास्क विना हिड्ने सर्वसाधरणहरुलाई मास्क वितरण गरिएको हो । जलजले ट्राफिक प्रहरीको सक्रियतामा मास्क वितरण कार्यक्रम भएको हो । हिजो मात्रै गाईघाट बजारको मुख्य चोकहरुमा सर्वसाधरणहरुलाई कोरोना सचेतनाको लागि मास्क वितरण कार्यक्रम गरिएको थियो । प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालकै उपस्थितिमा बजारमा मास्क विना हिड्ने सर्वसाधरणहरुलाई एसपी दाहालले मास्क वितरण गरी मास्क लगाएर हिड्न आग्रह समेत गरेको थियो । जलजलेमा ट्राफिक प्रहरी शंकर लामिछानेको टोलीले सर्वसाधरणहरुलाई मास्क वितरण गर्दै फेरी देखि बाहिर हिड्दा मास्क अनिवार्य लगाउन समेत आग्रह गरे ।  ...
उदयपुरको बेल्टारबाट महिला बेपत्ता, खोजिको लागि परिवारको अपिल

उदयपुरको बेल्टारबाट महिला बेपत्ता, खोजिको लागि परिवारको अपिल

समाचार
पूर्णपुष्टि, बैशाख १३ एक हप्ता देखि बेल्टार बाट बेपत्ता भएकी महिला खोजि गर्न परिवारले सबैमा अपिल गरेको छ । नानीको आमा रहेकी बेपत्ता महिलाले २ बर्षको बच्चा छाडेर बेपत्ता भएको परिवारले जनाएको छ । चौदण्डीगढी नगरपालिका ६ की उमेश बस्नेतकी श्रीमती रुपा बस्नेत आफ्नो नानीलाई छोडेर बेपत्ता भएको श्रीमान उमेश बस्नेतले जानकारी गराउनुभयो । २ बर्षिको कलिलो बच्चा आमा नहुदाको पिडाले आफु निकै पिडा र भावुक भएको श्रीमान उमेशले बताउनुभयो ।नानीले आमा नपाउँदा छटपटी रहेको भन्दै तत्काm सम्बन्धित निकाय लगायत सबैमा श्रीमती खोजी कार्यमा सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो । यदि कसैले फेला पारेको अवस्थामा नजिकैको प्रहरीचौकी वा बेल्टार प्रहरी चौकीमा खबर गर्न अनुरोधग परिवारको छ । साथै ९८१४७०६३३१, ९८०५९३२८६२ र ९८१५७६१०७६ नम्वरमा डाईरेक्ट कट्याक गरी परिवारलाई बुझाउन वा जानकारी गराउन सकिन्छ ।    ...