Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

धरानमा एक कोरोना संक्रमितको ज्यान गयोे

धरानमा एक कोरोना संक्रमितको ज्यान गयोे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख १४ धरारनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । सोमबार राति साढे ९ बजे विराटनगर महानगरपालिका–१५ का ५६ वर्षीय पुरुषको ज्यान गएको हो । मृतक पुरुषलाई नोबेल मेडिकल कलेजले उपचारका लागि धरान रेफर गरेको थियो । उनमा वैशाख ७ गते कोरोना पोजेटिभ देखिएको थियो । ९ वैशाखमा भर्ना भएका पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा ज्यान गएको प्रतिष्ठानले जनाएको छ । अस्पतालकाअनुसार मृतक पुरुषमा मधुमेह र उच्चरक्तचापको समस्या रहेको थियो ।...
सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि,वैशाख १४ आज सुनको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । आज सुन तोलामा १ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य वृद्धि भएकोे छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ कायम भएको महासंघले जनाएको छ । हिजो बजारमा चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।...
निषेधज्ञामा सियर बजार खुल्लै रहने

निषेधज्ञामा सियर बजार खुल्लै रहने

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १४ कोरोना संक्रमणका कारण निषेधज्ञा हुदैँ गर्दा सियर बजार भन्ने खुल्लै रहने भएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । ब्रोकर कार्यालयहरुमा पनि भीडभाड नगर्न र थोरै कर्मचारी राखेर काम गर्न भनिएको छ । गत वर्ष भएको लकडाउनमा भने सेयर बजार ५० दिन बन्द्य भएको थियो । लामो समय बन्द हुँदा लगानीकर्ताहरुको पुँजी होल्ड भएके भन्दै विरोध भएपछि बजार नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सले बजार खुला गरेको थियो ।  ...
उपत्यका बाट घर फर्कने यात्रुको भिड

उपत्यका बाट घर फर्कने यात्रुको भिड

समाचार
 पूर्णपुष्टि, बैशाख १४ केहि समय पहिले यात्रु विहिन ओहोर दोहर गर्ने सवारी साधनहरु अहिले भरिभराउ मात्रै छन्न् सिट पुराउन समेत धौधौ भएको छ । कोरोना माहामारी दोस्रो चरणमा प्रवेश गरेको भन्दै काडमाण्डौँ यहि १६ गते बाट निषेधज्ञा गर्ने निर्णय भैसेको छ । २ दिन सम्म यात्रुलाई फकर्ने समय दिएको सुचना पश्चात यात्रुहरु उपत्यका बाहिरन तछाड मछाड गरिरहेको अवस्थामा छ । गोङगबुको नयाँ बसपार्कमा यात्रुहरुको ठुलो जमात देखिएको छ । नयाँ बसपार्क बाट मुलुकभरका करिब ६५ भन्दा बढी जिल्लाहरुमा यात्रुबाहक सवारी चल्ने नयाँ बसपार्क संञ्चालक ल्होत्से बहुदेश्यि प्रालिले जनाएको छ । यता प्रसस्त सिट नहुँदा यात्रुहरुले गुनासो गरेका छन् । घर जानका लागि टिकट नपाउँदा यात्रुहरुले बिचल्लीत हुने भन्दै गुनासो गरेका हुन् । लामु दुरीको सवारीहरु कम भएकै कारण टिकट प्रसस्त नभएको यात्रुहरुले गुनासो गरे ।     &...
बेड अभावमा संक्रमित युवाको मृत्यु

बेड अभावमा संक्रमित युवाको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख १४ नेपालमा पनि कोरोनाले बिकरल रुप लिन थालेको छ । संक्रमितको संख्या तिव्र बढिरहँदा प्रसस्त उपचारको सेवा, सुविधा र प्रविधि नहुदा बिरामीले ज्यान गुमाउनु परहेको छ । पश्चिम नवलपरासीमा बेड अभावमै एक कोरोना संक्रमित युवाको ज्यान गएको छ । रामग्राम नगरपालिका–९ का ३५ वर्षीय युवकको अस्पतालमा बेड अभावका कारण उचित उपचार नपाउँदा मृत्यु भएको हो । श्वास फेर्न गा¥हो भएपछि उनलाई सोमबार बिहान पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएर सामान्य उपचार सुरू गरिएको थियो । सिरियस केसको बिरामीलाई प्रसस्त प्रविधिमय सेवाबाट उपचार गर्न नपाउँदा विरामीको ज्यान गएको हो । जिल्लामा आइसियु नभएपछि आईसियु भएको हस्पिटलमा उपचार गर्नु पर्ने युवाको बेड अभावका कारण जिल्लाको आईसियु बिहिन अस्पतालमा सामान्य उपचार गरिरहेको अवस्थामा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाले बताउनुभयो ...
सरकारले हवाई उडान तत्कालको लागि नरोक्ने

सरकारले हवाई उडान तत्कालको लागि नरोक्ने

समाचार
पूर्णपुष्टि, बैशाख १४ नेपाल सरकारले हवाई उडानलाई तत्काल नरोक्ने निर्णय गरेको छ । कोरोनाको बढ्दो संक्रमणका कारण नेपालले सतर्कता अपनाउँदै मुलकुको बिभिन्न ९ जिल्लाहरुमा निषेधज्ञा जारी गर्ने तयारी गरिसकेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको  स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनभयो । यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रि सीमा नाकमा कडाइ गर्ने, स्वदेश आएका विदेशी नागरिकलाई पिसिआर पोजेटिभ भएको रिपोर्ट र १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको छ । विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ । कोरोना रोकथामका विषयमा केन्द्रित  बैठकले सीसीएमसीले वैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि यसअघि वैशाख ६ गते सरकारले गरेको निर्णय अनुसार आवश्यक स्वास्थ्य मापदण्ड अपनार...
बजाजको नयाँ बर्ष अफर ः कालिका अटोलिंक गाईघाटमा २ जनालाई पर्यो रु १/१ लाखको भाग्यशाली चिठ्ठा

बजाजको नयाँ बर्ष अफर ः कालिका अटोलिंक गाईघाटमा २ जनालाई पर्यो रु १/१ लाखको भाग्यशाली चिठ्ठा

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १४ बजाज कम्पन्नीले नयाँ बर्षको शुन्य अफर अन्तर्गत २०७७÷०७८ को लागि जारि गरिएको चिठ्ठामा २ जना भाग्यशाली बिजेताले गाईघाटमा रु १÷१ लाख पाएका छन् । कालिका अटों लिक गाईघाटमा बजाज कम्पनीको पल्सर मोटरसाईकल खरिद गर्ने २ जनाले रु १/१ लाखको नगद पाएका हुन् । त्रियुगा नगरपालिका ११ का तारामणी चौधरी र खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका एक बहादुर बुढाथोकीले यहि बैशाख महिनामा बजाजको पल्सर मोटर साईकल खरिद गरेका थिए । चौधरीले २२० सिसिको पल्सर मोटर साईकल र बुढाथोकीले १५० सिसिको पल्सर मोटर साईकल खरिदमा भाग्यशाली चिठ्ठा बाट रु १÷१ लाखको बिजेता बनेको हो । कालिका अटोलिंक गाईघाटका प्रोपाईटर सुनिल ठाकुरले यो अफर यहि बैशाख महिनाभरको लागि रहेको बताउनुभयो । उहाँले नेपालभर बजाज मोटर साईकल खरिदमा रु १० लाख सम्म जित्न सकिने भन्दै मौकाको फाईदा उठाउन ग्राहकहरुमा अनुरोध गरेको छ ।भाग्यशाली दुवै ...
उदयपुरमा ब्राउन सुगर ओसार पसार बढ्यो, आज २ जना पक्राउ

उदयपुरमा ब्राउन सुगर ओसार पसार बढ्यो, आज २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख १३ उदयपुर लागुऔषाध ब्राउन सुगर ओसार पसारमा निकै अघि बढिरहेको छ । दैनिकी जसो ब्राउन सुगर कारोबारीहरु पक्राउ परिरहेको छ । उदयपुर लागुऔषाधको क्षेत्रमा हस्पोटकै रुपमा चिनिन रहेको बेला पछिल्लो समय ब्राउन सुगर कारोवारीहरुको बिगबिग देखिन्छ । बिगतमा ब्राउन सुगरको उत्ति प्रयोग र कारोबारी नदेखिएको उदयपुर अहिले अन्य प्रकारको लागुऔषाध भन्दा बढी ब्राउन सुगर प्रयोगकर्ता र कारोबारीहरु बढेको पाइएको छ । लागुऔषध नियन्त्रणको लागि थुप्रै गतिविधिहरु भएपनि उदयपुर कहिले लागुऔषाध कारोबारमा कम हुन सकेन । सोमवार पनि लागुऔषध ब्राउन सुगर सहित २ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ३ मिलन चोकका करिव ३४ बर्षिय मशिलाल भनिने श्याम कुमार चौधरी र सोहि ठाउँकै करिब ३८ बर्षिय रेवत खातिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरु बाट २ ग्राम ब्राउन सुगर सँ...
लिम्चुङबुङमा आगलागी, घर र गोठ जलेर नष्ट

लिम्चुङबुङमा आगलागी, घर र गोठ जलेर नष्ट

लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, बैशाख १३ आज लिम्चुङबुङमा भएको आगलागीमा घर र गोठ जलेर नष्ट भएको छ । नजिकैको भालुङ सामुदायीक  जंगलमा लागि रहेको डढेलोबाट आगलागी भएको प्रहरीले जनाएको छ । पालिकाको १ नं वडा बुच्कु पुच्छारे बस्ने दल बहादुर राईको घरमा आगलागी हुँदा खाद्यन्न, लत्ता कपडा, नगद सहित गरी ४ लाख बराबरको क्षती पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीको खबर सुन्ने बित्तिकै इलाका प्रहरी कार्यालय लिम्चुङबुङको टोली घटना स्थल तर्फ गई अवस्था बारे बुझ्दा पशु चौपाय र मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।  ...