Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

कोरोनाको त्रास बढे सँगै मास्क लगाउन उदयपुर प्रहरीको आग्रह, कोरोना सचेतनाको लागि मास्क वितरण

कोरोनाको त्रास बढे सँगै मास्क लगाउन उदयपुर प्रहरीको आग्रह, कोरोना सचेतनाको लागि मास्क वितरण

समाचार
पूर्णपुष्टि, बैशाख १३ जिल्ला प्रहरी कार्यालय उदयपुरले मास्क लगाउन सबैमा अनुरोध गरेको छ । पछिल्लो समय बढ्दो संक्रमित र मृत्यु दरलाई ध्यान दिँदै उदयपुरलाई कोरोना बाट जोगाउन प्रहरीले मास्क लगाउन अनुरोध गरेको हो । सोमवार सुरक्षा निकायको नेपाल प्रहरी , ट्राफिक प्रहरी, शसस्त्र प्रहरी र अन्य सम्बन्धित निकायहरु उद्योग बाणिज्य संघ संचाकर्मीहरु सहितको संयुक्त आयोजनामा मास्क विना हिड्नेहरुलाई मास्क वितरणको काम गरेको छ । कोरोना सचेतना जगाउन र कोरोना बाट सजक गराउन मास्को प्रयोग गर्न सबैलाई अनुरोध गर्दै गाईघाट बजारको मेनचोकमा मास्क वितरण गरिएको हो । नेपालभर कोरोनाले उच्च स्थान लिन थालेपछि उदयपुरमा पनि यसको त्रास छाएको छ । कोरोना बाट सजग हुन जिल्लामा पनि सचेतनाको कार्यक्रमहरु सुरु भएको छ । उक्त कार्यक्रममा अनिवार्य मास्कको प्रयोग, काममा मात्रै बाहिर निस्कन अनुरोध, मन्दिर, सपिङ क्षेत्र, भोज भतिया...
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी

समाचार
पूर्णपुष्टि,वैशाख १३ काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा गर्ने तयारी भएको छ । सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने तयारी गरिएको स्रोतले जनाएको छ । खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी तथा सार्वजनिक यातायात पनि बन्द गर्ने भएको छ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाउने तयारी छ । आइतबार कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो ।...
विश्व नेपाली साहित्य सम्मेलन भर्चुअल रुपमा भव्य सम्पन्न

विश्व नेपाली साहित्य सम्मेलन भर्चुअल रुपमा भव्य सम्पन्न

समाचार, साहित्य
 पूर्णपुष्टि बैशाख १३ अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) द्वारा आयोजित विश्व नेपाली साहित्य सम्मेनल भव्यरुपमा सम्पन्न भएको छ । गत शुक्रवार वैशाख १० गते सुरु भएको सम्मेलन ११ र १२ गते गरि तीन दिनसम्म संचालन भएको हो । भर्चुअलरुपमा आयोजना गरिएको सम्मेलनलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्घाटन सत्र, कविका कुरा, कविता विशेष सत्र, लोकसाहित्य विशेष सत्र, गजल विशेष सत्र, महिला विशेष सत्र, मातृभाषा विशेष सत्र, डायस्पोरा विशेष सत्र, आख्यान विशेष सत्र, नेपाली साहित्यको अनुसन्धान विशेष सत्र र  छलफल तथा समापन सत्रगरि ११ ओटा सत्रमा विभाजन गरिएको थियो । पोखरा विश्व विद्धालयका उपकुलपति प्रा.डा प्रेमनारायण अर्यालको प्रमूख आथित्यतामा उद्घाटन सत्र सुरु गरिएको थियो । कार्यक्रममा बिषेश गरी साहित्य सम्बन्धि गतिविधिलाई ध्यानमा गरिएको थियो । साहित्यको बिभिन्न विद्या अन्तर्गत कविका कुरा, कविता विशेष,...
धरानको बीपी प्रतिष्ठान अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

धरानको बीपी प्रतिष्ठान अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख १३ कारोना संक्रमित एक पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा उपचारको क्रममा मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान सवाँ ७ बजे मृत्यु भएको हो । कोरोना संक्रमित पुरुष उच्च रक्तचापका बिरामी ती ४८ वर्षीय पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए । वैशाख १० गते उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उक्त पुरुष उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ ।...
काठमाडौंबाट आईपीएल सट्टेबाजीको आरोपमा ११ जना पक्राउ

काठमाडौंबाट आईपीएल सट्टेबाजीको आरोपमा ११ जना पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख १३ काठमाडौं उपत्यकाबाट भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएकोले प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ ११ जनालाई मुद्दा चलाउने तयारी भईरहेको महाशाखाले जनाएको छ ।...
तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु

तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु

समाचार
पूर्णपुष्टि,वैशाख १३ तनहूँमा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–११ भुस्नापुर स्यानिभञ्ज्याङमा करेन्ट लागेर ५८ वर्षीय युवराज शर्माको आइतबार दिउँसो मृत्यु भएको हो । ग्रामीण सामुदायिक विद्युत उपभोक्ता ढोरफिर्दीका कर्मचारी शर्माको बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।...
पानि परेपछि देशभर गर्मी बढ्दै

पानि परेपछि देशभर गर्मी बढ्दै

समाचार
पुर्णपुष्टि, बैशाख १३ प्रदूषण हराएर आकाश खुल्लाभएसँगै दुई दिनयता गर्मी बढेको  छ । अघिल्लो हप्ता हावाहुरीसहित पानी पर्नाले प्रदूषण र तुवाँलोहराउदै गएपछि गर्मी बढेको छ । मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुँदै तापमान बढ्ने  बताएका छन् । तराईका जिल्लाहरुसँगै काठमाण्डौ र अरु ठाउँमा पनि तापमान बढेको छ । हिजो काठमाण्डौँको तापक्रम ३२ दशमलव ४ डिग्रि  रहेको थियो  । अस्तिको तापक्रम २९ डिग्री सेल्सियस थियो । यस्तै हिजो भैरहवाको तापक्रम ३९, नेपालगञ्जको ३८ दशमलव ३, धनगढीमा ३८ दशमलव २ र सिमरामा ३७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज पनि बिहानैदेखि नै गर्मी भईरहेको छ । आज काठमाण्डौको तापक्रम ३३ डिग्री पुग्न सक्ने अनुमान गरिएको छ । यस्तै दिपायलको तापक्रम ३५ देखि ३७, धनगढीको ३७ देखि ३९, विराटनगरको ३४ देखि ३६, भैरहवाको ३८ देखि ४० र जनकपुरको ३७ देखि ३९ डिग्री सेल्...
विराटनगरको नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

विराटनगरको नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख १३ विराटनगरको नोबेल मेडिकल कलेजमा एकजना कोरोना संक्रमितको ज्यान गएको छ । विराटनगर महानगरपालिका–२ घर भएका ४० वर्षीय पुरुषको उपरचाको क्रममा कोरोना संक्रमणबाट ज्यान गएको हो । ४० वर्षीय पुरुषमा आइतबार कोरोना पुष्टि भएपछि नोबेल मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो । उक्त पुरुषको उपचारका क्रममा आइतबार राति १०ः१५ बजे ज्यान गएको हो । आइसोलेसनमा भर्ना गरिएका ती पुरुषमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको अस्पताले जनाएको छ ।...
९  जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै

९ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै

समाचार, स्वास्थ्य
पुर्णपुष्टि, बैशाख १३ कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय सङ्क्रमित भेटिएमा निषेधाज्ञा लगाउन सिफारिस गरेका छन् । आइतवार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेसँगै काठमाण्डौ उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञा हुन सक्ने सङ्केत देखिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय कटिसकेका छन् । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भेटिएका छन् । काठमाण्डौमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय रहेको छ  ।त्यसपछि बाँकेमा २ हजार ३ सय ३९ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा १ हजार ३ सय १५,  रुपन्देहीमा १ हजार ३ सय १३, मोरङमा पाँच सय ६१, पर्सामा ६ सय ४३, भक्तपुर र कास्कीमा ६ सय १३ तथा दाङमा ५ सय ५७ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्...
लागूऔषध कारोबारीमा संलग्न एक पक्राउ

लागूऔषध कारोबारीमा संलग्न एक पक्राउ

समाचार
पूर्णपुष्टि, वैशाख १३ सुनसरीमा लागुऔषध कारोबारमा संलग्न रहेको एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१६ का २३ वर्षीय निखिल जोशीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । उनले धरान–२ भानुचौक स्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत विक्री बितरण गर्ने गरेको सुचना पाए लगतै आईतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली जोशीको चिया पसलबाट लागूऔषध स्पास्मो प्रोक्सीभोन आर प्लस–६०० ट्याब्लेट बरामद गरेको थियो । बरामद गरिएको लागूऔषधसहित उनलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...