Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

सबै परिक्षाहरु आजदेखी रोकियो

सबै परिक्षाहरु आजदेखी रोकियो

समाचार
पुर्णपुष्टि , बैशाख १३ सरकारले अर्को आदेश नआएसम्मका लागि सबै परीक्षा बन्द गरेका छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । सीसीएमसीको निर्णयसँगै आजका परीक्षा पनि स्थगित गर्ने भएको छ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्दै बढेको कारण परिक्षाहरु स्थगित गरेको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना सङ्क्रमित बढ्यो भने  केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ समेत नहुने चेतावनी दिएको छ ।  । यस्तो संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयले सबैसँग आग्रह गरेका छन् । सबै प्रकारको परिक्षा स्थगित हुँदा एसइइको भने निर्णय हुन बाँकी रहेको प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयका सचिव सिसिएमसी सचिवालयको संयोजक खगराज बरालले बताउनुभयो ।...
आफ्नो मौलिकता र व्यबहारिकता गुमाएको गुनासो

आफ्नो मौलिकता र व्यबहारिकता गुमाएको गुनासो

समाचार
पुर्णपुष्टि, बैशाख १३ गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ६ वर्ष पूरा भईसक्यो । भूकम्पको कारण  आठ हजार नौ सय ७९ जनाको मृत्यु भएको  थियो भने २२ हजार ३ सय ९  जनाा घाइते भएका थिए ।   भूकम्पमा भत्किएका घर पुनर्निर्माणको लागि आठ लाख ११ हजार लाभग्राहीसँग सम्झौता भएकोमा पाँच लाख ९३ हजार बनिसकेका छन्, बाँकी एक लाख ५९ हजार बन्ने क्रममा छन् ।  यस्तै सात हजार पाँच सय ५३ विद्यालय पुननिर्माण गर्नुपर्नेमा ६ हजार दुई सय ४६ वटा विद्यालय पुनर्निर्माण  भइसकेको छ ।   यस्तै नौ सय २०  सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्नुपर्नेमा चार सय ९३ वटा बनिसकेका छन् । यस्तै ११ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८, चार सय १५ वटा सरकारी भवनमध्ये तीन सय ७४, सुरक्षा निकायका दुई सय १६ वटा भवन मध्ये दुई सय १४ वटा बनिसकेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएका छन्  । भूकम्पले ठूलो संख्यामा ...
कोरोना अस्पतालमा आगलागी हुदा ज्यान गुमाउनेको सङ्ख्या ८२ पुग्यो

कोरोना अस्पतालमा आगलागी हुदा ज्यान गुमाउनेको सङ्ख्या ८२ पुग्यो

समाचार, संसार
बैशाख १२ इराकको एक कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको उपचार भइरहेको सघन उपचार कक्षामा आगलागी हुदा ज्यान गुमाउनेको सङ्ख्या ८२ पुगेको छ । राजधानी बग्दादमा रहेको इबन अल–खातिभ अस्पतालमा गतराति भएको आगलागीमा कम्तीमा ८२ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । आगलागीमा परि एक सयभन्दा धेरै घाइते भएका छन् । अक्सिजन सिलिन्डर विस्फोटबाट आगलागी सुरु भएको जनाईएको छ । अस्पतालमा अग्नि नियन्त्रणको व्यवस्था नभएकोले अस्पतालभित्रका अरू प्रज्ज्वलनशील सामानहरूमा आगो तत्कालै सल्किएको जनाईएको छ । धेरैजसो बिरामीलाई अन्यत्र सार्नुपरेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको अस्पतालले जनाएको छ । कतिपयको आगलागीबाट निस्किएको धुवाँले निस्सासिएर ज्यान गएको जर्नाइएको छ । अस्पतालबाट एक सय २० जना बिरामी र उनीहरूका आफन्तमध्ये ९० जनालाई भने सुरक्षित रूपमा बाहिर निकालिएको छ । अस्पतालहरूमा...
नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको ज्यान गयो

नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
बैशाख १२  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट २८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख एक सय १९ पुगेको छ । आज पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । अहिले नेपालमा १९ हजार तीन सय ८२ जना सक्रिय सङ्क्रमित छन् । त्यस्तै थप चार सय ५० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेको छ ।...
नेप्से झण्डै ७६ अङ्कको घट्यो

नेप्से झण्डै ७६ अङ्कको घट्यो

आर्थिक, समाचार
बैशाख १२  आज शेयर बजार परिसूचक नेप्से झण्डै ७६ अङ्कले घटेको छ । सबै समूहको शेयर घटेपछि नेप्से ७५.७९ अङ्कले घटेर २५ सय ७२.२२ विन्दुमा झरेको छ । आइतवार बैंकिङ समूहको शेयर साढे ४२ अङ्कले, विकास बैंक समूहको शेयर ८६ अङ्कले, व्यापारको एक सय १३ अङ्कले, होटल तथा पर्यटनको दुई सय २० अङ्कले, जलविद्युतको एक सय १२, फाइनान्सको ४४, माइक्रो फाइनान्सको एक सय ६० अङ्कले, जीवन बीमाको चार सय ६०, निर्जीवन बीमाको चार सय ४०, उत्पादनको एक सय ३६ र अन्य समूहको शेयर ४७ अङ्कले घटेको छ । आइतवार दुई सय १५ कम्पनीका एक करोड ४६ लाख कित्ता शेयर सात अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ३९ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै सबैभन्दा धेरै चन्द्रागिरि हिल्स र नारायणी विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयर नौ...
नेपालमा थप ३१२२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३१२२ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख १२  नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार एक सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार चार सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा चार सय ५० जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेको छ । त्यस्तै गत २४ घण्टामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।...
बाँके जिल्ला १ हप्ताको लागि लकडाउन

बाँके जिल्ला १ हप्ताको लागि लकडाउन

समाचार
पूर्णपुष्टि, बैशाख १२ नेपालमा फेरी लकडाउन सुरु भएको छ । कोरोनाको उच्च बृद्धिले बिभिन्न ठाउँलाई तहस नहस पार्न थालेको छ । कोरोनाको जोखिम जिल्लाको रुपमा रहेको बाँकेलाई प्रशासनले लकडाउनको घोषणा गरेको छ । १ हप्ताको लागि लकडाउन घोषणा गरे सँगै सोमबार राती १२ बजे देखि लागु हुने गरी लकडाउनको घोषणा गरेको हो । आइतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक कामबाहेक हिँडडुलसमेत गर्न निषेध गरिएको जानकारी गराएका छन् । मास्क, भौतिक दुरीलगायत जनस्वास्थ्यको मापदण्ड पालना गरी उपभोग्य वस्तु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने गरी लकडाउनको घोषणा गरिएको छ । अत्यावश्यक कामका लागि प्रयोग हुने सवारीसाधनबाहेक, पसल, हाटबजार बन्द गरिएको प्रशासनले जनाएको छ । स्वास्थ्य संस्था, शान्ति सुरक्षा, बिजुली, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्था...
भारतमा कोरोना संक्रमणबाट एकै दिन २ हजार ७ सयभन्दा धेरैको ज्यान गयो

भारतमा कोरोना संक्रमणबाट एकै दिन २ हजार ७ सयभन्दा धेरैको ज्यान गयो

समाचार, संसार, स्वास्थ्य
बैशाख १२  भारतमा एकैदिन कोरोना सङ्क्रमणबाट दुई हजार सात सय ६७ जनाको ज्यान गएको छ । भारतमा कोरोनाको दोस्रो लहर फैलिएपछि सघन उपचार कक्ष, औषधि र अक्सिजनको अभावले ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म एक लाख ९२ हजार तीन सयभन्दा धेरै जनाको ज्यान गइसकेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै तीन लाख ४९ हजार ६ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो दुई हप्तामा मात्रै ३० लाख सङ्क्रमित थपिएको जनाईएको छ । भारतमा अहिले अन्तिम संस्कारका लागि शवदाह गर्ने ठाउँमा घण्टौँ पर्खनुपर्ने बाध्यता आएको छ । शवदाह स्थलमा बसेर केही दिन शव गनिरहेका पत्रकारहरूले सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा दशौँ गुणा धेरैको ज्यान गइरहेको बताएका अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । अ...
स्वास्थ्य सुरक्षा पूर्णरुपमा पालना गर्न मन्त्रालयको आग्रह

स्वास्थ्य सुरक्षा पूर्णरुपमा पालना गर्न मन्त्रालयको आग्रह

समाचार, स्वास्थ्य
बैशाख १२  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षा सावधानीका उपाय पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । आज मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मास्कको प्रयोग गर्न र स्वास्थ्य सावधानीका उपाय अपनाउने तर्फ संवेदनशील हुन आग्रह गरेको हो । कोभिड–१९ महामारीसँग जुध्नका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले सक्रियता र समन्वयमा सन्देशहरु प्रवाह गरी सङ्क्रमण रोकथामका भूमिका निर्वाह गरेकोमा मन्त्रालयले धन्यवाद दिदै आगामी दिनमा सञ्चारमाध्यम झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको जनाएको छ । समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न पनि स्वास्थय मन्त्रालयले आग्रह गरेको छ । मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिन पनि आग्र...
बाबुको हत्या आरोपमा छोरा पक्राउ

बाबुको हत्या आरोपमा छोरा पक्राउ

समाचार
पूर्णपुष्टि, वैशाख १२ मकवानपुरमा बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । कैलाश गाउँपालिका–३ कटुञ्जेका ३० वर्षीय अन्जन सापकोटालाई बाबुको हत्या आरोमा प्रहरीले पक्राउ परेको हो । बञ्चरो प्रहार गर्दा बाबुको ज्यान गएको थियो । छोराले बञ्चरो प्रहार गर्दा स्थानीय ५० वर्षीय बलराम सापकोटाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । अन्जनलाई प्रहरीले बञ्चरोसहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...