Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

उच्च ज्वरोका कारण विद्यार्थीको होस्टलमै मृत्यु, अविभाकहरुमा कोरोना त्रास

उच्च ज्वरोका कारण विद्यार्थीको होस्टलमै मृत्यु, अविभाकहरुमा कोरोना त्रास

समाचार
पूर्णपुुष्टि, बैशाख १२ रुपन्देहीको एक विद्यालयको होस्टलमा एक जना विद्यार्थीको उच्च ज्वरोका कारण मृत्यु भएको छ । करिब ८० जना विद्यार्थीहरु बस्दै आएको उक्त होस्टलमा एक जनाको भने ज्वरोका कारण मृत्यु भएको हो । तिलोत्तमा नगरपालिकाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा रहेकी छात्राको उच्च ज्वरोले मृत्यु भएपछि विद्यार्थी र अभिभावकमा कोरोना त्रास छाएको छ ।  कक्षा १० मा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको हो । दुई दिनदेखि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिए पनि विद्यालयले समयमै उपचार नगर्दा घटना भएको अभिभावकको आरोप छ । अन्य विद्यार्थीमा पनि रुघाखोकीको समस्या देखिएको छ । घटनापछि धेरै अभिभावकले छोराछोरी घरमै लगेका छन । स्थानीय प्रशासनले विद्यालय बन्द गर्न निर्देशन दिए पनि नगरपालिकाले वैशाख २० गतेभित्र सबै परीक्षा सम्पन्न गर्न निर्देशन दिँदै परीक्षा...
शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको गोली लागी एकको ज्यान गयो

शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको गोली लागी एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख १२ मोरङमा शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको गोली लागी एकजनाको ज्यान गएको छ । केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त बहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी ज्यान गएको हो । गत वैशाख ८ गते साँझ उनी सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बुसंग शिकार खेल्न गएकोमा वैशाख ९ गते दिउँसो गजेन्द्र र रुबिनले हस्त बहादुरको शिकार खेल्ने क्रममा आफैले चलाएको गोली लागी ज्यान गएको भनि ईलाका प्रहरी कार्यालय केराबारीले खबर पाएको थियो । प्रहरीमा खबर पाएलगतै घटनास्थलमा प्रहरी टोली खटि गई घटनास्थलबाट १ थान भरुवा बन्दुक फेला पारेको थियो । घटना सम्बन्धमा थप बुझ्न ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रमम...
उदयपुरमा ४ वर्षीय बालकको खोलामा डुबेर ज्यान गयो

उदयपुरमा ४ वर्षीय बालकको खोलामा डुबेर ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख १२ उदयपुरको कटारीमा ४ वर्षीय एक बालमो खोलामा डुबेर शनिवार ज्यान गएको छ । कटारी नगरपालिका–७ रतनपुर वस्ने पूर्ण बहादुर मगरको छोरो रितेश कुमार मगरको खोलामा डुवी ज्यान गएको हो । बालक घर देखी १ कि.मि.पश्चिममा रहेको तावा खोलामा नुहाउने क्रममा डुवी रहेको अवस्थामा निजकै साथिहरुले घरमा जानकारी गराईएका थिए । जानकारी पाएलगत्तै खोलाबाट बालकलाई निकाली उपचारको लागी कटारी अस्पतालमा लगि चेकजाँच गराउदा बालकको मृत्यु भई सकेको भन्ने खबर ईलाका प्रहरी कार्यालय कटारीमा प्राप्त भएको थियो । खबर पश्चात ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायव उपरिक्षकसहितको टोली खटी गई कानूनी प्रकृया तथा थप अनुसन्धान कार्य पुरा गरी लास कटारी अस्पतालमा पोष्ट मार्टम पश्चात आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
हेटौँडामा गाडी जोरविजोर प्रणाली लागू

हेटौँडामा गाडी जोरविजोर प्रणाली लागू

समाचार
बैशाख १२  हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिका भित्र चल्ने निजी र सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको हो । हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजदेखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको जनाएको छ । हेटौँडामा कोरोना सङ्क्रमण तीव्ररुपमा बढिरहेको छ । त्यस्तै आजदेखि मकवानपुर भरको पर्यटकीय क्षेत्र पार्क र वनभोजस्थल समेत बन्द गर्ने निर्णय भएको छ । सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जनाईएको छ ।...
प्रदेश १ को केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

प्रदेश १ को केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

समाचार
बैशाख १२  आज पूर्वका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । दिउँसोपछि पूर्वका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमका पहाडी ठाउँहरुमा मौसम आंशिक बद्ली भइरहेको छ भने बाँकी क्षेत्रको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
ओखर खेल्दै गरेका १४ जना पक्राउ

ओखर खेल्दै गरेका १४ जना पक्राउ

समाचार
बैशाख १२ काठमाण्डौमा ओखर खेल्दै गरेका १४ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीबाट ओखर खेल्दै गरेका १४ जनालाई एक लाख ८९ हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । आरुबारीको नाग मन्दिर नजिकै रहेको गंगा लामाको टहरामा ओर खेल्दै गरेका उनीहरुलाई शनिबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाण्डौ उपत्यकामा पछिल्लो समय जुवाको रूपमा ओखर खेल्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ । ७ वा ११ वटा ओखरलाई भुइँमा फालेर जोर कि बिजोर भनेर पैसा बाजी राखेर खेल्ने चिया पसल, चौतारो, चौर तथा टहरामा ओखर खेल्नेहरु बढेको प्रहरीले जनाएको छ ।...
सवारी दुर्घटनामा २ जनाको ज्यान गयो

सवारी दुर्घटनामा २ जनाको ज्यान गयो

समाचार
झापा, बैशाख १२ झापाको विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे  कमल गाऊपालिका–४ सितापुरी चौकमा प्र १–०१–०१२ प १६०२ नम्बरको मोटरसाईकलले स्थानीय ६ बर्षीय बालक निश्चल खड्कालाई ठक्कर दिएको थियो । घाईते बालकको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाकै बिर्तामोड–२ रामचौकमा मे १० प ५५२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा–९ का ३० बर्षीय सुमन थापा र पछाडी सवार अर्जुनधारा–७ की २७ बर्षीया सुसना राई घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएको थियो । घाईते मध्ये सुसनाको उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाईते सुमनको सोही अस्पतालमा उपच...
उदयपुरमा आगलागीबाट घर गोठ जलेर नष्ट

उदयपुरमा आगलागीबाट घर गोठ जलेर नष्ट

समाचार
पूर्णपुष्टि, बैशाख १२ उदयपुरको बेलकामा आगलागी हुदा एक घर गोठ जलेर नष्ट भएको छ । बेलका नगरपालिका–२ शिवालय टोल बस्ने चक्रबहादुर राईको घरमा विद्युतको तार सर्ट भएर शनिबार दिउँसो साढे ३ बजे आगलागी हुदा घर गोठ जलेर नष्ट भएको हो । राईको काठ र जस्ताको छानो भएको दुई तले घर र तेज बहादुर नेपालीको फुसको छानो भएको गोठ पूर्ण रुपले जलेर नष्ट हुदा साढे १६ लाख बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ । भागलपुर प्रहरी चौकीमा घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी टोली खटी गई नेपाल प्रहरी, दकम र स्थानीयको सहयोगमा आगो साढे ५ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय तथा चौपाय क्षती नभएको प्रहरीले जनाएको छ ।...
औलो दिवस मनाईदै

औलो दिवस मनाईदै

समाचार, स्वास्थ्य
बैशाख १२ आज विश्व औलो दिवस मनाईदै छ । ’शून्य औलोको लक्ष्यमा पुग्दैछौँ’ भन्ने मुल नाराका साथ मनाइँदै छ । मलेरिया भनिने औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो अहिले निवारण उन्मुख रहेको सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख्यामा झार्न सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालले सन् २०२५ भित्रै औलो निवारण गर्ने गरी काम गरिरहेको छ । अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा औलोको रोकथाम पनि गर्नु पर्ने चुनौती सरकारसामु देखिएको छ । लामखुट्टेको टोकाइबाट औलो लाग्ने गर्दछ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ । वि...
मुर्कुचीमा जनगणना सचेतना गोष्टी

मुर्कुचीमा जनगणना सचेतना गोष्टी

समाचार
पूर्णपुष्टि, बैशाख ११ उदयपुरमा जनगणना सचेतना धमाधम सुरु भएको छ । यसै क्रममा रौतामाईको मुकृर्चिमा पालिका स्तरीय जनगणना सचेतना गोष्टी शनिवार गरिएको छ । स्थानीय जनगणना कार्यालयको कार्यक्षेत्र भित्र ३ पालिका रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका र लिम्चुङबुङ गाउँपालिका पर्दछ । कार्यक्रममा ३ ओटै पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकिय अधिकृतहरुको भेला सहित गोष्टी गरिएको स्थानीय जनगणना अधिकारी मुकुर्चिका रामबहादुर राईले बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ को अवधारणा, जनगणनाको महत्वबारे जानकारी आदान प्रदान प्रचार प्रसारको पैरवी तथा सहजिकरण गर्ने भन्दै कार्यक्रमको आयोजना गरिएको राईले बताउनभुयो । पालिकाहरु र अन्य क्षेत्रहरु सँग अब हुदै गरेको जनगणनाको बिभिन्न बिषयमा आधारित रहेर छलफल गरिएको छ । आगामी जनगणनाको स्थलगत तथ्यांक संकलनको गुणस्तर अभिवृद्वी, स्थानीय तहका सरोकारवालाहरुको साथ सहयोगको सु...