Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

विराटनगरमा थप २ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

विराटनगरमा थप २ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

समाचार, स्वास्थ्य
वैशाख ११  विराटनगरमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएकोे छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये दुई जनाको ज्यान गएको हो । शनिबार बिहान विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुष र शनिबार बेलुका करिब ५ बजे विराटनगर महानगरपालिका–१७ की ७० वर्षीय महिलाको ज्यान गएको अस्पतालले जनाएको छ । मृतक महिला शुक्रबार कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएको थियो । श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी महिलाको अवस्था गम्भीर थियो । इनरुवामा बस्दै आएका पुरुषलार्ई उपचारका लागि वैशाख ३ गते भर्ना गरिएको थियो । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।...
उदयपरमै पहिलो बेल्टारको जुत्ता सोरुम उद्घाटन

उदयपरमै पहिलो बेल्टारको जुत्ता सोरुम उद्घाटन

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख ११ उदयपुरको चौदण्डीगढी नगरपालिका ६ मा पर्ने बेल्टार बजारको पुष्पलाल चोकको एउटा घरको ३ तला नेपाली ब्राण्डेड ३ कम्पनीका जुत्ताहरु भरिभराउ छन् । उदयपुरको एउटा पुरानो बजार बेल्टार बजार हो । अहिले पनि यसको उतिकै बृद्धि र बिकास भईरहेको हुदा करोड लगानीमा ३ ब्राण्डेड नेपाली कम्पनीका जुत्ताका शोरुमा राखिएको छ । स्थानीय स्तरमा यो लगानीका साथ ठुलो शोरुम खोलिदा एउटा गौरबकै व्यवसाय देखिएको छ । स्थानीय केशव अधिकारी नेतृ्त्वको व्यवसायी समूहले  बेल्टारमा यो कामको थालनी गरेका हुन् । शोरुममा अधिकारी सँगै भोजराज आचार्य र रोमन सुवेदीको समेत साझेदारी रहेको छ । त्यहाँ  शिखर सुज, गोल्डस्टार र क्यालिबर कम्पनीका ब्राण्डेड जुत्ताहरु पाइने छन् । महिला तथा बालबालिकाका जुत्ता चप्पल समेत पाइने छन् ।  शोरुमको आज औपचारिक उद्घाटनभयो । राष्ट्रिय बाणिज्य बैँक बेल्टारका शाखा प्रबन्धक नारायण पण्डितले ...
उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख ११ उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । जिल्ला  प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध  लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत शुक्रबार राती करिब ११ बजे त्रियुगा नगरपालिका वडा नम्बर ८ झोडाबाट लागुऔषधसहित स्थानीय २१ वर्षीय विकास चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । लागुऔषध कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलिले लुपिजेसिक १ एम्पुल, डाईजेल्याव २ एम्पुल, फेनारगन ६ एम्पुल, नोफिन १ एम्पुल, डाईजेपाम ५ एम्पुलसहित चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेको चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
भक्तजन बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु,  २ दर्जन घाईते

भक्तजन बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, २ दर्जन घाईते

समाचार
बैशाख ११  खोटाङमा भक्तजन बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनपुर नगरपालिकाबाट हलेसी दर्शनका लागि गएको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको घटनास्थलमै ज्यान गएको हो भने २२ जना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कने क्रममा भक्तजन बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटे भिरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस अन्दाजी २० मिटर तल सडकमै अड्किएको थियो । दुर्घटनामा परेर २२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । बसमा चालक र सह–चालकसहित ३५ जना सवार थिए । घाइतेलाई उपचारका लागि उदयपुरको कटारी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।...
नेपालमा थप २६१८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २६१८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ११  नेपालमा थप २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९७ हजार ८७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६८ जना निको भएसँगै दुई लाख ७७ हजार एक सय २३ जना निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा १६ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये दुई सय १३ जना आईसीयू र ६९ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । अहिले काठमाण्डौ, प...
नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

समाचार, स्वास्थ्य
बैशाख ११  नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९७ हजार ८७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६८ सहित दुई लाख ७७ हजार एक सय २३ जना निको भएका छन् । अहिले नेपालमा १६ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये दुई सय १३ जना आईसीयू र ६९ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । अहिले काठमाण्डौ, पर्सा, भक्तपुर, ललि...
नेपालले चुम्यो त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि

नेपालले चुम्यो त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि

खेलकुद, समाचार
बैशाख ११ त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधि नेपालले हात पारेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले पछि पार्दै नेपालले उपाधि हात पारेको हो । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । जीतका लागि २ सय ३९ रनको लक्ष्य पाएको नेदरल्याण्डस् १७ ओभर २ बलमा ९६ रनमा समेटियो । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । नेपालका कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले उच्च रन बनाएको हो । भुर्तेल ५३ बलमा ७७ रन बनाएर आउट भए । भुर्तेलले डेब्यु शृङ्खलामा नै चार अर्धशतक बनाएका छन् । कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्याडस्सँगका तीन  खेलमा क्रमशः ७७, ६३ र ६२ तथा मलेसियासँगको दुईमध्ये एउटा खेलमा ६१ रन बनाएका हुन् । त्यस्तै आजको खेलमा कुशल मल्ल २४ बलम...
सत्ता हातमा लिएका म्यानमारका सैनिक प्रमुखको पहिलो विदेश भ्रमण

सत्ता हातमा लिएका म्यानमारका सैनिक प्रमुखको पहिलो विदेश भ्रमण

समाचार, संसार
बैशाख ११ सैन्य ‘कू’ गरेर सत्ता हातमा लिएपछि म्यानमारका सैनिक प्रमुख पहिलोपटक विदेश भ्रमणमा गएको छ । सैनिक प्रमुख जनरल मिन आङ लाइङ शनिबार इन्डोनेशियाको राजधानी जकार्ता गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । गत फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएका सैनिक प्रमुखले अन्तर्राष्ट्रिय नेताहरुसँग पहिलो पटक भेटवार्ता गर्न लागेको हो । इन्डोनेशियामा दक्षिण पूर्वी एसियाली देशहरुको एसोसिएशन आसियनको सम्मेलन हुँदैछ । म्यानमारसहित १० सदस्य देशका नेता तथा विदेशमन्त्रीहरु सामेल हुने सम्मेलनमा म्यानमारको अहिलेको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ । सैनिकले सत्ता लिएयता म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ । सुरक्षाकर्मीको बल प्रयोगका कारण अहिलेसम्म सात सय भन्दा धेरैको ज्यान गएको छ भने हजारौं पक्राउ परेका छन् ।...
धरहरा ढल्दा बाँचेकी रमिलालाई सम्मान

धरहरा ढल्दा बाँचेकी रमिलालाई सम्मान

समाचार
बैशाख ११  धरहरासँगै ढलेर बाँचेकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नु भएको छ । आज धरहराको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले श्रेष्ठलाई सम्मान गर्नु भएको हो । २०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा हुनुहुन्थ्यो । उहाँ धरहरा ढलेसँगै भुइँमा बजारिनु भएको थियो । धरहरासँगै खसेर घाइते भएकाहरुको सु–स्वास्थ्यको कामना गरिएको छ भने ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री ओलीले प्रशंसा पत्र दिनु भएको छ ।...
नयाँ धरहराको उद्घाटन

नयाँ धरहराको उद्घाटन

समाचार
बैशाख ११  आज प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित नयाँ धरहराको उद्घाटन गर्नु भएको छ । धरहराको २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टीकासाथ प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गर्नु भएको हो । धरहराबाट काठमाण्डौ उपत्यकाको अवलोकन पनि गर्नु भएको छ । छ वर्षअघि भूकम्पले ढालेको धरहराको टावर बनाउने काम सम्पन्न भएको छ । भुकम्पले भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनेको छ । नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ । त्यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहराको उद्घाटन भएपनि तत्काल अवलोकन गर्न...