Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

सेतो मच्छिन्द्रनाथको रथयात्रा सकिँदै

सेतो मच्छिन्द्रनाथको रथयात्रा सकिँदै

समाचार
बैशाख ११ आज सेतो मच्छिन्द्रनाथको रथयात्रा सकिँदैछ । मच्छिन्द्रनाथलाई लगनमा रहेको रथबाट निकालेर खटमा राखेर सिन्दुर जात्रासहित जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरमा नै फिर्ता लगेपछि रथयात्रा सकिने चलन रहि आएको छ । आज मूर्तिलाई खतमा राखेर लगनबाट दलाछि, भीमसेनस्थान, मरु हुँदै जनबहालमा रहेको मन्दिरमा लगिनेछ । गत ७ गते जमलको तीनधारा पाठशालाबाट रथ तानेर सुरु भएको जात्रा लगन टोलबाट जनबहालमा मूर्तिलाई फिर्ता लगिएपछि सकिने गर्दछ । गत वर्ष कोरोना महामारीबाट बच्न लकडाउन जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो । त्यसैले रथयात्रालाई क्षमा पूजामा मात्र सीमित गरिएको थियो । यसवर्ष स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर रथजात्रा सञ्चालन गरिएको हो । सेतो मच्छिन्द्रनाथको विधिपूर्वक पूजाआजा गरे देशमा सहकाल आउँछ भन्ने मान्यता रहि आएको छ ।...
गोताखोर टोलीद्धारा दहमा डुबेर बेपत्ता भएका मगरको शव निकालियो

गोताखोर टोलीद्धारा दहमा डुबेर बेपत्ता भएका मगरको शव निकालियो

समाचार
पूर्णपुष्टि, बैशाख ११ उदयपुरको उदयपुरगढी गाउँपालिकाको बलान खोलाको दहमा डुबेर बेपत्ता भएको एक जनाको शव आज निकालिएको छ । सशस्त्र प्रहरी बल नं.५ गण हेक्वा उदयपुरका प्रमुख एसपी सुधिर सुवेदीको नेतृत्वमा गएको प्रदेश नं.१ क्षेत्रिय सशस्त्र प्रहरी बल नं.१ बाहिनी डिएमटी तालिम प्राप्त गोताखोर टोलीले शनिबार (आज) विहान दह भित्र अड्किएको अवस्थामा शव फेला पारी निकालिएको सशस्त्र प्रहरीले जनाएको छ । माछा मार्ने क्रममा शुक्रबार दिउँसो खोलाको दहमा डुबेर बेपत्ता भएको उदयपुरगढी गाउँपालिका–७ का ४२ वर्षीय हेमबहादुर बुर्जा मगरको शव नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको प्रहरीले जनाएको छ । दह निकै गहिरो र केही वस्तुमा अड्किएकाले शुक्रबार शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ । शव आफन्तको जिम्मा लगाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरको तोपराज ब्याटल राउण्ड पार गर्दै भ्वाइसको नक आउटमा प्रवेश

उदयपुरको तोपराज ब्याटल राउण्ड पार गर्दै भ्वाइसको नक आउटमा प्रवेश

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख ११ उदयपुरको तोपराज भ्वाईसको नकआउटमा प्रवेश गरेको छ । नैपालकै चर्चित र्यालिटि सो द भ्वाईस अफ नेपालमा उदयपुरका प्रतिस्पर्धि तोपराज राईले ब्याट राण्ड पार गर्दै नकआउट चरणमा प्रवेश गरेको हो  । शुक्रबार देखि सुरु भएको ब्याटल राउण्डमा आफ्नो बेस्ट प्रस्तुति दिएर कोचको मन जित्न सफल भएपछि उनले नक आउटको यात्रा तय गरेको हो । कोच तिर्सनाको टिममा रहेको तोपराजको ब्याटल सोहि टिमका अर्को प्रतिस्पर्धि सन्देस सिटाउला सँग परेको थियो । उनिहरु दुवैले निकै राम्रो प्रस्तुति दिएको थियो । तर कार्यक्रमको नियम अनुसार नक आउटमा एक जनालाई मात्र लिएर जानु पर्ने भएकोले तिर्सनाले तोपराजलाई छानेको थियो । अन्य कोचहरु राजु र दिपले तोपराजको प्रस्तुति मन पराएको थियो भने प्रमोदले सन्देशको प्रस्तुतिलाई मन पराएको थियो । उदयपुरबाट हाल भ्वाईसमा २ जना सहभागी छन् । उदयपुर बेलका नगरपालिका बाट शोभा तामाङ र तो...
उदयपुरमा १ बाँस गहिरो पानीमा डुवेर एक जनाको ज्यान गयो, अड्किएको लाश प्रहरीले निकाल्दै

उदयपुरमा १ बाँस गहिरो पानीमा डुवेर एक जनाको ज्यान गयो, अड्किएको लाश प्रहरीले निकाल्दै

समाचार
पूर्णपुष्टि, बैशाख ११ माछा मार्ने क्रममा उदयपुरमा एक जनाको खोलामा डुवेर ज्यान गएको छ । उदयपुरगढी गाउँपालिका स्थित वलान खोलामा माछा मार्ने क्रममा शुक्रबार खोलामा डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ ।पालिकाको वढा नं ७ का ४२ बर्षका हेम बहादुर बुर्जा माउले भन्ने व्यक्ति हिजो दिउँसो डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी गराउनुभयो ।गौतमका अनुसार निकै गहिरो पानीमा डुवेको र पानी भित्र केहि वस्तुमा अड्किएको कारण हिजो ला*श निकाल्न नसकेको बताउनुभयो । हिजो प्रयास गर्दा पनि समस्या भएको र आज नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले लाश निकाल्ने काम गरिरहेको उहाँले बताउनुभयो ।    ...
उत्तराखण्डमा हिमताल फुट्यो

उत्तराखण्डमा हिमताल फुट्यो

समाचार, संसार
बैशाख ११  भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोली जिल्लामा रहेको हिमताल फुटेको उत्तराखण्ड सरकारलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । हिमतल फुटेको ठाउँकाबारेमा जानकारी संकलन गर्ने काम भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । खराब मौसमका कारण सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना लिन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । आधिकारिक पुष्टि नभएसम्मका लागि धैर्य राख्न र अफवाहको पछि नलाग्न प्रहरीले आग्रह गरेको छ । यस क्षेत्रमा आवादी कम भएकाले क्षति कम हुने आकलन गरिएको छ । यसअघि गत फागुनमा उत्तराखण्डमा हिमताल फुट्दा आएको बाढीमा परेर ५० जनाको ज्यान गएको थियो  ।...
पाथीभरा मन्दिर दर्शनमा रोक

पाथीभरा मन्दिर दर्शनमा रोक

समाचार
बैशाख ११ कोरोना महामारी तिब्र रुपले बढ्न थालेपछि ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनमा रोक लगाइने भएको छ । आगामी बैशाख मसान्तसम्म मन्दिर बन्द हुने भएको हो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखि मन्दिर दर्शनमा रोक लगाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । मन्दिर दर्शनका लागि धेरै भक्तजन बाहिरी जिल्लाबाट आउने भएकाले कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले मन्दिरमा जाने भक्तजनलाई आवतजावतमा रोक लगाइने भएको जनाइएको छ  । गत वैशाख ७ गते नै भएको र आजदेखि कडाइका साथ लागू गरिने प्रशासनले जनाएको छ ।...
भारतमा एकैदिन झण्डै साढे ३ लाख

भारतमा एकैदिन झण्डै साढे ३ लाख

समाचार, संसार, स्वास्थ्य
बैशाख ११  भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ४५ हजार एक सय ४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा दुई हजार ६ सय २१ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ लाख ९ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या भने एक करोड ६६ लाखभन्दा धेरै पुगेको छ । गत २४ घण्टामा एक लाख ९२ हजारभन्दा धेरैले कोरोनालाई जितेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा निको हुनेको सङ्ख्या एक करोड ८६ लाखभन्दा धेरै पुगेको छ । त्यस्तै, पछिल्लो तीन दिनमा भारतमा कोरोनाका १० लाखभन्दा धरै सङ्क्रमित थपिएका छन् । तीन दिनमा ६ हजारभन्दा धेरैको ज्यान गएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ लाखभन्दा धेरै पुगेको छ ।...
उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

समाचार
बैशाख ११  त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स प्रतिस्प्रधा हुदौछ । त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजेदेखि खेल सुरु हुनेछ । कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा छ । नेपाल लिग विजेता र नेदरल्याण्ड्स उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नेपालले नेदरल्याण्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको थियो । यही कारण पनि आजको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आज दुवै टोली उच्च मनोबलका साथ मैदान उत्रिँदै छन् ।...
आज धरहराको उद्घाटन

आज धरहराको उद्घाटन

समाचार
बैशाख ११ आज प्रधानमन्त्रि केपी शर्मा ओलीले नयाँ धरहराको उद्घाटन गर्दै हुनुहुन्छ । २०७२ बैशाख १२ गतेको भुकम्पले ढालेको धरहराको टावर बनाउने काम सकिएपछि आज उद्घाटन गर्न लागीएको हो । भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनेको छ । नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ । त्यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहराको उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने पाइने छैन । आउँदो मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक स...
ब्राउन सुगरसहित १ जना पक्राउ

ब्राउन सुगरसहित १ जना पक्राउ

समाचार
झापा, बैशाख ११  झापाको पिंकि ठ्याकबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । अर्जुनधारा नगरपालिका –८ का १९ बर्षीय राहुल राजवंशी लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । शुक्रबार बेलुका सँवा ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर–६ पिंकि ठ्याकबाट राजबंशीलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ५ सय मिलिग्राम सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।...