Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

करेन्ट लागेर १ को ज्यान गयो

करेन्ट लागेर १ को ज्यान गयो

समाचार
झापा, बैशाख ११ झापाको दमकमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । दमक नगरपालिका–२ त्रिवेणीटोल की १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागेर ज्यान गएको हो । शुक्रबार बेलुका करिब ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेण्ट लागी गम्भिर घाइते भएकी थिईन् । उनको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

समाचार
ईलाम, बैशाख ११ ईलामको सुर्योदयमा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । सुर्योदय नगरपालिका–५ गोरख का २२ बर्षीय मुस्कान प्रधानको मृत्यु भएको हो । सोही स्थानमा भन्ज्याङबाट गोरख तर्फ जादै गरेको मे ३ प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई शुक्रबार बेलुका ५ बजे दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागी फिक्कल अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।...
उदयपुरमा १ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा १ जना फरार प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख ११ उदयपुरमा लागुऔषधमा संलग्न फरार प्रतिबादी पक्राउ परेको छ । गत चैत १४ गतेबाट फरार भएको त्रियुगा नगरपालिका–३ बस्ने ३० वर्षीय गोपाल भन्ने गोविन्द बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला  प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध  लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत गत चैत १४ गते करिब ७:२० बजे त्रिनपा–११ बाबारानी मार्गबाट लागुऔषधको कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलिले ४ ग्राम ब्राउन सुगर सहित त्रिनपा–११ बस्ने वर्ष ३२ को दशरथ साह र २९ को विवश राई पक्राउ परेको थियो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गर्ने क्रममा सोही  मुद्दामा संलग्न रहेको बस्नेत गत चैत १४ गतेबाटै फरार रहेका थियो । गाउँ घरमै लुकिछिपी बसिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उ...
उदयपुरमा पहिलो चोटी आत्मरक्षा सम्बन्धि प्रशिक्षण तालिम

उदयपुरमा पहिलो चोटी आत्मरक्षा सम्बन्धि प्रशिक्षण तालिम

समाचार
पूर्णपुष्टि, बैशाख १० जाल्पा एकिकृत विकास समाज उदयपुरले उदयपुरमा पहिलो पटक किशोर किशोरीहरुलार्ई आत्मारक्षा सम्बन्धि ४ दिने प्रशिक्षण तालिम गाईघाटको कोहबर होटलमा दिएको छ । यो तालिम प्रदेश नं १ मा पहिलो पटक उदयपुरमा गराइएको संस्थाले जनाएको छ । पछिल्लो समय गाउँ समाज र राष्ट्रमा भईरहेको मानव असुरक्षालाई मध्यनजर गरी बढी किशोरीहरु माथी भईरहेको हत्या, हिंसा, बलत्कार, जस्ता घटनाहरु न्युनिकरण र नियन्त्रका लागि तालिमको आयोजना गरिएको जाल्पा एकिकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्प पोखरेलले बताउनुभयो ।  । किशोरीहरु मात्रै नभई कुनै पनि व्यक्तिहरु किशोर वा किशोरी असुरक्षित भईरहेका अवस्थामा यसको नियन्त्रणमा थप टेवा पुग्ने भन्दै उनिहरुको आत्मावल रक्षाको निम्ति तालिमको आयोजना गरिएको पोखरेलले बताउनुभयो । । तालिममा पुरुषलाई भन्दा बढी महिलाहरुलाई सहभागी गराइएको छ । रौतामाई गाउँपालिका भरीका करिब ४०...
गाउँपालिकाको उपाध्यक्ष र वडाध्यक्ष जेल चलान

गाउँपालिकाको उपाध्यक्ष र वडाध्यक्ष जेल चलान

समाचार
बैशाख १० रामेछापको एक गाउँपालिकाको उपाध्यक्ष र एक वडाध्यक्षलाई जेल सजाय तोकिएको छ ।  लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ८ का अध्यक्ष सुवास बोहोरालाई जेल सजाय तोकिएको हो । लिखु तामाकोशी गाउँपालिकाकै अध्यक्ष गोविन्दबहादुर खड्कासँग दुई करोड चन्दा मागेर नदिएमा ज्यान मार्ने धम्की दिएका आरोपमा उनीहरुलाई दोषी ठहर गर्दै जिल्ला अदालत काठमाण्डौले जेल सजाय तोकेको हो । जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरालाई समान जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको जनाएको छ । केही वर्ष पहिले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कासँग स्थानीय लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा माग्दै माग गरेअनुसारको चन्दा नदिए ज्यान मार्ने धम्की दिएका थिए । अदालतले धम्की दिन लगाउने मुख्य योजनाकार उपाध्यक्ष दाहाल रहेको र वडा...
नेपालमा थप २५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप २५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख १०  नेपालमा थप दुई हजार पाँच सय सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार सात सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार चार सय ४९ जना र आठ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९४ हजार ६ सय एक पुगेको छ । त्यस्तै गत २४ घण्टामा चार सय १० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७६ हजार सात सय ५५ पुगेको छ । गत २४ घण्टामा पाँचसहित अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार एक सय २२ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार सात सय २४ रहेको छ ।...
सवारी दुर्घटनामा परी २ जना मोटरसाईकल चालकको ज्यान गयो

सवारी दुर्घटनामा परी २ जना मोटरसाईकल चालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख १०  मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । केराबारी–८ का ५० वर्षीय नरेश कुमार सोडारी र बेलबारी–९ डागिहाट का २६ वर्षीय सुरेश कुमार चौधरीको ज्यान गएको हो । आज दिउसो ११ बजे केराबारी–८ स्थित जंगलमा को १ त ५८४९ नम्बरको ट्याक्टरले को ३४ प ९०६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोडारी गम्भिर घाईते भएका थिए । उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो पौने १२ बजे ज्यान गएको हो । ट्याक्टर र चालक केराबारी–१० का २१ वर्षीय उमेश मल्लिक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । त्यसैगरी आज दिउसो साढे १ बजे मोरङकै सुन्दरहरैचा–१० स्थित खोर्साने–केराबारी सडक खण्डको जंगलमा दक्षिण आउदै गरेको को १ ख ६५४७ नम्बरको टिफरले बिपरित दिशाबाट आएको स ३ प ६३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त द...
ओलीको स्थायी कमिटीमा नेपाल समूह अटेन

ओलीको स्थायी कमिटीमा नेपाल समूह अटेन

समाचार
बैशाख १०  नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले गठन गरेको स्थायी कमिटिमा नेपाल समूह परेको छैन । १९ सदस्यीय स्थायी कमिटीमा नेपाल–खनाल समूहका नेता नअटाएपनि वामदेव गौतमलाई भने कायमै राखिएको छ । स्थायी कमिटीमा अध्यक्ष ओलीसहित वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत रहनुभएको छ । नेकपा एमालेले माधवकुमार नेपालसहित २७ सांसदलाई कारबाहीको जिम्मा पनि स्थायी कमिटीलाई दिएको छ । एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले आजै चयन गरेको स्थायी कमिटीलाई नेपाल–खनाल समूहका २७ सांसदलाई कारबाहीका बारेमा निर्णय गर्ने जिम्मा दिएको हो । बैठकले नेपाल–खनाल समूहमा रहेका नेताहरु सच्चिएर आए एमालेमै ठाउँ दिने पनि निर्णय गरेको छ । त्यस्तै कर्णाली प्रदेशका चार सांसदको एमाले पार्टी सदस्यता नरहने गरी कार...
सम्मानयुक्त शब्दसहित परिचयपत्र दिन माग

सम्मानयुक्त शब्दसहित परिचयपत्र दिन माग

समाचार
वैशाख १०  बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ । बर्हिगमित जनमुक्ति सेना नेपालले गरेको चौथो राष्ट्रिय सम्मेलनको पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गरी राज्यद्धारा सम्मानपत्र र परिचयपत्र वितरण गर्नुपर्ने माग गरेको हो । तत्कालिन नेकपा माओवादी र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता अनुरुप तत्कालिन समयका १८ वर्ष मुनिका बाल सेनाहरुलाई पुनस्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनुपर्ने पनि माग गरेको छ । बर्हिगमित जनमुक्ति सेनालाई स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेना सरह आर्थिक प्याकेज दिनुपर्ने, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, सम्पूर्ण राजनीतिक आन्दोलनका घाइतेहरुलाई औषधि उपचारसह...
कोरोना सङ्क्रमितलाई भुँईमा राखेर उपचार

कोरोना सङ्क्रमितलाई भुँईमा राखेर उपचार

समाचार, स्वास्थ्य
बैशाख १०  अस्पतालमा बेड नभएपछि दाङमा कोरोना संक्रमितलाई भुँर्ईमै  राखेर उपचार गर्न थालिएको छ । कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी बिरामी भएपछि बेड अभाव हुँदा भुईँमै राखेर उपचार भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ । कोरोनाको पहिलो लहरमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सीमित छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी ‘हाउस फुल’ भए पनि उपचारको अर्को व्यवस्था भने हुन सकेको छैन । २५ बेडमा सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड सम्म पु¥याएर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको छ । बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको जनाएको छ । पछिल्लो समय दाङमा...