Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

पार्टीमा एकताको सम्भावना क्षीण बन्दै : नेता नेपाल

पार्टीमा एकताको सम्भावना क्षीण बन्दै : नेता नेपाल

समाचार
बैशाख १०  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण बन्दै गएको बताउनुभएको छ । धनुषामा एमालेको खनाल–नेपाल पक्षको जिल्ला कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै दम्भका कारण एकता क्षीण बन्दै गएकोे आरोप समेत लगाउनु भएको छ । पार्टी गम्भीर सङ्कटको चरणबाट गुज्रिरहेको र सङ्कट निम्त्याउनमा पार्टी अध्यक्ष जिम्मेवार रहेको उहाँको आरोप छ । आफुले समाधानको बाटो अपनाउन आग्रह गरेको भएपनि अध्यक्ष ओलीले एकता सुन्नै नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको नेता नेपालले बताउनुभयो । २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण पनि औचित्यहीन रहेको उहाँले बताउनुभयो । कुनै व्यक्ति विशेषको मुख हेरेर नभइ लोकतन्त्र र संविधानको मर्म तथा नागरिकको हित हेरेर आन्दोलनमा रहेको नेता नेपालले...
महाधिवेशन आयोजक समितिको बैठक सुरु

महाधिवेशन आयोजक समितिको बैठक सुरु

समाचार
बैशाख १०  नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका खनाल–नेपाल समूहका नेताहरुले दिएका जवाफलगायत विषयमा छलफल हुने जनाएको छ । त्यस्तै आजको बैठक वैशाख ६ गतेकै निरन्तरता भएको जनाईएको छ । ६ गतेको बैठकले खनाल–नेपाल समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने अध्यक्ष ओलीको तयारी छ । आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल–नेपाल समूहले हिजो सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराईसकेको छ ।...
१२ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला

१२ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला

समाचार
पूर्णपुष्टि,वैशाख १० मामाको घरमा बस्दै आएका १२ वर्षीय एक बालक आज बिहान झुण्डिएको अवस्थामा फेला परेको छ । दाङ दंगिशरण गाउँपालिका–२ घर भई विगत पाँच वर्षदेखि तुलसीपुर उपमहानगरपालिका–१३ गिधनियास्थित मामाको घरमा बस्दै आएका विपिन चौधरी झुण्डिएको अवस्थामा फेला परेको हो । मामाको घर नजिकै बाख्राको लागि  घाँस टंगाउन बनाइएको बलोमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा बालक फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनाबारे प्रहरीलाई आज बिहान ६ बजे खबर प्राप्त भएको र त्यसपछि इप्रकाबाट प्रहरी घटना स्थल पुगेका थिए । घटनास्थल पुगेका प्रहरीकाअनुसार विपिन विगत पाँच वर्षदेखि मामाको घरमा बस्दै आएका थिए।, उनी स्थानीय सरकारी विद्यालयमा पढ्दै आएका थिए । बिहान ६ बजे नै झुण्डिएको अवस्थामा फेला परेको हुँदा उनको मृत्यु राति नै भएको हुनसक्ने  आशंका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान अगा...
सुनको गहनासहित नगद चोरी गरी फरार रहेका एक पक्राउ

सुनको गहनासहित नगद चोरी गरी फरार रहेका एक पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख १० गोरखामा सुनमा गहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–१ घर भएको २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको हो । गोरखा नगरपालिका–५ बजार क्षेत्रस्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको थियो । उनबाट चोरी गरेका नगद रु ४७ हजार तीन सय १० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।...
सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि,वैशाख १० आज सुनको भाउमा गिरावट भएको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको हो । हिजो तोलामा ९२ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेर ९१ हजार सात रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको भाउमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । हिजो तोलामा १३ सय ३५ रुपैयाँ रहेको चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
ताप्लेजुङमा गोेली हानी एकको हत्या

ताप्लेजुङमा गोेली हानी एकको हत्या

समाचार
पूर्णपुष्टि,वैशाख १० ताप्लेजुङमा गोली हानी एकजनाको हत्या भएको छ । मेरिङदेन गाउँपालिका–२ जिदिमा का २९ वर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० वर्षीय खडक बहादुर लिम्बुको हत्या गरेको हो । बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेका थिए । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । आकाशले प्रयोग गरेको भरुवा बन्दुक घटनास्थल देखी अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्या गरेको कारण भने तत्काल नखुलेको र घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनकाएको छ ।  ...
लगन टोलमा सेतो मच्छिन्द्रनाथको रथ पुग्यो

लगन टोलमा सेतो मच्छिन्द्रनाथको रथ पुग्यो

समाचार
बैशाख १०  सेतो मच्छिन्द्रनाथको रथ यात्रा आज रथलाई लगन टोलमा रहेको सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा तीन पटक परिक्रमा गराइँदै छ । हिजो रथलाई हनुमानढोकाबाट तानेर लगन पुर्याइएको हो । यसरी लगनमा रथ पुर्याएपछि मच्छिन्द्रनाथको आमाको मन्दिरमा तीन पटक परिक्रमा गरिने चलन अनुसार आज दिउँसो परिक्रमा गराइने जनाएको छ । भोलि मूर्तिलाई खटमा राखेर केलटोलमा रहेको मन्दिरमा फर्काएपछि यो वर्षको सेतो मच्छिन्द्रनाथको रथजात्रा सकिनेछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट रथयात्रा सुरु गरिन्छ भने रथयात्राको पहिलो दिन असन र दोश्रो दिन हनुमानढोकामा राखिने परम्परा छ । यसवर्ष गत वैशाख ७ गतेबाट रथयात्रा सुरु भएको हो । सेतो मच्छिन्द्रनाथको विधिपूर्वक पूजाआजा गरे देशमा सहकाल आउँछ भन्ने मान्यता रहिआएको छ ।...
कोभिड अस्पतालमा आगलागी हुदा १२ जनाको मृत्यु

कोभिड अस्पतालमा आगलागी हुदा १२ जनाको मृत्यु

समाचार, संसार
वैशाख १० भारतका मुम्बईको एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको जनाईएको छ । शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो । अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । आगलागीको कारण खुलेको छैन । यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको जनाईएको छ ।...
विश्व पुस्तक दिवस

विश्व पुस्तक दिवस

समाचार
बैशाख १०  आज विश्व पुस्तक दिवस मनाईदै छ । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तक्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, आफन्तलाई पुस्तक उपहार दिएर आज विश्व पुस्तक दिवस मनाइँदैछ । पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले सन् १९९५ को अप्रिल २३ तारिखदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक दिवस मनाउने गरिन्छ । विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न यो दिवस मनाइन्छ । त्यस्तै, लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिन प्रतिलिपि अधिकार दिवस पनि मनाइन्छ । नेपालमा केही वर्षयता पढ्ने बानीको विकास भएसँगै साथीभाइलाई पुस्तक उपहार दिने चलन बढ्दै पाईन्छ ।...
देशको धेरैजसो ठाउँको मौसम सफा

देशको धेरैजसो ठाउँको मौसम सफा

समाचार
बैशाख १०  अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ । पश्चिमका केही पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज दिउँसोपछि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।...