Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

दिल्लीको अस्पताल कोरोना सङ्क्रमितले भरियो

दिल्लीको अस्पताल कोरोना सङ्क्रमितले भरियो

समाचार, संसार, स्वास्थ्य
बैशाख १०  भारतको राजधानी नयाँ दिल्लीका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएको छ । अस्पतालमा रहेका ९९ प्रतिशत बेडमा सङ्क्रमितहरुलाई राखिएको र अब आउने सङ्क्रमित राख्ने ठाउँको अभाव भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यस्तै भारतको दिल्लीमा रहेका ६ वटा अस्पतालमा अक्सिजन सकिएको जनाईएको छ । अरु अस्पतालहरुमा पनि केही समयका लागि मात्रै पुग्ने अक्सिजन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले दिल्लीबाट अक्सिजन बोकेका ट्याङ्करहरु अरु राज्यमा जान दिइएको छैन । उनीहरुले अक्सिजन भण्डारण गरेर राखेर आपूर्ति रोकेको हुन सक्ने आशङ्का गरिएको छ । भारतमा कतिपय व्यक्तिहरुले अक्सिजन नपाएर ज्यान गुमाएको जनाईएको छ । भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएसँगै हरेक दिन विश्वमै सबैभन्दा धेरै कोरोना सक्रमित थपिइरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३२ हजारभन्दा ध...
सिद्धिचरण राजमार्गको स्तरउन्नती हुने मन्त्रिको वचन, अनिश्चितकालीन बन्द खुल्यो

सिद्धिचरण राजमार्गको स्तरउन्नती हुने मन्त्रिको वचन, अनिश्चितकालीन बन्द खुल्यो

समाचार
पूर्णपष्टि, वैशाख ९ सिद्धिचरण राजमार्गको तल्लो भेग स्तर उन्नतिको बचन पाएपछि अनिश्चितकालीन बन्द फिर्ता भएको छ । जीर्ण सिद्धिचरण राजमार्ग अन्र्तगत सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्ड स्तरउन्नती गर्ने बचन आएपछि त्यस क्षेत्रका बासिन्दाले गरेका सडक बन्द फिर्ता लिएका हुन् । संविधान सभा सदस्य भेषकुमार राउत, कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठसमेत स्तरउन्नती संघर्ष समितिका संयोजक दिपक बुढाथोकीको नेतृत्वमा गएको डेलिकेशन टोलीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले वचन दिएका हुन् । संघर्ष समिति र मन्त्रि नेम्वाङविच बिहिबार द्विपक्षिय वार्ताबाट सडकखण्ड स्तरउन्नती गर्ने सहमति भएको हो । मन्त्री नेम्वाङ्ले आगामी आर्थिक वर्ष २०७८÷०७९ मा ९५ करोड माथिको बजेट छुट्याउने, डिपिआर अनुसारको बहुवर्षिय ठेक्का लगाएर काम थाल्ने, यस सडकखण्डका लागि छुट्टै सडक डिभिजन क...
गाउँपालिकाका अध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा

गाउँपालिकाका अध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा

समाचार
वैशाख ९  सुनसरीको एक गाउँपालिका अध्यक्षविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ । भोक्राहा–नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो । बुधबार धरानको एक होटलमा १७ वर्षीय किशोरीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । यादवविरुद्ध बिहीबार जबर्जस्ती करणी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला अदालत सुनसरीमा पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जागिर लगाइदिने भन्दै यादवले किशोरीलाई इटहरीबाट लिएर धरान गएको र धरानको भेडेटार लाइनमा रहेको एक होटलमा यादव युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले होटलबाट दुवै जनालाई नियन्त्रणमा लिएको किशोरी १७ वर्षको मात्रै रहेको पाइएपछि  यादवलाई करणी मुद्दा दर्ता गर्ने तयारी गरेको थ...
युरोप पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने १ जना पक्राउ

युरोप पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने १ जना पक्राउ

समाचार
बैशाख ९  युरोप पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ परेको छ । युरोप पठाइदिन्छु भन्दै १९ लाख बढी रकम ठगी गरेको अभियोगमा चितवन राप्ती नगरपालिका–३ घर भइ काठमाण्डौ महानगरपालिका–१६ नयाँ बजार बस्ने ३६ वर्षीय भरतप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको हो । राई ग्राण्डी ग्लोबल होलिडेज प्रालिका सञ्चालक हुन् । युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिसामा पठाइदिने भन्दै उनले धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ । भिजिटमा जानको लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिएर पछि सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राईलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको अपराध महाशाखाले जनाएको छ ।...
पशुपति मन्दिर दर्शनमा सर्वसाधारणलाई रोक

पशुपति मन्दिर दर्शनमा सर्वसाधारणलाई रोक

समाचार
बैशाख ९ कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई पशुपतिनाथ दर्शनमा रोक लगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले विज्ञप्ति जारी गर्दै भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाइने जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि कोषले मन्दिर दर्शनमा रोक लगाउने निर्णय लिएको जनाएको छ ।...
नेपालमा थप २४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप २४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ९  नेपालमा थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार एक पीसीआर परीक्षणमा २३ सय ६५ र चार सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर २४ घण्टामै २४ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई लाख ९२ हजार एक सय ५२ पुगेको छ । त्यस्तै थप दुई सय ५२ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७६ हजार तीन सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच कोरोना सङ्क्रमण हुने दर बढ्दो र निको हुने दर घट्दो क्रममा रहँदा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको छ । अहिले १२ हजार ६ सय ९० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै थप पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय १७ पुगेको छ ।...
१० महिनामा १० खर्बको व्यापार घाटा

१० महिनामा १० खर्बको व्यापार घाटा

समाचार
बैशाख ९  नेपालको व्यापार घाटा १० महिनामै १० खर्ब रुपैयाँ नाघेको छ । चालुआर्थीक वर्षको साउनदेखि चैत महिनासम्म १० खर्ब १६ अर्ब रुपैयाँको व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२.४९ प्रतिशतले धेरै हो । दश महिनामा नेपालले ९४ अर्ब ७६ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ भने ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको आयात गरेको छ । आयात अघिल्लो वर्षको १० महिनाको तुलनामा १३.१२ प्रतिशतले बढेको छ । भारतसँग मात्रै नेपालको ६ खर्ब ५६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ । १० महिनामा नेपालले भारतमा ६८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेकोमा सात खर्ब २४ अर्ब रुपैयाँको आयात गरेको छ । यस्तै चीनसँग एक खर्ब ६३ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ । दश महिनामा नेपालले खाद्यान्न मात्रै ५९ अर्ब ७३ करोड रुपैयाँको आयात गरेको छ । २८ अर्ब रुपैयाँको फलफू...
नेपालले मलेसियालाई ६९ रनले हरायो

नेपालले मलेसियालाई ६९ रनले हरायो

खेलकुद, समाचार
बैशाख ९ त्रिदेशीय ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले मलेसियालाई ६९ रनले पछि पार्दै जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय ४८ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि अमिनुद्दिम राम्लीले सर्वाधिक ४१ रन बनाए । नेपालका सोमपाल कामी, सन्दीप लामिछाने र कमलसिंह ऐरीले तीन÷तीन विकेट लिए । सुशन भारीको नाममा एक विकेट रह्यो । आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कमलसिंह ऐरीले पहिलो खेलमै तीन विकेट लिँदै करियरको उत्कृष्ट सुरुवात गरेका छन्  । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १७  रन बनायो । नेपालका करण केसीले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए । यस्तै आशिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल भ...
नेप्से १५ अङ्कले बढ्यो

नेप्से १५ अङ्कले बढ्यो

आर्थिक, समाचार
बैशाख ९  आज शेयर बजारमा १५.८ अङ्कले बढेर नेप्से २६ सय ४८ बिन्दुमा पुगेको छ । होटल र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ्ग समूहको शेयर नौ अङ्कले, विकास बैंकको ३८ अङ्कले, व्यापारको ११ अङ्कले, जलविद्युतको पाँच अङ्कले, फाइनान्सको साढे एक अङ्कले, माइक्रोफाइनान्सको ५३ अङ्कले, जीवन बीमा र निर्जीवन बीमाको एक सय १४ अङ्कले, उत्पादनको ४७ र अन्य समूहको शेयर ३१ अङ्कले बढेको छ । दुई सय १४ कम्पनीका एक करोड ३० लाख कित्ता शेयर पाँच अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनसीसी बैंकको ६२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो । विशालबजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, ज्योती लाइफ र एनसीसी बैंकको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ । समग्र बजार बढे पनि हिमालय उर्जा विकास कम्पनीको शेयर साढे चार अङ्कले घटेको छ ।...
असारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

असारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

समाचार
पूर्णपुष्टि, बैशाख ९ असारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो दोस्रो साधरणसभा बिहिबार सम्पन्न गरेको छ । सम्पूर्ण उपभोक्ताहरुको सहभागीमा सभा सम्पन्न भएको हो । सभामा समतिको कामकार्वाही र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । समितिले हाल १९९ सय घरलाई पानी वितरण गर्दै आईरहेको प्रतिवेदनमा प्रस्तुत भएको छ । समितिले चित्त बुझ्ने काम नभएको उपभोक्ताहरुलाई भ्रम भए छलफल गरी सहजीकरण गर्ने बातावरणका साथ सभा गरेको छ । केही उपभोक्ताहरुले पानीको महशुल बढी भएको पनि सभामा कुरा उठाएको छ ।गाउँमै धाराको पानी खान पाउँदा सुविधा र सजिलो भएको भएपनि महशुल भने केहि चर्को असुली भएको गुनासो गरे । पानीको दुखमा पनि समितिको ठुलो संघर्षले धारामा पानी उपलब्ध गराउन समितिलाई निकै चर्को परेको जनाएको छ । कयौँ दुख कष्टले उपभोक्ताहरुलाई पानी वितरण गरिरहेको अवस्थामा अहिले पानीको निकै समाधान भएको समितिले जनाएको ...