महिला आयोगमा एक वर्षभित्र १३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी दर्ता
पूर्णपुष्टि,वैशाख ९
एक वर्षभित्र १ हजार ३ सय ३३ घरेलु हिंसा र २ सय ३२ महिला हिंसाका उजुरी राष्ट्रिय महिला आयोगमा दर्ता भएका छन् । यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका तथा चरित्रहत्या, साइबर अपराध, सम्बन्धविच्छेद, बहुविवाह, ज्यान मार्ने उद्योग, हत्या र कुटपिटविरुद्धका उजुरी पनि उल्लेख्यरूपमा बढेका आयोगले जनाएको छ । आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीहरु पनि बढेका छन् ।
जन्मदर्ता, विवाहदर्ता, नागरिकताको प्रमाणत्र प्राप्तिका निम्ति सिफारिश नपाएका, सम्पत्ति हस्तान्तरणका लागि आवश्यक कागजात नपाएका महिलाका उजुरी पनि आयोगमा प्रशस्तै दर्ता भएको आयोगले जनाएको छ । साथी, बाल अधिकार संरक्षणमा क्रियाशील संस्था (सिविन), कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक), मानव सेवा आश्रम तथा स्थानीय निकायसँगको साझेदारीमा समस्या समाधानमा लागेको आयोगले जनाएको छ ।
पीडितलाई...









