Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

बस पल्टिँदा १० जना घाइते

बस पल्टिँदा १० जना घाइते

समाचार
बैशाख ९  दाङको कपासेबगियामा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ख ९६३९ नम्बरको बस घोराही उपमहानगरपालिका–१६ कपासेबगियामा आफै अनियन्त्रित भइ पल्टिँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा दुई जना बालक, चार जना महिला र चार जना पुरुष घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा घोराही उपमहानगरपालिका–१२ की सपना विक, निर्मल विक, तुलसीपुर उपमहानगरपालिका १८ की शर्मिला घर्ती, सल्यानको त्रिवेणी गाउँपालिका–६ का रामप्रसाद कठायत, हस्ती गिरी र तेजबहादुर गिरी रहेको प्रहरीले जनाएको छ । त्यस्तै त्रिवेणी गाउँपालिका–३ की चेतना रेउले, कपुरकोट नगरपालिका–७ का गणेश बोहरा, सुनसरीको इटहरी नगरपालिका–८ का दलबहादुर विश्वकर्मा र स्याङ्जाको फेदी गाउँपालिका–१ का रामचन्द्र विक दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ...
पोलले लागेर एकको मृत्यु

पोलले लागेर एकको मृत्यु

संसार
पुर्णपुष्टि, बैशाख ९  सुनसरी ईनरुवा नगरपालिका–९ बबियामा बस्ने ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोलले लागेर मृत्यु भएको छ । बुधबार बेलुका पौने ५ बजे  स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोललाई  ठक्कर लाग्दा  बिजुलीको पोल ढली घरमा बसिरहेको खत्वेलाई लाग्दा गम्भिर घाईते भएकी थिईन् ।  उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इनरुवाले जनाएको छ । को १ क ८७६ नम्बरको स्काभेटर प्रहरीको नियन्त्रणमा रहेको छ । चालक फरार रहेकोले खोजितलास भईरहेको प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।...
बुवाको हत्या अभियोगमा छोरा पक्राउ

बुवाको हत्या अभियोगमा छोरा पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख ९ बुवाबो हत्या अभियोगमा  सुनसरीमा छोरा पक्राउ परेको छ । बराहक्षेत्र–९ का १७ वर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेको हो ।  बैशाख ७ गते उनले घरयासी बाद बिबाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुवा ३८ वर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  उनको मृत्यु पश्चात उमेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुर जेसिजको नयाँ क्यालेण्डर विमोचन

उदयपुर जेसिजको नयाँ क्यालेण्डर विमोचन

समाचार
पूर्णपुष्टि, बैशाख ९ नयाँ बर्षलाई लक्षित उदयपुर जेसिजले प्रकाशन गरेको क्यालेण्डर बिहीबार विमोचन गरिएको छ । आफ्ना कार्यक्रमलाईसमेत समेटेर तयार पारिएको क्यालेण्डर जेसिजका पुर्वअध्यक्ष सन्तोष गुप्ता र नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले संयुक्तरुपमा विमोचन गरे । अरु भन्दा पृथक रहेको क्यालेण्डर उदयपुरेबासीको हातहातमा पुर्याउने लक्ष्य रहेको जेसिजका अध्यक्ष शर्मिला थापा (सबु)ले बताईन् । उनले भनिन्, ‘हामीले वृहत्तर क्षेत्रलाई समेटेर क्यालेण्डर प्रकाशन गरेका छौ, आशा छ सबैको सल्लाह सुझाब पाउनेछौ र आगामी दिनमा थप परिस्कृत गर्दै जानेछौ । सोही अवसरमा नेपाल पत्रकार महासंघ उदयपुरका भर्खरै निर्वाचित नयाँ कार्यसमितिलाई जेसिजले बधाई तथा सम्मान गरेको छ । गाईघाट स्थित होटल टाउन हलमा एक कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्वलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकार महासंघ अध्यक्षमा दोस्रो कार्...
बिहानैदेखि वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

बिहानैदेखि वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

समाचार
बैशाख ९  देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले बिहीवार दिनभर नै मौसम यस्तै रहने महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ । अरू प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै जाने देखिए पनि पूर्वी क्षेत्रको मौसम भने आज सुधार हुने सम्भावना कम रहेको जनाएको छ । आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै अहिले गण्डकी प्रदेशसहित पश्चिमी भेगका हिमाली क्षेत्रमा हिमपात...
पहिलो पटक ऐतिहासिक बृहत विश्व नेपाली साहित्य सम्मेलन हुँदै

पहिलो पटक ऐतिहासिक बृहत विश्व नेपाली साहित्य सम्मेलन हुँदै

समाचार, साहित्य
 पूर्णपुष्टि, बैशाख ८ नेपाली साहित्यलाई विश्वभर जोड्दै नेपाली साहित्यको गरिमालाई उच्च पार्न बृहत रुपमा विश्व नेपाली साहित्य सम्मेलन गरिने भएको छ । जहिल्यै पनि नेपालको लागि जाहाँ पनि नेपालीको लागि भन्ने नाराका साथ अन्तराष्ट्रिय नेपाली समाज (इन्स) को आयोजनामा यहि बैशाख १०, ११ र १२ गते साहित्य सम्बन्धि बिभिन्न गतिविधिका साथ सम्मेलनको आयोजना गरिने भएको हो । नेपालबाट कामको शिलशिलामा बिदेशको बिभिन्न देशमा रहेका नेपाली सर्जकहरुलाई प्रोत्साहन गर्ने र विश्वको कुना कुना सम्म नै नेपाली भाषा साहित्यलाई परिचित गराउने भन्दै पहिलो विश्व नेपाली साहित्य सम्मेलन गर्न लागिएको अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो । बुधबार सम्मेलनबारे भर्चुअल जुम मिटिङबाट पत्रकार सम्मेलनमा बोल्दै विश्वको बिभिन्न मुलकमा रहेर नेपाली साहित्यलाई बचाउन कलम चलाइरहेका सम्पूर्ण सर्जकहरुलाई सामाज...
नेपाल समूह अदालत गयो

नेपाल समूह अदालत गयो

समाचार
वैशाख ८  नेकपा एमालेको माधवकुमार नेपाल समूह राजनीतिक दल सम्बन्धी ऐन विपरीत पदमुक्त गर्न खोजिएको भन्दै सर्वोच्च अदालत गएको छ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर मंगलबार स्पष्टीकरण सोधेका थिए । नेपाल समूह ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने माग गर्दै अदालत गएको जनाएको छ । रिट दर्ता भइसकेको छैन ।  आज दिउँसो ३ बजे अदालत पुगेका थियौं । कर्मचारीले नभ्याउने भनेर दर्ता नगरेको जनाईएको छ ।...
नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ८  नेपालमा थप दुई हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय तीन जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८९ हजार नौ सय १८ पुगेको छ । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।...
लागूऔषधसहित १ जना पक्राउ

लागूऔषधसहित १ जना पक्राउ

समाचार
मोरङ, बैशाख ८ मोरङ बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर–५ का २३ बर्षीय श्याम मण्डललाई लागूऔषध नाईट्राभेट चक्की सहित पक्राउ परेको हो । आज दिउसो ३ बजे बिराटनगर–१६ दरैयाबाट उनलाई लागूऔषध नाईट्राभेट २९ चक्की सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
कपी सच्याएको आरोपमा लोकसेवा आयोगका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

कपी सच्याएको आरोपमा लोकसेवा आयोगका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

समाचार
वैशाख ८ लोकसेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध अख्तियार दरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियतले नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षाको उत्तरपुस्तिका सच्याएको अख्तियारले आरोप लगाएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम बुधबार विशेष अदालतमा शाहीविरूद्ध मुद्दा दायर गरेको जनाएको छ ।...