Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख ८ बितेको २४ घण्टामा नेपालमा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाईरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ८ हजार ८ सय ४४ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २ सय २० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ३१ गरी जम्मा २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ । मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा  परीक्षण गर्दा ५ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।...
अवैध सुनको कारोबार गर्ने एकजना पक्राउ

अवैध सुनको कारोबार गर्ने एकजना पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख ८ सुनसरीमा अवैध सुनको कारोबार गर्ने एकजना युवक पक्राउ परेको छ । इटहरी–१६ घर भई हाल ईटहरी–६, कालिका गोल्ड एण्ड सिलभर हाउसका सञ्चालक २८ वर्षीय शेख राज घिमिरेलाई अवैध सुनको टिलसहित पक्राउ गरिएको हो । मंगलबार साँझ साढे ८ बजे उनलाई ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी–६ स्थित विराटनगर लाईनबाट हिडिरहेको अवस्थामा सुनको टिल एक सय ९५ दशमलव ४७० ग्राम, नगद एक लाख ५८ हजारसहित पक्राउ गरेको हो । घिमिरे अवैध तवरले सुन खरिद गरी बिक्री वितरण गर्न हिडेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई बरामद गरेको सुनसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजाश्व कार्यालय ईटहरीमा बुझाएको प्रहरीले जनाएको छ ।...
सुनसरीबाट चार लाख नक्कली नोेटसहित ३ पक्राउ

सुनसरीबाट चार लाख नक्कली नोेटसहित ३ पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख ८ सुनसरीको इनरुवा–४ स्टार होटल अगाडिबाट नक्कली नोटसहित तीनजना पक्राउ परेका छन् । चार लाख १५ हजार रुपैयाँ नक्कली नोटसहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले एक हजार दरले ४१५ थान नक्कली नोट बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ को मुद्दा सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान थालिएको प्रहरीेले जनाएको छ ।...
उदयपुरको बेल्टारमै पहिलो पटक यी तीन ओटा ब्राण्डको आधिकारीक जुत्ता चप्पल सोरुम खुल्ने

उदयपुरको बेल्टारमै पहिलो पटक यी तीन ओटा ब्राण्डको आधिकारीक जुत्ता चप्पल सोरुम खुल्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख ८ उदयपुरको बेल्टार बजारमा नेपालको सार्वधिक ब्राण्डको रुपमा परिचित तीन ओटा ब्राण्डको सोरुम खुल्ने भएको छ । जुत्ता चप्पलको दुनियामा अफ्नै पहिचान र चिनारीको सफलता रच्न सफल शिखर ब्राण्ड, क्यालिवर ब्राण्ड र गोल्डस्टार ब्राण्डको सोरुम खुल्ने फर्मका संञ्चालक समितिले जनाएको छ । यो शोरुम उदयपुर जिल्लामै पहिलो र ठुलो सोरुमको रुपमा स्थापित हुने संञ्चालक समितिको ठम्याई छ । बेल्टार जुत्ता घरको नाम दिएको उक्त शोरुमलाई युगान्तर सप्लायर्स, दर्पन सप्लायर्स र दिर्घायु ट्रेडर्सले संयुक्तरुपमा संचालन गर्ने संञ्चालकहरुले जनाएका छन । शोरुमको उद्घाटन यही बैशाख ११ गते शनिवार हुने भएको संञ्चालक समितिका एक सदस्य रोमन सुवेदीले बताउनुभयो । जिल्लाकै तेस्रो ठूलो बजार बेल्टारमा अहिले सम्म यी ब्रान्डका आधिकारिक बिक्रेता छैन् । चौदण्डीगढी नगरपालिका वडा नं. ७ निवासी समाजसेवी केशव अधिकारी स...
कोरोना कहरबीच खोटाङको हलेसी मन्दिरमा रामनवमी मेला भर्नेहरुको घुइँचो

कोरोना कहरबीच खोटाङको हलेसी मन्दिरमा रामनवमी मेला भर्नेहरुको घुइँचो

समाचार
पूर्णपुष्टि,वैशाख ८ कोरोना कहरबीच खोटाङको हलेसी मन्दिरमा रामनवमी मेला भर्नेहरुको घुइँचो लागेको छ । विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसी मन्दिर हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल स्थलमा रामनवमीको अवसर पारेर १५ दिन मेला लाग्ने गरेको छ । हलेसीमा कोरोनाको कहरबीच पनि पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । विश्वभर कोरोना भाईरसको दास्रो लहर सुरु भएको छ तर हलेसीमा लागेको मेलामा बिना स्वास्थ्य मापदण्ड भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड लागेको छ । हप्ता दिनअघि शुरु भएको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका राष्ट्रबाट आएका हजारौँ दर्शनार्थीको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिनुभयो । त्रिधार्मिकधाम हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास ...
१३६ जनालाई नक्कली पिसिआर रिपोर्टको आशंकामा विमानस्थलबाट फर्काइए

१३६ जनालाई नक्कली पिसिआर रिपोर्टको आशंकामा विमानस्थलबाट फर्काइए

समाचार
पूर्णपुष्टि,वैशाख ८ आज विमानस्थलमा पुगेका १३६ जनालाई अध्यागमन विभागले नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा फर्काएको छ । उनीहरूलाई काठमाडौैंको सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा अध्यागमन विभागले फर्काएको हो । सूरिया हेल्थ केयरमा बनाइएको पिसिआर रिपोर्ट देखिएपछि नक्कली भएको आशंकामा फर्काइएको विभागले जनाएको छ । यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको विभागले जनाएको छ । फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेको छन् । सूरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले हिजो छापा मारेको थियो । विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर स्वाव नै परीक्षण नगरी नक्कली नेगेटिभ रिपोर्ट बनाएको आरोपमा सूरियामा छापा मारिएको थियो । हेल्थ केयर सञ्चालकसहित ८ जनालाई हिजो नियन्त्रणमा लिइएको थियो ।...
बिष खुवाएर मारेको कुकुर खाएर नवलपरासीमा यसरी मरे ठुलो सँख्यामा लोपन्मुख गिद्ध

बिष खुवाएर मारेको कुकुर खाएर नवलपरासीमा यसरी मरे ठुलो सँख्यामा लोपन्मुख गिद्ध

समाचार
पूर्णपुष्टि, बैशाख ८ पछिल्लो समय हराउँदै गएको गिद्ध लोपन्मुख पन्छीको रुपमा पर्दै आईरहेको छ । गिद्ध संरक्षणका कुराहरु चलिरहँदा नवलपरासीमा भने ठुलो संख्यामा गिद्धहरु मरेको छ । गिद्ध मुर्नुका कारण कुनै मानिसले कुकुरलाई बिष खुवाएर चौरमा फालेको र त्यही कुकुर खाएर ६० देखी ६५ को हाराहारीमा गिद्धहरु मरिसकेको खुल्न आएको छ । नपलपरासीको रामग्राम–नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मदन यादवका अनुसार बिष खाएको कुकुर खाँदा गिद्धहरु मरेको बताएको छ । गिद्धहरु मरेको देखेर गाउँलेहरुले हेर्न जाँदा चौरमा तीन वटा मरेका कुकुर देखे ।त्यही कुकुर खाएर गिद्धहरु पनि मरेको हुन सक्ने अध्यक्ष यादवले बताए । करिब ६५ ओटा गिद्धहरु चौरभरी मरेको अवस्थामा फेला परेको छ भने १५ देखि २० ओटा गिद्धहरु भने झोक्राएको अवस्थामा फेला परेको छ, अध्यक्ष यादवले भने । कुकुरलाई मार्न नपाईने र मारेको भएपनि यसरी लापर्वाही तरिकाले फाल्न न...
कोरोना संक्रमित पत्रकारसहित दुईको ज्यान गयो

कोरोना संक्रमित पत्रकारसहित दुईको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख ८ कोरोना भाईरस कोभिड–१९ संक्रमणको कारण दाङमा एक पत्रकारसहित दुईको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१७ का ४० पुरुषको काठमाडौंमा मंगलबार राति ज्यान गएको हो । केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि काठमाडौं लगिएको थियो । त्यसैगरी भेरी अस्पताल नेपालगन्जमा उपचाररत बांकेको नेपालगन्ज–१२ का एक पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ । ७० वर्षीय ती पुरुषको उपचारकै क्रममा मंगलबार राति १२ बजे ज्यान गएको अस्पतालले जनाएको छ । उनमा चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनी अस्पताल भर्ना भएका थिए ।...
चार दिनपछि बेपत्ता युवकको शव फेला

चार दिनपछि बेपत्ता युवकको शव फेला

समाचार
पूर्णपुष्टि,वैशाख ८ गत शनिबार सेती नदीमा नुहाउन गएका बेला एकाएक बेपत्ता भएका एक युवकको शव भेटिएको छ ।  डोटीको सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव मंगलबार भेटिएको हो । बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका–४ रातमाटी नजिकको सेती नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । नदीको बीच भागमा भेटिएको शव नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले निकालेको थियो ।...
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख ८ झापा मेचिनगर नगरपालिका–१३ चारआली चौक स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । मोटरसाईकल चालक मोरङ पथ्रिशनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश बयलकोटीको ज्यान गएको हो । हिजो बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो । सो दुर्घटनाबाट मोटरसाईकल चालक बयलकोटी घाईते भई उपचारको लागि विएन्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो । सोही मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने २२ वर्षीय सागर लिम्बु समेत सामान्य घाईते भई मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक र चालक झापा अर्जुनधारा–२ का ५६ वर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...