Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

फ्याक्ट्रीमा आगलागी करोडौको क्षति

फ्याक्ट्रीमा आगलागी करोडौको क्षति

समाचार
पूर्णपुष्टि,वैशाख ८ सुनसरीको एक फ्याक्ट्रीमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । ईटहरी–१२ खनार चोक स्थितमा सञ्चालमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रा.लि. मा आगलागी हुँदा अन्दाजी १० करोड बराबरको क्षति भएको हो । मंगलबार दिउसो साढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगलागी भएको थियो । उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोगमा बेलुका ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । सो आगलागीबाट मानविय क्षति नभएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।...
ओलीले स्पष्टीकरण सोधेपछि रामकुमारी झाँक्रीले दिइन् यस्तो कडा प्रतिक्रिया

ओलीले स्पष्टीकरण सोधेपछि रामकुमारी झाँक्रीले दिइन् यस्तो कडा प्रतिक्रिया

समाचार
एमालेकी नेत्री रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले आफ्नो मनखुसी काम गर्दै आएको आरोप लगाएकी छन्। ओलीले झाँक्रीलाई स्पष्टीकरण सोधेपछि उनले आफ्नो कुरा व्यक्त गरेलो छन्। ओलीले अदालतमा समेत सेटिङ् मिलाएर पार्टी एकताको विरुद्ध निर्णय गराएको आरोप लगाइन।
रेशम चौधरीलाई रिहा गर्दै ओली

रेशम चौधरीलाई रिहा गर्दै ओली

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को मागअनुसार नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया यसै साताबाट कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी एमाले र जसपाका नेताहरू । फाइल तस्बिर । सरकार जोगाउन साथ खोजिरहेका प्रधानमन्त्री ओलीले अब बस्ने मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर रिहाइ र मुद्दा फिर्ता प्रक्रिया अघि बढाउने बताएका हुन् । बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओली, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित दुवै पक्षका कार्यदल सदस्यहरूको बैठक भएको थियो । करिब दुई घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओलीले मुद्दा फिर्ताका लागि केहीको प्रक्रियागत अंग पुर्‍याउन बाँकी भएको उल्लेख गर्दै दुई–चार दिनमै त्यसलाई सक्ने बताएको नेता महतोले जानकारी दिए । ‘कहिलेसम्म विश्वासको वातावरण बन्छ भनेर...
राजनीतिमा केसम्म हुन सक्छ रातारात ?

राजनीतिमा केसम्म हुन सक्छ रातारात ?

समाचार
भारतीय फिल्ममा झैं लुम्बिनी प्रदेशमा मन्त्री नियुक्त भएका छन् । मधेस आन्दोलनबाट ७ बर्षयता राजनीतिमा उदाएका लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष पान्डे दिउँसो १ बजेसम्म भैरहवाको होटल मौर्यामा जनता समाजवादी पार्टीका नेता सहसराम यादवसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुसँगै थिए । बैठकमा काँग्रेस नेता बालकृष्ण खाणसहित प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने साँसदहरु, माओवादीका वर्षमान पुनसहित प्रदेशका सबै सांसद र जसपाका कल्पना पान्डेबाहेक सहभागी थिए । शीर्ष नेतृत्वको रोहबरमा लुम्बिनी प्रदेशसभा सदस्यका रुपमा रहेका कांग्रेस,माओवादी र जसपाकाले मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेगरी हस्ताक्षर गरे । ४१ जनाको हस्ताक्षरपश्चात सरकारमा सहभागी माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा दिए । दिउँसो अविश्वासको प्रस्ताव दर्ता भयो । भै...
ट्याक्सी र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

ट्याक्सी र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

समाचार
बैशाख ८  दाङमा मोटरसाइकल र ट्याक्सी एकआपसमा ठोक्किँदा एक बालकको मृत्यु भएको छ । मंगलबार बेलुकी बबई गाउँपालिका–६ पञ्चकुलेमा रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र भे १ ज १००२ नम्बरको ट्याक्सी एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएकोे हो भने बालकका आमाबुवा घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा बबई गाउँपालिका–६ मोतिपुर ८ वर्षका स्पर्श आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्यका बुवा ३९ वर्षका सुदीप आचार्य र आमा २८ वर्षकी पार्वती आचार्य घाइते भएका प्रहरीले जनाएको छ ।  घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।...
भारतमा एकैदिन ३ लाख जनामा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ३ लाख जनामा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
बैशाख ८  भारतमा एकैदिन झन्डै ३ लाख जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २ सय ९० जनामा सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्यामा पनि बृद्धि भएको छ । गत २४ घण्टामा २ हजार २१ जनाको ज्यान गएको छ । भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ । भारतमा अहिलेसम्म १ करोड ५६ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने अहिलेसम्म १ लाख ८२ हजार भन्दा धेरैको ज्यान गएको छ । विश्वमा अहिले सबैभन्दा धेरै भारतमा सङ्क्रमण फैलिरहेको छ । गत २४ घण्टामा अमेरिकामा ६० हजार २ सय ८२ जनामा र ब्राजिलमा ७३ हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको छ । अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत दोस्रो र ब्राजिल ते...
अयोध्यापुरीमा राम–सीताका मूर्ति प्रतिस्थापन गरिँदै

अयोध्यापुरीमा राम–सीताका मूर्ति प्रतिस्थापन गरिँदै

समाचार
वैशाख ८ आज राम नवमीको दिन पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा राम–सीताको मूर्ति प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापन गर्ने मूर्तिहरु मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रासहित चितवन लगिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा रथयात्रा समूह देवघाटमा बास बसेको थियो । बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ रथयात्रा अघि बढ्ने छ । राम–सीताका मूर्ति बुधबार मध्याहृन साढे १२ बजेको साइतमा प्रतिस्थापन गर्ने तयारी छ । मूर्ति प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत गरिने छ । प्रधानमन्त्री ओलीले गत असारमा रामको जन्म अयोध्यापुरीमा भएको दाबी गर्दै सो स्थानमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झ...
बाँकेमा एक हप्ता लकडाउन हुने

बाँकेमा एक हप्ता लकडाउन हुने

समाचार
बैशाख ८ बाँकेमा एक हप्ता लकठाउन गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिस गरेको छ । डीसीसीएमसीको मङ्गलवार बसेको बैठकले यही वैशाख ९ गतेदेखि अत्यावश्यक सेवा र निर्माण कार्यबाहेक सवै सेवा र काम कम्तीमा सात दिनसम्म प्रतिबन्ध लगाउन वा लकडाउन गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरेको हो । जिल्लाभर स्वास्थ्य मापदण्ड पालनाका लागि प्रचारप्रसार गर्ने, स्वास्थ्य उपचार र अत्यावश्यक कामबाहेक सीमा नाकामा आवागमन बन्द गर्ने, पालिकामा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, मापदण्ड पुगेको होटलमा सशुल्क आइसोलेशन राख्ने बैठकले निर्णय गरेको जनाएको छ । त्यस्तै भेरी अस्पताललाई तत्काल आवश्यक अक्सिजन व्यवस्थापनका लागि अनुरोध गर्ने, कोभिड व्यवस्थापनमा आवश्यक भएकाले  जिल्ला समन्वय समितिमा रहेको कोषको रोक्का खाता फुकुवाका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि बै...
१२ औँ राष्ट्रिपति रनिङ शिल्ड खेलकुद स्थगित, उदयपुरबाट छनोट खेलाडीहरुको नामावलीको फोटो सहित

१२ औँ राष्ट्रिपति रनिङ शिल्ड खेलकुद स्थगित, उदयपुरबाट छनोट खेलाडीहरुको नामावलीको फोटो सहित

खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ११ नेपालमा दोस्रो चरणको कोरोनाका कारण खेल क्षेत्रमा पनि निकै ठुलो असर परेको छ । यहि बैशाख १० र ११ गते हुन लागेको १२ औँ १ नं प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता स्थगित भएको छ । उदयपुर जिल्ला खेलकुद विकास समितिले खेल स्थगित बारे सूचना प्रकाशित गर्दै खेल स्थगित भएको जानकारी गराएको छ । खेलकुद विकास कार्यालय प्रमुख प्रकाशराम राईले सामाजिक विकास मन्त्रालय र पूर्वाञ्चल खेलकुद विकास समितिको प्राप्त सूचना अनुसार खेल स्थागित गरिएको जनाउनुभयो । राईले मन्त्रालय र समितिको सूचना अनुरुप अर्को व्यवस्था नभए सम्मको लागि खेल स्थागित रहने बताउनु भएको छ ।मोरङमा हुन लागेको उक्त खेल कोरोना भाईरसका कारण तत्कालको लागि स्थगित गर्नु पर्ने बारे सूचना जिल्लामा आएको राईले बताउनुभयो । सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङ लगाएत मुलुकको १४ ओटा जिल्लाहरुलाई कोरोनाको अत...
ग्लोबल आइएमई बैँक गाईघाट शाखाद्वारा अटो चालकहरुलाई क्यूआर कोड हस्तान्तरण

ग्लोबल आइएमई बैँक गाईघाट शाखाद्वारा अटो चालकहरुलाई क्यूआर कोड हस्तान्तरण

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख ७ पछिल्लो समय क्युआर कोड आर्थिक कारोबारको लागि निकै उपयोगि डिजिटल माध्यम बनेको छ । बिभिन्न  आधारहरुले उपयोगी रहेको क्युआर नगद रहित आर्थिक कारोबारको लागि व्यापार व्यवसायमा निकै फलदायी रहेको पाइएको छ । ग्राहकहरुको सुविधा र सुरक्षित कारोबारको उदेश्य सहित ग्लोवल आइएमइ बैँक लिमिटेड गाईघाट शाखाले त्रियुगा नगर क्षेत्रमा रहेको बिभिन्न व्यापार व्यवसायीहरुलाई १५० भन्दा बढी क्युआर कोड हस्तान्तरण गरिसकेको छ । यसै शिलशिलामा मंगलबार गाईघाट शाखाले एक कार्यक्रम बिच अटो सवारी चालकहरुलाई पनि क्युआर कोड हस्तान्तर गरेको छ । बैँङकले क्युआर कोड बितरण कार्य काठमाण्डौँमा गरे बाहेक १ नं प्रदेशको गाईघाटमा पहिलो पटक गरेको जनाएको छ ।  हाल कोरोना भाईरसको जोखिममा समेत क्युआर कोडबाटै सवारी भाडाहरु असुल्न सकिने गरी अटो व्यवसायीहरुलाई पनि क्युआर उपलब्ध गराइएको बैँकले जनाएको छ । शाखाले सीटी सफारी य...