Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

नेपालमा थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ७ नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय ६७ र ६ सय ८३ जनामा एन्टिजेन परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८७ हजार पाँच सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । थप दुई सय ५१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार आठ सय ६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय ५९ रहेको छ ।...
नेपालमा थप ११ जनाको कोरोनाबाट मृत्यु

नेपालमा थप ११ जनाको कोरोनाबाट मृत्यु

समाचार, स्वास्थ्य
बैशाख ७  नेपालमा आज कोरोना भाइरस सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई जना पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै  गत २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय ६७ र ६ सय ८३ जनामा एन्टिजेन परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८७ हजार पाँच सय ६७ पुगेको छ । थप दुई सय ५१ जना निको भएसँगै सङ्क्रमणमुक्त हु...
पूर्वराजा ज्ञानेन्द्रको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि

पूर्वराजा ज्ञानेन्द्रको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ७ पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गत आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा शाह र रानी कोमलमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको जनाईएको छ । भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न निर्देशन दिएका छन् ।...
म  संघीयता विरोधी प्राणी : गोकुल बास्कोटा

म संघीयता विरोधी प्राणी : गोकुल बास्कोटा

समाचार
नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफुले आफैंलाई संघीयता विरोधी भएको बताएका छन्। उनले लेखेका छन्, "प्रादेशिक विकास र सेवा केन्द्रका रुपमा काम गर्ने प्रदेश सरकारहरुमा देखिएको अस्थिरताले नेपालमा यो संरचनाको आवश्यकता नै थिएन भन्ने म जस्ता संघीयता विरोधी प्राणी पक्कै खुसी होलान भन्ने आशाकासाथ,स्थीरता विरोधी तर अग्रगामी भनि स्वतः जानिने तत्वका खवर बुझ्ने ईच्छाहुँदा यो कुरा लेखें।"...
ओलीलाई  माधव नेपाल समूहले दियो यस्तो जवाफ

ओलीलाई माधव नेपाल समूहले दियो यस्तो जवाफ

समाचार
नेकपा एमालेका माधव नेपाल समूहका सांसदहरुले केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि मंगलबार दिउँसो नेपाल समूहका सांसदहरुको बैठक बसेको थियो । बैठकले पार्टी फुटाउने उद्देश्यका साथ झुटा आरोपहरु लगाएर स्पष्टीकरण सोधिएको भन्दै त्यसको सामना गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक सांसदले भने, ‘हामीलाई अर्को पार्टी बनाएको भनेर स्पष्टीकरण सोधिएको छ । हामीले अर्को पार्टी बनाएका छैनौं, पार्टीभित्र अन्तर्संघर्ष गरिहेका छौं र एकतावद्ध र सुदृढ बनाएर हिँडाउन लागिपरेका छौं ।’...
आज शेयर बजार सामान्य बढ्यो

आज शेयर बजार सामान्य बढ्यो

आर्थिक, समाचार
बैशाख ७  आज शेयर बजार सामान्य बढेको छ । नेप्से मङ्गलवार २.६८ अङ्कले बढेर २६ सय ६४.६१ विन्दुमा पुगेको छ । बैंकिङ, निर्जीवन बीमा, लगानी र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । व्यापार समूहको शेयर ३४ अङ्कले बढेको छ, होटल तथा पर्यटन समूहको शेयर साढे एक अङ्कले, जलविद्युतको ३१ अङ्कले, विकास बैंक समूहको ४८ अङ्कले, फाइनान्सको झण्डै पाँच, माइक्रो फाइनान्सको ६ र जीवन बीमा समूहको शेयर ५४ अङ्कले बढेको छ । दुई सय १६ कम्पनीका एक करोड २३ लाख कित्ता शेयर पाँच अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नागरिक लगानी कोषको २१ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो । युनाइटेड मर्दी हाइड्रो, महिला लघुवित्त, ज्योति लाइफ र हिमालय ऊर्जा विकास कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि मङ्गलवार समृद्धि फाइनान्स, ओरियन्टल फाइनान्स र छ्याङ्दी जलविद्युत्...
अस्पताललाई बिरामीको उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन

अस्पताललाई बिरामीको उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन

समाचार, स्वास्थ्य
बैशाख ७  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल आइपुगेका बिरामीहरूको उपचारका लागि राम्रो व्यावस्था मिलाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले आज एक विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचारका लागि पुगेका बिरामीले सास्ती भोग्नुपरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । कोरोनाको बढ्दो सङ्क्रमणसँगै अस्पतालहरूको नियमित तथा आकस्मिक सेवा प्रवाहमा नागरिकले सास्ती भोग्नुपरेको गुनासो आएकाले बिरामीको उपचारमा राम्रो व्यवस्था मिलाउन सबै अस्पताललाई मन्त्रालयले निर्देशन दिएको हो । अस्पताल आइपुगेका बिरामीहरूको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको समन्वय गरेर मात्रै पठाउन अस्पतालाई निर्देशन रहेको छ ।...
माछा मार्ने क्रममा नदीमा खसेर एकको ज्यान गयो

माछा मार्ने क्रममा नदीमा खसेर एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख ७ संखुवासभामा माछा मार्ने क्रममा नदीमा खसेर एक जनाको ज्यान  गएको छ । मकालु गाउँपालिका–३ एकुवाफेदी का ३० वर्षीय रामजी तामाङको नदिमा खसेर ज्यान गएको हो । सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदिमा माछा मार्ने क्रममा तामाङ ढुङगामा चिप्लिएर नदीमा खसी बेपत्ता भएका थिए । प्रहरी र स्थानियबासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ बजे डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुंगाको बिचमा तामाङको शप फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द

कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द

समाचार, स्वास्थ्य
वैशाख ७ बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का ६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा कार्यालयको ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर गर्दै वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडा कार्यालयले जनाएको छ । दुई जना कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो खोजिने जनाएको छ । दुई जना कर्मचारीको रिपोर्ट शनिबार र चार जनाको रिपोर्ट सोमबार राति आएको जनाएको छ । संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।...
सुन घट्यो

सुन घट्यो

आर्थिक, समाचार
बैशाख ७  आज सुनको भाउ घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले घटेर तोलाको ९० हजार सात सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँद िब्यावसायी महासंघले जनाएको छ । हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।