Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

सिद्धिचरण राजमार्गको कटारी– घुर्मी सडकखण्ड अनिश्चित कालिन बन्द

सिद्धिचरण राजमार्गको कटारी– घुर्मी सडकखण्ड अनिश्चित कालिन बन्द

समाचार
पूर्णपुष्टि,वैशाख ७ सिद्धिचरण राजमार्ग अन्र्तगत उदयपुरको कटारी – घुर्मी सडकखण्ड सोमबारदेखि अनिश्चितकालिन बन्द गरिएको छ । सडक स्तरोन्नतीको माग गर्दै अनिश्चितकालिन रुपमा सडकखण्ड बन्द गरिएको हो । कटारी–घुर्मी सडकखण्ड स्तरोन्नती संघर्ष समितिका संयोजक तथा कटारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दिपक बुढाथोकी (सरोज)ले कटारी–घुर्मी सडकखण्डको घुर्मी, वेतेनी र पट्नाभञ्ज्याङ्गमा स्थानीयले स्वतस्फुर्त रुपमा समितिको अगुवाईमा सडकखण्ड अनिश्चित कालिन बन्द सुरु गरेको बताउनुभयो । सवारीसाधनहरु अनिश्चितकालिन रुपमा रोकिएपछी यात्रुहरु अलपत्र परेका छन् । समितिले यसअघि तत्काल सडकखण्ड स्तरोन्नतीका लागि विभिन्न सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएको थियो । सरोकारवालाहरुले ज्ञापन पत्रको मागमा ध्यान नदिएपछी वन्द सुरु गरिएको संघर्ष समितिका संयोजक बुढाथोकीले बताउनुभयो । स्थानीयले समितिको नेतृत्वमा श...
ग्ल्यामर गफ को प्रशारण अनिश्चितकालको लागि बन्द

ग्ल्यामर गफ को प्रशारण अनिश्चितकालको लागि बन्द

मनोरञ्जन, समाचार
पुर्णपुष्टि, बैशाख ७ रगं पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा चलाउदै आएको मनोरञ्नात्मक कार्यक्रम ( रजतपट र ग्ल्यामर गफ ) अनिश्चित कालको लागि बन्द गरीएको छ । एपीवन टेलिभिजनको बोर्ड बैठकले सुवेदीको विवादस्पदको कार्यक्रमलाई अनिश्चित कालको लागी बन्द गरेको छ । सुवेदिले एपीवान टेलिभिजनमा चलाउदै आएको ( रजतपट) कार्यक्रममा नायिका शिल्पा पोखरेलको बारेमा एउटा समाचार प्रशारण गरेका थिए । समाचार प्रशारण हुने बित्तिकै शिल्पाले एपीवानमा आफ्नो चरित्र हत्या गरिएको भन्दै उजुरी गरेका थिए । शिल्पाले उजुरी लगाएपछि एपीवनको बोर्ड बैठकले शिल्पाको अन्तरवार्ता भन्दा उनी सम्बन्धित अरु कुनै पनि रिपोर्ट प्रशारण नगर्न भनिएर सुवेदीलाई पत्र बुझाएको थियो । सुवेदीले नै चलाउँदै गरेको( ग्ल्यामर गफ ) कार्यक्रममा निर्माता छविराज ओझासंगको अन्तरवार्ता प्रशारण भएको थियो । यस अन्तरवार्ताको प्रशारण भएपछि शिल्पाले कार्य...
चट्याङ र हावाहुरीसहति पानी पर्ने सम्भावना

चट्याङ र हावाहुरीसहति पानी पर्ने सम्भावना

समाचार
बैशाख ७  आज केहि पहाडी भेगमा मेघगर्जन, चट्याङ र हावाहरीसहित पानी पर्ने सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुसमान महाशाखाले जनाएको छ । दिउँसोपछि पश्चिमी क्षेत्रमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिएको महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर बाँकी ठाउँको मौसम आंशिक बद्ली रहने जनाएको छ ।...
नेपालमा वायु प्रदूषण घट्यो

नेपालमा वायु प्रदूषण घट्यो

समाचार, स्वास्थ्य
बैशाख ७  नेपालको वायु प्रदूषण घट्दै गएको छ । केही दिनअघि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेपछि वायु प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ । केही दिनअघि काठमाण्डौ विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा रहेको थियो ।  काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा प्रदूषण कम भएको भए पनि नेपालका केही ठाउँहरु अझै प्रदूषित देखिएका जनाएको छ । अतिहानिकारक अवस्था नरहेको तर केही ठाउँमा प्रदूषण भने कायमै रहेको जनाईएको छ । धनगढी, हेटौँडालगायत ठाउँको प्रदूषण मापन गर्ने एक्यूआई अहिले पनि १ सयभन्दा धेरै रहेको छ । काठमाण्डौसहितका सहरको वायु प्रदूषण घटे पनि जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।...
के कोरोना भाइरस महामारीको समयमा यौन सम्पर्क गर्न सुरक्षित हुन्छ?

के कोरोना भाइरस महामारीको समयमा यौन सम्पर्क गर्न सुरक्षित हुन्छ?

स्वास्थ्य
डा. एलेक्स जर्ज: यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ । एलिक्स फक्स: आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ।-बिबिसीवाट...
१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

समाचार
यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ । जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्षणकालीन लाइसेन्स वितरण गरिएको छैन,’ उनले भने, ‘चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गर्न लागेका हौं ।’ सवारी तथा यातायात व्यवस्था ऐन, चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा उत्तीर्ण भएकालाई लाइसेन्स दिने व्यवस्था गरेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राख...
आज सेतो मच्छिन्द्रनाथको रथयात्रा

आज सेतो मच्छिन्द्रनाथको रथयात्रा

समाचार
बैशाख ७  आजदेखि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने भएको छ । रथयात्रा दिउँसा ४ बजे काठमाण्डौको इन्द्रचोक नजिकै रहेको केलटोलबाट देवताको खट दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिने छ । कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर रथयात्रा गर्न लागिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । जात्राका लागि काठमाण्डौ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्थासमेत मिलाइएको छ । गत बिहीवार काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छिन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी रथयात्रा गर्न...
अप्ठ्यारोमा नेपाल : न यता न उता, गर्लान् त पार्टी  विभाजन  ?

अप्ठ्यारोमा नेपाल : न यता न उता, गर्लान् त पार्टी विभाजन ?

समाचार
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका धेरैजसो नेता कार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेपाल कठिन परिस्थितिमा पुगेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेतालाई जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्रै संघर्ष गर्नुपर्ने लाइन बलियो भएको छ । जिम्मेवारी पनि खोसिएको र अब हुने निर्वाचनमा आफूहरुले टिकट पाउने सम्भावना पनि नदेखेपछि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षका केही नेताले अर्को पार्टी निर्माण गर्ने पहल थालेपछि त्यसो नगर्न दबाब बढेको हो । ‘धेरै साथी एमाले विभाजन गर्नुहुँदैन भनेर लाग्नुभएको छ । माधव नेपाल आफै पनि यो विषयमा मौन देखिनुभएको छ । पार्टी विभाजन गरेर माओवादीसँग एकीकरण गर्ने भन्ने कुरा स्वीकार गर्ने अवस्था छैन,’ नेपाल पक्षका एक नेताले ...
कुन अवस्थामा हट्लान् ओली ?

कुन अवस्थामा हट्लान् ओली ?

समाचार
ओलीकै नेतृत्वमा चुनावमा जान नहुने पक्षमा माओवादी मात्र होइन, कांग्रेस र जसपाका नेताहरुसमेत छन् । सत्ताका सबै अवयवहरु नियन्त्रणमा लिई ओलीले निष्पक्ष निर्वाचन गराउनेमा अन्य दलका नेताहरुलाई आशंका छ । जसपाका एक नेताका अनुसार निर्वाचनमा पनि जाने र ओलीलाई पनि हटाउन सकिने विकल्प संविधानको धारा ७६ (५) मा पुगेपछि रहन्छ । उनका अनुसार अल्पमतले सरकार बनाउने ठाउँसम्म ओलीलाई साथ दिनुपर्छ । अल्पमतले सरकारले विश्वासको मत नपाउनासाथ सरकार निर्माणका लागि संविधानको धारा ७६ (५) आर्कषित हुन्छ । त्यतिबेला तीन दल मिलेपछि ओलीलाई हटाउन र निर्वाचनमा जान पनि सकिन्छ । यो समाचार आजकोकान्तिपुर दैनिकमा छ ।...
सत्ता टिकाउने ओलीको अर्को यतिठुलो चलखेल

सत्ता टिकाउने ओलीको अर्को यतिठुलो चलखेल

समाचार
सत्ताका लागि नेकपा एमाले पार्टीमात्र नभई देश र जनतालाई नै दाउमा राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला अर्को कुटिल चाल चल्ने संकेटहरु देखिइसकेको छ । उनले सत्ताकै लागि फेरि अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई कार्डका रुपमा फालेका छन् । अमेरिकाले सामरिक स्वार्थका लागि सैन्य रणनीतिका साथ अगाडि सारेको एमसीसीप्रति ओलीको चासो सत्ता जोगाउने चालका रुपमा लिइएको छ । नेपाली काँग्रेसलाई एमसीसीको एजेन्डामा नजिक्याएर आफूविरुद्ध बन्दै गरेको सत्ता समीकरणबाट शेरबहादुर देउवालाई पछि हट्ने अवस्था सिर्जना गर्न ओलीले एमसीसी कार्ड फालेको राजनीतिक विश्लेषण गरिएको छ । यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।...