Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

फेरी लकडाउन हुने

फेरी लकडाउन हुने

समाचार
छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने स्थिति भयावह भएर जाने र लकडाउन गर्नुपर्ने अवस्था आउने चिकित्सकले बताएका छन् । कोरोना संक्रमण सम्बन्धमा अन्तर्राष्ट्रि रुपमा नै गहन अध्ययन गर्दै आइरहेका विज्ञ डा. रमेशकुमार आचार्यले नेपालमा युके भेरियन्ट र ब्राजिलियन एपी वान इन्फेक्सन भाइरस भित्रिसकेकाले स्थिति अझै भयावह भएर जान सक्ने भन्दै सचेत र सतर्क रहन सबैलाई आग्रह गरेका छन् । ‘नेपालमा ब्राजिल, युके र इन्डियाको नयाँ भेरियन्ट भित्रिसकेको छ र समुदायमा फैलिसकेको छ त्यसैले आगामी दिन झनै जटिल र भयावह बन्न सक्ने देखिन्छ ।’ विज्ञ डा. आचार्यले भने। यो समाचार आजको राजधानी दैनिकमा छ ।...
भारतले १८ बालबालिकालाई कोरोना खोप दिने

भारतले १८ बालबालिकालाई कोरोना खोप दिने

समाचार, संसार, स्वास्थ्य
वैशाख ७  भारत सरकारले १८ वर्षभन्दा कम उमेरका सवैलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेको छ । यो निर्णय मे महिनाको १ तारिखदेखि लागु हुने छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार १ मे देखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने जनाईएको छ । यसअघि ४५ वर्षभन्दा बढी उमेरकालाई मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो । १ मेदेखि भारतमा कोरोनाविरुद्धको खोप अभियानको तेस्रो चरण सुरु हुने छ । यो चरणमा खोप लगाउने कार्यलाई तीव्रता दिने र त्यसको दायरा पनि बढाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरण १६ जनवरीदेखि सुरु भएको थियो । सुरुमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएकाहरुलाई दिइएको थियो । खोपको दोस्रो चरण १ मार्चदेखि सुरु भएको थियो । दोस्रो चरणमा ४५...
लागूऔषध सहित १ जना पक्राउ

लागूऔषध सहित १ जना पक्राउ

समाचार
मोरङ, बैशाख ७ मोरङको बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर–४  कञ्चनबारीबाट सुनसरी धरान–८ का ३२ बर्षीय दिपेन तामाङ पक्राउ परेको हो । सोमबार दिउसो साढे २ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तामाङमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
भारतमा एकैदिन २ लाख ५६ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन २ लाख ५६ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
बैशाख ७  भारतमा एकैदिन २ लाख ५६ हजारभन्दा धेरै कोरोना सङ्क्रमित पुष्टि भएको छ । यो एकैदिन सङ्क्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जनाभन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५ सय ५० पुगेको छ । त्यस्तै कोरोना सङ्क्रमितको संख्या अस्वाभाविक रुपमा बढेसँगै भारतको केरला राज्यमा रात्रिकालीन कर्फ्यु लगाउने घोषणा भएको भारतीय संचारमाध्यमले जनाएका छन् । आज रातिदेखि लागू हुने गरेर केरला सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरेको जनाईएको छ ।...
पत्रकार महासंघ उदयपुरकाे नयाँ कार्यसमितिकाे पदस्थापन

पत्रकार महासंघ उदयपुरकाे नयाँ कार्यसमितिकाे पदस्थापन

समाचार
पूर्णपुष्टि, बैशाख ६ । नेपाल पत्रकार महासंघ उदयपुरकाे नयाँ निर्वाचित कार्यसमितिकाे पदस्थापन आज भयाे । निर्वाचन समितिकाे संयाेजक काैशल चेम्जाेङले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पदास्थापन गराई प्रमाण पत्र प्रदान गर्नुभयाे । साै प्रदेश, केन्द्र पार्षदहरु र सल्लाहकारलाई पनि प्रमाणपत्र प्रदान गर्नुभयाे । अध्यक्ष भरत खड्का, उपाध्यक्ष पर्शुराम थापा, समावेशि उपाध्यक्ष गंगा राई, सचिव विश्वराज तामाङ, सहसचिव रिसि राई, समावेशि सहसचिव देवराज राई र काेषाध्यक्ष गणेश उप्रेतीकाे पदस्थापन भयाे । सदस्यहरु बुद्धि चामलिङ, सराेज निराैला, दिनेश चामलिङ, रन्जु दनुवार, करुना कार्कि, किरन ढुंगाना, युवराज कार्कि (सन्ताेष), हाेम बस्नेत, शंकर रिखाम मगर, चन्द्र राई र कुमार माेतेकाे पदस्थापन भयाे । केन्द्रिय पार्षदहरु भक्तिविलास पाेखरेल, कुशलबाबु बस्नेत, प्रदेश पार्षदहरु केदार थापा, विकास बस्नेत, यदु ढकाल,...
कुखुराको मासुको ४३० रुपैयाँ केजी पुग्यो

कुखुराको मासुको ४३० रुपैयाँ केजी पुग्यो

समाचार
वैशाख ६ काठमाडौं उपत्यकामा तयारी ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४ सय ३० रुपैयाँ पुगेको छ । आइतबार बेलुकीबाट लागू भएको जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँँले बढ्दा मासुको भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघको आइतबार बसेको बैठकले जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३ सय १० रुपैयाँ तोकेको थियो । यो अहिलेसम्मकै महंगो मुल्य हो । बजारमा मागको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएपछि जिउँदो कुखुराको मूल्य बढेको संघले जनाएको छ । जिउँदो कुखुराको भाउ बढ्नुको असर तयारी मासुमा पनि परेको संघले जनाएको छ । तयारी मासुको कोल्ड स्टोर थोक मूल्य बढेसँगै खुद्रामा मासुको भाउ प्रतिकिलोमा ४ सय ५० रुपैयाँसम्म पुगेको हुनसक्ने संघले जनाएको छ । यस अघिको लकडाउनका कारण मझौला तथा साना कुखुरा पालक किसान व्यवसायबाट विस्थापित हुँदा कुखुराको उ...
गाडी चढ्दा मास्क अनिवार्य

गाडी चढ्दा मास्क अनिवार्य

समाचार
बैशाख ६ सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क अनिवार्य गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक गाडीमा मास्क अनिवार्य गर्ने र मास्क नलगाएकालाई गाडी चढ्न नदिने निर्णय गरेको हो । सरकारले माक्स नलगाएकालाई चढ्न नदिन गाडी चालक र सहचालकलाई निर्देशन दिएको छ । त्यस्तै चालक या सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क बेच्न पाउने छन् । त्यस्तै चालक र सहचालकले पनि मास्क अनिवार्य लगाउने, गाडीमा अनिवार्य स्यानिटाइनर राख्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउने नियम पनि सरकारले जारी गरेको छ । लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउने छन् । बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । उनीहरूले गाडीमा रहेका यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।...
प्रमाणपत्र किर्ते गर्ने ७ जना डाक्टर पक्राउ

प्रमाणपत्र किर्ते गर्ने ७ जना डाक्टर पक्राउ

समाचार
बैशाख ६  एसएलसीको प्रमाणपत्र किर्ते गर्ने सात जना डाक्टरहरू पक्राउ परेका छन् । बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्न जानका लागि एसएसलीको प्रमाणपत्रमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरण सच्याइ त्यही किर्ते प्रमाणपत्रको आधारमा बङ्गलादेशमा एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएका र अहिले विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । न्युरो हस्पिटल विराटनगरमा कार्यरत मोहमद सिद्दिक, जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत सुभाषप्रसाद साह, दीर्घायु गुरु हस्पिटल चावहिलमा कार्यरत मोहम्मद शाहिद राजा, चौरझारी मिसन हस्पिटल पश्चिम रुकुममा कार्यरत दिपेन्द्र गौतम, मोरङबाट अखिलेशकुमार देव, भक्तपुरबाट पल्लवी सिंह र ललितपुरबाट फराज हुसेन खाँ पक्राउ परेको प्रहरीले जनाएको छ ...
जिल्ला स्तरीय बतृत्वकला प्रतियोगिताका उत्कृष्टहरुलाई प्रमाण पत्र प्रदान

जिल्ला स्तरीय बतृत्वकला प्रतियोगिताका उत्कृष्टहरुलाई प्रमाण पत्र प्रदान

समाचार
पूर्णपुष्टि, बैशाख ६ जिल्ला स्तरीय बतृत्वकला प्रतियोगितामा सहभागी प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने ३ जनालाई संगम सामुदायीक पुस्तकालयले प्रमाण पत्र प्रदान गरेको छ । पुस्तकालयको नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रम सँगै प्रतियोगितामा उत्कृष्ट हुने ३ जनालाई हार्दिक बधाई सहित प्रमाण पत्र वितरण गरिएको हो । २६ ओटा स्कुलबाट सहभागी भएका प्रतियोगीहरु मध्ये प्याराडाईज बोर्डिङ स्कुलकी प्रकृति खड्काले प्रथम स्थान हाँसिल गरिन् । उनिले जिल्लामा प्रथम स्थान हाँसिल गर्दै १ नं प्रदेश स्तरीय वतृत्वकला प्रतियोगितामा समेत उदयपुर बाट सहभागी जनाउने अवसर पाईन् । यस्तै जिल्ला स्तरीय तर्फ सगरमाथा बोर्डिङ स्कुल बाट सहभागी अपेक्षा राना मगरले दोस्रो स्थान हाँसिल गरिन् भने लक्ष्मीपुर माविका शंकर बिष्टले तेस्रो स्थान हाँसिल गरेको छ । उनिहरुलाई प्रदेश नं १ की सांसद अम्विका थापा र पुस्तकालयका अध्य...