Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

कलाकार मदनकृष्णसहित एकैघरका ५ जनालार्ई कोरोना संक्रमण पुष्टि

कलाकार मदनकृष्णसहित एकैघरका ५ जनालार्ई कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
वैशाख ६  वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कलाकार श्रेष्ठले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । कोरोना संक्रमण देखिएपछि सास्ती हुने र यसलाई खेलाँची नगर्न पनि उनले सबैलाई आग्रह गरेका छन् । जति सकिन्छ कोरोनाबाट सतर्क रहन आग्रह गरेको हो । कलाकार श्रेष्ठको सोमबार जन्मदिन पनि हो । जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई उनले धन्यवादसमेत दिएका छन् ।...
नेपालमा थप १२ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १२ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ६  नेपालमा थप १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक जनाको पीसीआर परीक्षण गर्दा १२ सय २७ जनामा र पाँच सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो । कुल ७५ सय ४८ परीक्षणको १६.९७ प्रतिशत अर्थात् १२ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नमुना परिक्षण गरेको मध्ये पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खतरनाक अवस्था मान्दै आएको छ । नेपालमा पछिल्लो एक हप्तादेखि परीक्षण गरिएका नमुनाको १५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ । सोमवार थपिएकासँगै नेपालमा अहिलेसम्म दुई लाख ८५ हजार नौ सय जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक जनासहित आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्...
अस्पतालले भर्ना नलिदा आरडीटी पोजेटीभ उदयपुरकी एक महिलाको मुत्यु

अस्पतालले भर्ना नलिदा आरडीटी पोजेटीभ उदयपुरकी एक महिलाको मुत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख ६ आरडीटी पोजेटिभ देखिएकी उदयपुरको कोरोना संक्रमित एकजना महिलाको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । त्रियुगा नगरपालिका–६ जलजलेकी ३५ वर्षीया जैनव खातुनको आज (सोमबार) बिहान समयमा उपचार नपाएर मृत्यु भएको हो । विराटनगरको करिब आधा दर्जन अस्पताल चर्हादा चहार्दै हस्पिटलले उपचार गर्न र भर्ना लिन नमानेपछि महिलाको मृत्यु भएको आफन्तहरुले बताएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार बिहान करिब ३ बजे विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । इमर्जेन्सीबाट आईसीयूमा ‘सिफ्ट’ गर्नुअघि आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पतालले भर्ना गर्न नमानेको परिवारको भनाई छ । बिरामी लिन नमानेपछि गोल्डेन अस्पतालबाट बुढीगंगा गाउँपालिका–२ मा करिब ८ किलोमटर टाढा रहेको विराट मेडिकल कलेज पु¥याए । त्यहाँ पनि भर्ना लिन नमानेको एम्बुलेन्स चालक राजा मियाले बताए ।चिकित्सको सुझाब...
नेप्से साढे ३७ अङ्कले घट्यो

नेप्से साढे ३७ अङ्कले घट्यो

समाचार
बैशाख ६  आज शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से ३७.५८ अङ्कले घटेर २६ सय ६१.९३ विन्दुमा झरेको छ । हिजो पनि नेप्से झन्डै ३६ अङ्कले घटेको थियो । बैंकिङ समूहको शेयर झण्डै ३५ अङ्कले, विकास बैंकको ५६ अङ्कले, व्यापार समूहको एक सय सात, होटल तथा पर्यटनको दुई सय ४०, जीवन बीमा समूहको शेयर एक सय २९ अङ्कले निर्जीवन बीमा समूहको दुई सय ३९ अङ्कले, उत्पादनको ४१, अन्यको २६, माइक्रोफाइनान्स समूहको शेयर ६२ अङ्कले घटेको छ । जलविद्युत र फाइनान्स समूहको शेयर भने सामान्य बढेको छ । दुई सय १३ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भए । नागरिक लगानी कोषको मात्रै २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको शेयर झण्डै १० प्रतिशतले घटेको छ । सोमवार प्रतिकित्ता २४ सय १ रुपैयाँबाट कारोबार सुरु भएको चन्द्रागिरिको शेयर बजार बन्द ...
बैशाख अन्तिमसम्म चलचित्र भवनहरु बन्द

बैशाख अन्तिमसम्म चलचित्र भवनहरु बन्द

मनोरञ्जन, समाचार
पुर्णपुष्टि, बैशाख ६  नेपाल सरकारले बैशाख अन्तिमसम्म धेरै भीडभाड हुने सबै क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । त्यसमा फिल्मि हलहरु पनि समावेश छन् । शहरी क्षेत्रमा कोभिड–१९ को जोखिम बढेको भन्दै आज गरेको मन्त्रिपरिषद्को  बैठकमा विद्यालय , चलचित्र भवन , रात्रीकालिन व्यपसाय लागायतको क्षेत्रहरु सञ्चालनमा नल्याउने सरकारले निर्णय गरेको हो । गएको वर्षमात्रै पौष २६ गते देखि सरकारले ५० प्रतिशत अकुपेन्सिमा हलहरु सञ्चालन गर्न दिएको थियो । हलहरु सञ्चालनमा आयतापनि चलचित्र हेर्न आउने दर्शकहरुको उपस्थिति भने पातलो देखिएको थियो । हलहरु सञ्चालनमा आएको ३ महिनामा फेरी बन्द गरिने भएको छ । ३ महिनासम्म खुलेको हलमा नयाँ विदेशी र नेपाली फिल्म  रिलिज भएतापनि हलमा दर्शकको उपस्थिती भने पातलो देखिएको थियो । बैशाख अन्तिमसम्म फिल्मी हलहरु बन्द भएपछि कहिले देखि सरकारले सञ्चालनमा ल्याउने, त्यो अनुमान गर्न नसकिन...
सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त

समाचार
बैशाख ६  राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त गर्नुभएको छ । उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहनुभएका झापाका डाक्टर कुमार चुडाल र उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश रहनुभएका म्याग्दीका नहकुल सुवेदीलाई राष्ट्रपति भण्डारीले सोमवार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । एक विज्ञप्ति जारी गर्दै न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले दुई न्यायाधीशलाई नियुक्त गरेको जानकारी गराईएको छ ।...
अव काठमाण्डौँमा दैनिक १७ करोड लिटर पानी

अव काठमाण्डौँमा दैनिक १७ करोड लिटर पानी

समाचार
बैशाख ६  आजदेखि दैनिक १७ करोड लिटरका दरले मेलम्चीको खानेपानी वितरण गर्न थालिएको छ । गत चैत १५ गतेदेखि काठमाण्डौ उपत्यकाका उपभोक्ताको धारामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । प्रणालीले नधान्ने डरले दैनिक चार करोड लिटरबाट सुरु गरिएको पानी आज १७ करोड लिटरमा पुगेको खानेपानी मन्त्रालयले जनाएको छ । १७ करोड लिटर पानी प्रणालीमा पठाउँदा पनि ठूलो समस्या नदेखिएको र यो एकदमै खुसीको कुरा भएको जनाईएको छ । पुरानै प्रणालीबाट वितरण गरिएका केही ठाउँमा पाइप फुट्ने समस्या देखिए पनि नयाँ प्रणाली र ठूला पाइपमा समस्या देखिएको छैन । गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।...
फलामले किचेर मजदुरको ज्यान गयो

फलामले किचेर मजदुरको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख ६ सुनसरी दुहबी नगरपालिका–२ स्थित रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फरामले किचेर ज्यान गएको छ । सप्तरी छिन्नमस्ता–२ का ४० वर्षीय दिपेन्द्र यादबको ज्यान गएको हो । आज बिहान ६ बजे सोही फ्याक्ट्रीका कामदार यादबले फलाम पल्टाउँदा सोही फलामले किचेर घाईते भएका थिए । उनलाई उपचारको लागी न्युरो अस्पताल विराटनगरमा पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषित गरेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।...
ट्रकको ठक्करबाट साईकल यात्रीको ज्यान गयो

ट्रकको ठक्करबाट साईकल यात्रीको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख ६ झापा मेचीनगर नगरपालिका–७ स्थित पुर्व पश्चिम राजमार्ग ट्रकको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ । मेचीनगर नगरपालिका–८ जोर सिमलका ३० वर्षीय मनोज मेचेको ट्रकको ठक्करबाट ज्यान गएको हो । आज बिहान साढे ९ बजे पुर्व  जादै गरेको डब्लु वि ७३ वि ३३२४ नम्बरको ईन्डियन  ट्रकले साईकललाई ठक्कर दिँदा साईकल यात्री मेचे गम्भिर घाईते भएका थिए । उनको विएन्सी अस्पतालमा उपचारको क्रममा बिहान सँवा १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।...
पेस्तोलसहित एक पक्राउ

पेस्तोलसहित एक पक्राउ

समाचार
पूर्णपुष्टि, वैशाख ६ सुनसरी कोशी गाउपालिका–४ स्थित जुद्धगंजबाट हतियार सहित एकजना पक्राउ परेका छन् । सप्तरी कन्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई गत राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो । मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई बिशेष सुराकका आधारमा पक्राउ गरी उनी माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । उनी उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...