Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

हराएका रसियन पर्वतारोही सम्पर्कमा आए

हराएका रसियन पर्वतारोही सम्पर्कमा आए

समाचार
वैशाख ६ ।  अन्नपूर्ण आरोहणका क्रममा हराएको भनिएका तीन रसियन नागरिक सम्पर्कमा आएका छन् । ती पर्वतारोही हराएको नभई आधार शिविरमा ढिला आइपुगेको पर्यटन विभागले जनाएको छ । यसअघि सोमबार बिहान तीन रसियन नागरिक अन्नपूर्ण आरोहणका क्रममा हराएको खबर सार्वजनिक भएको थियो । अन्नपूर्ण हिमाल आरोहणका लागि यो वर्ष कुल ४ समूहका ४४ जनाले अनुमति लिएका थिए । यी सबै विदेशी नागरिक हुन् । उनीहरुको साथमा पुगेका हाइअल्टिच्युड वर्कर तथा गाइडहरु समेत गरी दर्जनौं आरोही अन्नपूर्ण चुचुरो पुगेका छन् । यद्यपि यसको यकिन तथ्यांक नआइसकेको जनाएको छ । प्रारम्भिक तथ्यांक अनुसार अनुमति लिएकामध्ये २९ जना आरोही चुचुरो पुगेको खबर छ । यसबारे त्यहाँ खटिएका सम्पर्क अधिकृतले प्रमाणित गरेपछि मात्र संख्या यकिन हुने छ ।...
सुचाँदी व्यावसायीको गोली हानी हत्या गरको आरोपमा चार वर्ष पछि एकजना पक्राउ

सुचाँदी व्यावसायीको गोली हानी हत्या गरको आरोपमा चार वर्ष पछि एकजना पक्राउ

समाचार
पूर्णपुष्टि, वैशाख ६ सुचाँदी व्यावसायीको गोली हानी हत्या गरको आरोपमा चार वर्ष पछि प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको अभियोगमा लालबन्दी नगरपालिका–२ का सञ्जीव पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हरिपुर नगरपालिकामा सुनचाँदी व्यवसाय गर्दै आएका सुनिल साहको २०७४ साल असोज २४ गते राति गोली हानी हत्या गरिएको थियो । उनका अनुसार सुनिल आफ्ना पिता नागेन्द्रसँगै पसल बन्द गरेर आफ्नो घर कविलासी नगरपालिका–२ तर्फ जाने क्रममा हरिपुर नगरपालिका–९ पडारी र पिपरियाको बीच बाटोमा सञ्जीव पासवान समेतले सुनिललाई गोली हानी हत्या गरेर सुन चाँदी तथा नगद ७ लाख १९ हजार लुटपाट गरेको अभियोग छ । घटनापछि अनुसन्धानको क्रममा पक्राउ परेका जयप्रकाश पासवान र उमेश पासवानलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । सञ्जीवलाई भने इलाका प्रहरी कार्यालय हरिपुरब...
लेखक तथा साहित्यकारलाई परिचयपत्र

लेखक तथा साहित्यकारलाई परिचयपत्र

समाचार, साहित्य
बैशाख ६ । लेखक/साहित्यकारलाई परिचयपत्र दिने नेपाल प्रज्ञा–प्रतिष्ठानले कार्यविधि तयार गरेको छ । ‘लेखक/साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ । संशोधनसहित कार्यविधि तयार पार्न प्राज्ञ परिषद् सदस्य प्राडा. योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको जनाएको छ । कुलपति  उप्रेतीले देशका वाङ्मय साधकलाई परिचयपत्र दिने पहिलेदेखिकै योजनालाई कार्यान्वयन गर्न यही महीनाभित्र राष्ट्रपतिबाट परिचयपत्र वितरण सुरुआत गरिने जनाएको छ । प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले ‘लेखक÷साहित्यकार परिचयपत्र’ नामकरण गरिएको परिचयपत्रमा लेखक÷साहित्यकारको नाम÷उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ । परिचयपत्र पाउन सम्बन्धित ले...
ब्राउन सुगरसहित १ भारतिय नागरिक पक्राउ

ब्राउन सुगरसहित १ भारतिय नागरिक पक्राउ

समाचार
झापा, बैशाख ६ झापाको दमक नगरपालिका–६ नमुना मार्गबाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषधसहित भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत का २६ बर्षीय सिद्धिक आलम पक्राउ परेको हो । आईतबार दिउसो साढे १ बजे प्रहरीले चेकजाच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग्राम १ सय ६० मिलिग्राम फेला पारी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लागुऔषधसहित पक्राउ परेकामाथी थप अनुसन्धान प्रहरीले जनाएको छ ।...
जिप दुर्घटनामा चालकको मृत्यु

जिप दुर्घटनामा चालकको मृत्यु

समाचार
तेह्रथुम, बैशाख ६  तेह्रथुममा जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । तेह्रथुम ७ लाप्छायाङ टोलमा जिप अनियन्त्रीत भई भिरबाट खस्दा चालक तेह्रथुम मन्छायायेम गाऊपालाक–५ का ४६ बर्षीय कृष्ण खापुङको मृत्यु भएको हो । गतराती साढे ९ बजे म्याङलुङ देखि मोराहाङ तर्फ जादै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जिप चालक खापुङ गम्भिर घाईते भएको थियो । घाईते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जिपमा अन्य सवार कोही नभएको प्रहरीले जनाएको छ ।...
हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

समाचार
बैशाख ६  सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको हो । सरकारको हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।...
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

शिक्षा, समाचार
बैशाख ६  सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गर्ने निर्णय गरेको हो ।  विद्यालय बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको काठमाण्डौ उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्जलगायत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बालबालिका उच्च जोखिममा परेपछि आजको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने पनि निर्णय गरेको छ । त्यस्तै, रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको जनाईएको छ । रातिको समयमा डान्सब...
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

समाचार
बैशाख ६ । आज दिउँसो नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी सङ्गठनबारेमा छलफल हुने जनाईएको छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता तथा नयाँ समीकरणका बारेमा पनि छलफल हुनेछ । अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता भङ्ग गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी केन्द्र नयाँ सरकार बनाउने कसरतमा जुटेको छ । यसका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपासँग दिनहुँजसो छलफल गर्दै आएको छ । तर, माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले कुनै  पनि औपचारिक निर्णय गरेका छैनन् ।...
कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

समाचार
बैशाख ६ । आज दिउँसो नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । तयारी नपुगेको भन्दै हिजो स्थगित गरेको बैठक दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने छ । कांग्रेसको संस्थापन पक्षले आउँदो भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।...
राष्ट्र बैंकले ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

आर्थिक, समाचार
बैशाख ६ । आज नेपाल राष्ट्र बैंकले पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । एक सूचना जारी गर्दै बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । झण्डै २० करोडको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो साउन ५ गते परिपक्व हुनेछ । यस्तै पाँच अर्बको ट्रेजरी बिल भने जम्मा एक सय ८२ दिनका लागि बिक्री गरिने छ । यो बिल भने आउँदो कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते झण्डै २० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।...