Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

त्रिदेशीय सिरिजमा नेपाल र मलेसिया खेल्दै

त्रिदेशीय सिरिजमा नेपाल र मलेसिया खेल्दै

खेलकुद, समाचार
बैशाख ६ ।  आज त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे सुरु हुने जनाईएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने  मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ । अहिलेसम्म नेपाल र मलेसियाबीच चार वटा टी–ट्वान्टी र चार टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले तीन टी–ट्वान्टी र तीन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।...
महानगरका पूर्व मेयर एवम् पूर्वमन्त्री सुवालको निधन

महानगरका पूर्व मेयर एवम् पूर्वमन्त्री सुवालको निधन

समाचार
बैशाख ६  काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर एवम् पूर्वमन्त्री प्रयागराज सिंह सुवालको ९३ वर्षको उमेरमा निधन भएको छ । आइतवार बेलुकी ७ः५५ मा आफ्नै निवास काठमाण्डौ ओमबहालमा सुवालको निधन भएको हो । सुवाल लामो समयदेखि उच्च रक्तचाप र मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । अहिले बिहान १० बजेसम्म उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि ओमबहालमा राखिने जनाएको छ । त्यसपछि उहाँको आजै अन्तिम संस्कार गरिनेछ । २०१० सालमा भएको काठमाण्डौ नगरपालिकाको पहिलो निर्वाचनमा सुवाल नगर उपसभापति (उपमेयर) मा निर्वाचित हुनु भएको थियो भने काठमाण्डौ नगरपालिकाको दोस्रो निर्वाचनमा सुवाल मेयरमा निर्वाचित हुनु भएको थियो । सुवाल २०३० सालमा नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रीत्व कालमा यातायातमन्त्री बन्नुभएको थियो । राणा शासकले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई म...
आज साँझपख पानी पर्न सक्ने सम्भावना

आज साँझपख पानी पर्न सक्ने सम्भावना

समाचार
बैशाख ६ । अहिले पहाडी भेगको केही ठाउँमा आंशिकदेखि समान्य बादल लागेको भए पनि धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मौसम सामान्यतया सफा रहेको भए पनि बेलुकीपख देशका पहाडी ठाउँहरुमा सामान्य पानी पर्ने महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले बेलुकीपख देशका मध्य र पूर्वी पहाडका विभिन्न ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनदेखि लगातार हावाहुरीसहित परेको पानीले आकाशमा लागेको तुवाँलो पनि हटेर गएको छ । केही दिनअघि तुवाँलोले पारदर्शितामा कमी आएको थियो । पानी पर्नुअघि प्रदूषण र तुवाँलोका कारण काठमाण्डौको त्रिभुवन विमानस्थल आसपासको भिजिबिलिटी एक हजार मिटरमा झरेको थियो । अहिले औसतमा ६ देखि ८ हजार मिटरमा पुगेको छ । हावाहुरी र वर्षासँगै धेरैजसो ठाउँको वायु प्रदूषण पनि केही सुधार भएको छ । काठमाण्डौ उप...
भारतमा एकैदिन १६ सयभन्दा धेरैको मृत्यु

भारतमा एकैदिन १६ सयभन्दा धेरैको मृत्यु

समाचार, संसार, स्वास्थ्य
बैशाख ६  भारतमा एकैदिन कोरोना सङ्क्रमणबाट एक हजार छ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण एक हजार छ सय २५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै गत २४ घण्टामै दुई लाख ७५ हजार तीन सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाईएको छ । भारतमा अहिलेसम्म एक करोड ५० लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ७८ हजार सात सयभन्दा धेरैको मृत्यु भईसकेको छ । भारतमै देखिएको नयाँ भेरियन्ट, बेलायतमा देखिएको यूके भेरियन्टसहित अहिले भारतमा कोरोना भाइरसको दोश्रो लहर उत्कर्षमा पुगेको छ । खोप अभियानलाई तीव्र बनाएर झण्डै ११ करोड मानिसलाई खोप लगाइसकेको बताए पनि भारतमा नयाँ सङ्क्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ । अहिले अस्पतालहरुमा अक्सिजन, औषधि र कतिपय ठाउँमा बेड नै अभाव हुन थालेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएक...
गृह मन्त्री बालदद्वारा शपथ ग्रहण

गृह मन्त्री बालदद्वारा शपथ ग्रहण

समाचार
बैशाख ५  नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले गृह मन्त्री पदको शपथ लिनुभएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई शपथ ग्रहण गराउनुभएको हो । एमाले प्रवेश गर्नुभएका थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभा सदस्यबाट उहाँ पदमुक्त हुनुभएको थियो । पदमुक्त भएपछि पुनः शपथ लिनुपर्ने व्यवस्थाअनुसार गृह मन्त्री थापाले शपथ लिनुभएको हो । उहाँ अब राष्ट्रिय सभा सदस्य नरहेकाले ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउनुहुनेछ । शपथ ग्रहण समारोहमा सभामुख अग्नि सापकोटा सहभागी हुनुभएन ।...
डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख ५ डाँका मुद्दाका ५ फरार प्रतिबादीहरुलाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु–१ की ३६ वर्षीया सृजना चौधरी, ईटहरी–१३ का ३२ वर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० वर्षीय अजिम मिया र सुनसरी दुहबी–११ का ३० वर्षीय सर्वन उराव रहेका छन । उनीहरुले २०७७ साल फागुन ६ गते सुनसरी बर्जु–१ का शुभाष चौधरीको घरमा मध्यरातमा  प्रवेश गरी शुभाष लगायतको उनको परिवारलाइ कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत डाँका गरी लगेको खुल्न आएको छ । पक्राउ परेकी मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिषिवी साध्ने सोच बनाई शुभाष चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको समेत खुल्न आएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको ७.६५ केएफ लेखिएको १ राउण्ड गोली समेत बरामद ग...
नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार
पूर्णपुष्टि, वैशाख ५ वितेको २४ घण्टामा एक हजार ९६ जनामा कोरोना भाईरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको र छ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा दुई सय ६२ जना निको भएरको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा छ हजार दुई सय ९० जना सक्रिय सङ्क्रमित रहेका छन् ।...
उदयपुरमा एकै दिनमा २ जनाले गरे आत्महत्या

उदयपुरमा एकै दिनमा २ जनाले गरे आत्महत्या

समाचार
पूर्णपुष्टि,वैशाख ५ उदयपुरमा शनिबार दुई जनाले आत्महत्या गरेका छन् । चौदण्डीगढी नगरपालिका–६ बेल्टार वस पार्कछेउ माइत घर भएकी २२ वर्षीया फूलमाया राई र सोही नगरपालिका–५ सुन्दरपुरका ६३ वर्षीय जीवनाथ ढकालले झुण्डिएर आत्महत्या गरेका हुन् । राईले आफ्नै घरको कोठामा हिजो विहान ११ बजेको समयमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बहिनीले देखेपछि तत्काल उद्धार गरी उपचारको लागि घोपा क्याम्प धरान लाने क्रममा बाटैमा निधन भएको प्रहरीले जनाएको छ । त्यसैगरी ढकालले पनि आफ्नै घरको कोठामा गइ झ्यालको डण्डीमा नाइनलको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक फिन्जो भोटेले जाकारी दिनुभयो । आत्महत्याको कारण भने दुवैको नखुलेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा क*र*णी पश्चात ह*त्या भएको महिलाको कं*का*ल फेला, ह*त्या गर्ने व्यक्ति प*क्रा*उ

उदयपुरमा क*र*णी पश्चात ह*त्या भएको महिलाको कं*का*ल फेला, ह*त्या गर्ने व्यक्ति प*क्रा*उ

समाचार
पूर्णपुष्टि, बैशाख ५ मानसिक सन्तुलन गुमाएकी एक महिलाको ज*व*र*ज*स्ती क*र*णी पश्चात ह*त्या गरेको आरोपमा उदयपुरमा एक जनालाई प्रहरीले प*क्रा*उ गरेको छ । रौतामाई गाउँपालिका ७ बस्ने पवन आछामेको छोरा २४ बर्षिय  राजु आछामेलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले प*क्रा*उ गरेको हो । आछामेलाई पक्राउ गरी अनुसन्धान पश्चात का*र्वा*ही अगाडी बढाएको पनि प्रहरीले जनाएको छ ।रौतामाई गाउँपालिका ७ नवज्योति सामुदायिक वनको हिले खोल्सी शिरमा घाँस काट्न जाने मानिसहरुले शुक्रबार कं*का*ल फे*ला पा*रे*प*छि प्रहरीमा खबर गरेको थियो । प्रहरीले खबर पाए लगत्तै सुक्ष्म अनुसन्धान गरी दो*षी*ला*ई प*क्रा*उ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सुचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।तराईबासी जस्तो देखिने नाम थर एकिन नभएकी अन्दाजी २६/२७ बर्षकी ती महिला मुर्कुचि, सुकौरा, राजावास, अधेँरी आसपासमा मागेर खाई ...
भाउजुको हत्या गरेको स्वीकार गर्दै प्रहरी कार्यालयमा उपस्थित

भाउजुको हत्या गरेको स्वीकार गर्दै प्रहरी कार्यालयमा उपस्थित

समाचार
पूर्णपुष्टि,वैशाख ५ काठमाण्डौमा भाउजुको हत्या गरेको आरोपमा एक जना युवा पक्राउ परेको छ । काठमाण्डौ महानगरपालिका–१० अनामनगरमा भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा देवर मोहन राजभण्डारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । देवर मोहनले बुलबुले मार्गको गल्लीमा भाउजु रोशनीलाई फलामको रडले टाउकोमा हानेर गम्भीर घाइते बनाएको थिए । उनको ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोहन राजभण्डारी आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएको र भाउजुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।...