Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख ५ मोरङ बुढिगंगा गाउँपालिका–४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । मोटरसाईकल चालक बिराटनगर–१४  जतुवा का ४५ वर्षीय अन्जनि सिंहको ज्यान गएको हो । आज बिहान सभा १० बजे उत्तर जादै गरेको  ना ६ ख ३०४० नम्बरको ट्रकले को ९ प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक सिंह गम्भिर घाईते भएका थिए । घाईते सिंहको बिराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममा बिहान पौने ११ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक र चालक बारा निजगड कोल्बी नगरपालिका–२ का ३२ बर्षीय भिम बहादुर बिक प्रहरीको नियन्त्रणमा रहेको छ ।...
भोलीबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै

भोलीबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ५ सरकारले भोलिदेखी बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ । आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ । सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयले जनाएको छ । यस पालि कोरोना भाईरस कोभिड–१९ संक्रमणको जोखिम भएकोले औषधी खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सवैमा स्वास्थ्य मन्त्रलयले आग्रह गरेको छ । वितरण ...
सवारी दुर्घटनाबाट दुई जनाको ज्यान गयो

सवारी दुर्घटनाबाट दुई जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख ५ सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हिजो राती पौने ८ बजे सुनसरी ईटहरी–६ पुर्वपश्चिम राजमार्गमा पुर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको को ३३ प ३२४० नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनमा मोटरसाईकल चालक ईटहरी–८ का ४२ बर्षीय बिरेन्द्र चौधरी गम्भिर घाईते भएका थिए । उनको घोपा धरानमा उपचारको क्रममा राती पौने ९ बजे ज्यान गएको  हो । बस र चालक ईटहरी–१२ खनार का ३८ बर्षीय सन्तोष वि.क. नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । त्सैगरी आज बिहान ६ बजे मोरङ धनपालथान गाउँपालिका–४ स्थित भलुवा चौकमा पश्चिम तर्फ जादै गरेको को २७ प ६४५९ को  मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।  दुर्घटनामा मोटरसाईकल चालक रंगेली नगरपालिका–२ का २३ वर्षीय भोला  शर्मा र प...
लागूऔषध सहित एक पक्राउ

लागूऔषध सहित एक पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख ५ मोरङ बिराटनगर–१६ हुलास चौक स्थितबाट शनिबार बेलुका सभा ४ बजे लागूऔषधसहित एक जनालाई पक्राउ परेको छ । सुनसरी दुहबी नगरपालिका–२ का २४ वर्षीय रहिम मियालाई लागुऔषधसहित पक्राउ परेको हो । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट –१५० चक्कि सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...
बिराटनगरमा भारतिय नोटसहित एक पक्राउ

बिराटनगरमा भारतिय नोटसहित एक पक्राउ

समाचार
पूर्णपुष्टि, वैशाख ५ मोरङ बिराटनगर–१७ मटेरुवा स्थितबाट भारतिय नोटसहित एक युवा पक्राउ परेको छ । सुनसरी धरान– ८ का ५५ वर्षीय नौसाद मियालाई भारतिय नोटसहित प्रहरीले पक्राउ गरेको हो । शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतिय नोट ५०० का दरको २०६ थान गरी जम्मा १ लाख ३ हजार सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...
‘बादल’ को सांसदसँगै मन्त्री पद गयो

‘बादल’ को सांसदसँगै मन्त्री पद गयो

समाचार
बैशाख ५  गृहमन्त्री रामबहादुर थापा (बादल)को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ । संसद सचिवालयले आज सूचना जारी गर्दै थापाको पद रिक्त भएको जनाएको हो । यसअघि नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र सङ्घीय संसद सचिवालयमा पठाएको थियो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि थापाले एमाले रोज्नुभएको थियो । थापाको सांसद पद गुमेपछि अब फेरि मन्त्री बन्न उहाँले संविधानअनुसार सपथ लिनुपर्छ । यसअघि माओवादी केन्द्रको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि ६ महिनाका लागि मन्त्री बनाउनुभएको थियो ।...
विश्वमा कोरोन संक्रमणबाट मृत्यु हुने ३० लाख नाघ्यो

विश्वमा कोरोन संक्रमणबाट मृत्यु हुने ३० लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
बैशाख ५  विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० लाख नाघेको छ । अहिलेसम्म विश्वमा कोरोनाबाट ३० लाख २३ हजारभन्दा धेरैको मृत्यु भईसकेको पुष्टि भएको जनाईएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिल सबैभन्दा धेरै सङ्क्रमण फैलिएका देश हुन् । यी तीन देशमा मात्रै १०  लाखभन्दा धेरैको मृतयु भएको छ । अमेरिकामा मात्रै ५ लाख ८० हजार ७ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै भारतमा एक  लाख ७७ हजार एक सय ६८ जनाको ज्यान गएको छ भने ब्राजिलमा तीन लाख ७१ हजार ८ सय ८९ जनाको मृत्यु भएको जनाईएको छ । पछिल्ला दिनमा विश्वमा औसतमा १२ हजार जनाको मृत्यु भए पाइएको छ । विश्वमा अहिले १४ करोड १३ लाखभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित छन् । त्यस्तै, ११ करोड ९९ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।...
आगलागीबाट करोडौँको क्षती

आगलागीबाट करोडौँको क्षती

समाचार
बैशाख ५  झापाको छुट्टाछुट्टै ठाउँमा गतराति भएको आगलागीबाट करोडौँको क्षती भएको छ । बुद्धशान्ति गाउँपालिका–४ देवी बस्तीको ज्योती विमलीको बाख्रा फार्ममा राति करिब साढ २ बजे आगलागी हुँदा ६५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । आगलागी हुनुको कारण खुलेको छैन । त्यस्तै, भद्रपुर नगरपालिका ७ को फर्निचर उद्योगमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । चट्याङ्ग परेर विद्युत सर्ट हुँदा यादवराज पोखरेलले सञ्चालन गरेको फनिर्चन उद्योगमा आगलागी भएको थियो । उक्त आगलागीमा १ करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।...
एपीएफको पोल्टामा विराट गोल्डकपको उपाधि

एपीएफको पोल्टामा विराट गोल्डकपको उपाधि

खेलकुद, समाचार
बैशाख ५  विराट गोल्डकपको छैठौं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । विराटनगरको सहिद मैदानमा गतराति भएको फाइनल खेलमा भारतीय टिम पञ्जाब पुलिसलाई १–० गोलले पछि पार्दै एपीएफले उपाधि हात पारेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफी उचालेको छ । एपीएफका प्रदीप लामाले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोलले नै टिमलाई उपाधि दिलाएको हो । प्रदीपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । दोस्रो हाफदेखि आक्रामक भएर मैदान प्रवेश गरे पनि पञ्जाबले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपविजेतामा सीमित भएको थियो । उपविजेता बनेको पञ्जाबले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ । एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ । यसअघि चौथो गोलबजार गोल्डकपको उपाधि जितेको थियो । प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष लामा घोषित भए । उनले मोटरसाइ...
कर्णाली प्रदेशमा सरकार पुनर्गठन

कर्णाली प्रदेशमा सरकार पुनर्गठन

समाचार
बैशाख ५ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको छ । शुक्रवार प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले शनिवार मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको हो  । मुख्यमन्त्रि शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास मन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गर्नु भएको छ । यी तीनैजना एमालेका सांसद हुन् । उनीहरूले शुक्रवार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए । एमालेले कर्णाली प्रदेशको कमिटीको शनिवारको बैठकले शुक्रवारदेखि नै लागू हुने गरी ‘फ्लोर क्रस’ गर्ने तीन जनालाई पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।...