Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

समाचार
बैशाख ५  नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रवार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य बढाएको जनाएको छ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको निगमले जनाएको छ । हिजो मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले बढेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ । आन्तरिक उडानतर्फको हवाई इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृद्धि गरिएको छैन । मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजेलमा ४४ पैसा तथा खान...
बैतडीमा १ बालकको हत्या

बैतडीमा १ बालकको हत्या

समाचार
वैशाख ४  बैतडीमा हतौडा प्रहार गरेर एक बालकको हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको शनिबार बिहान हत्या भएको प्रहरीले जनाएको छ । महेशको हत्या गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने २२ वर्षीय नारायण भुललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमका अनुसार मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले घरमै  हतौडा  प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको प्रहरीले जनाएको छ । घटनाको कारणबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।...
सडक खन्ने क्रममा पुरिएर १ जनाको मृत्यु

सडक खन्ने क्रममा पुरिएर १ जनाको मृत्यु

समाचार
बैशाख ४ रुकुम पश्चिममा सडक खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को खसेपछि स्थानीय ४८ वर्षीय रणे ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ । घटनास्थलमा जम्मा ९ जनाले सडक खनिरहेको थिए । त्यसमध्ये ८ जना भागेर ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ । तर रणे ओेली भने सडक खन्ने कुटो निकाल्न लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

समाचार
बैशाख ४  उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । बेलका नगरपालिका–१ बाट लागुऔषधसहित चौदण्डिगढी नगरपालिका–४ हात्तिसार निबासी १९ वर्षीय मौसम तामाङ्ग पक्राउ परेको हो । सप्तरीको फत्तेपुरबाट आम्बासी तर्फ आउँदै गरेको पैदलयात्री तामाङ्गलाई प्रहरी चौकी भागलपुरबाट खटेका विशेष प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट स्पास्मो प्रोक्सिभोन प्लस १० ट्याब्लेट र सिरिन्ज १ थान बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तामाङ्गलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
खुवालुङ ढुङ्गा,  खुवालुङ क्षेत्रकाे प्रतिक हाे । अव, ‘खुवालुङ क्षेत्र’ भनाै : इतिहासकार एवम् बरिष्ठ पत्रकार काैशल चेम्जाेङ

खुवालुङ ढुङ्गा, खुवालुङ क्षेत्रकाे प्रतिक हाे । अव, ‘खुवालुङ क्षेत्र’ भनाै : इतिहासकार एवम् बरिष्ठ पत्रकार काैशल चेम्जाेङ

बिचार, समाचार
https://youtu.be/keAvXH1t5yQ पूर्णपुष्टि, बैशाख ४ । खुवालुङ, एउटा सांस्कृतिक क्षेत्र रहेको भन्दै यसलाई खुवालुङ क्षेत्र भनिनु पर्ने तर्क इतिहासकार एवम् बरिष्ठ पत्रकार कौशल चेम्जोङको छ । उहाँका अनुसार खुवालुङ भनेर बुझिराखिएको ढुङ्गा खुवालुङ क्षेत्रको प्रतिक हो । चेम्जोङका अनुसार खुवालुङ क्षेत्र अन्तर्गत कोशीको तीरका भागहरु मात्र नभई उदयपुर, धनकुटा, भोजपुर, सुनसरी र खोटाङका केही भागहरु पर्छन् । खुवालुङ क्षेत्रबाट किराँतीहरु र यस क्षेत्रमा बसोबास गर्ने मानिसहरु मानव सभ्याता सुरु भएको मानिने उहाँको भनाई छ । चुरेका फेदमा बस्ने मानिखुहरु थारु, धिमाल आदि, मध्येभागमा बस्ने राई, लिम्बु, मगर आदि र हिमाली भेगमा बस्ने भोटे, तामाङ, शेर्पा लगायतका जातीहरुको आदिम पुर्खाहरु छुट्टिएको ठाउँ खुवालुङ रहेको इतिहास छ । उहाँको तर्क छ –जसरी हिन्दुआर्य समुदायको रिसिया, स्लोक, उत्पती थलोको वर्णनमा आफुला...
नेपालमा थप ७६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७६८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ४  नेपालमा थप ७ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५३ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा सात सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै ६ सय ७१ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा सङ्क्रमण देखिएको छ । एन्टीजेन सहित पछिल्लो २४ घण्टामा आठ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा दुई लाख ८३ हजार ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै गत २४ घण्टामा दुई सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार ३८ पुगेको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ७५ पुगेको छ । अहिले नेपालमा ५५ सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।...
त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालको जित

त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालको जित

खेलकुद, समाचार
बैशाख ४ त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पछि पार्दै जित हात पारेको हो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट  गुमाएर भेटायो । नेपालका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ३० बलमा ५० रन बनाए । पाँच छक्का र पाँच चौका हानेका उनी ६२ रनमा आउट भए । त्यस्तै आशिफ शेखले ३६ बलमा अर्धशतक पूरा गरे । चार चौका र चार छक्कासहित शेख ५४ रनमा नटआउट रहे । आजको खेलमा नेपालले सबैभन्दा धेरै रनको ओपनिङ साझेदारीको रेकर्ड पनि बनाएको छ । आज कुशल भुर्तेल र आशिफ शेखले एक सय १६ रनको ओपनिङ साझेदारी गरे ।  यसअघि सन् २०१९ मा पारस खड्का र ज्ञानेन्द्र मल्ले एक सय आठ रनको ओपनिङ साझेदारी गरेका थिए ।...
विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

समाचार
बैशाख ४  कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने, अति प्रभावित ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । कोरोना महामारीले विद्यालयहरुमा ठूलो समस्या देखिन सक्ने भएकाले भौतिक उपस्थिति बन्द गराएर अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्नु पर्ने निर्णयको लागि मन्त्रिपरिषद् बैठकलाई सिफारिस गर्ने निर्णय भएको जनाईएको छ । स्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र मास्क नलगाई हिँड्नेलाई कारबाही गर्नेसम्मका सिफारिस सीसीएमसीले गरेको जनाएको छ ।...
महँगोमा अंग बिक्री हुने लोभले महिलाको हत्या

महँगोमा अंग बिक्री हुने लोभले महिलाको हत्या

समाचार
वैशाख ४  रुपन्देहीमा तान्त्रिक प्रयोजनका लागी एक महिलाको हत्या भएको छ । तान्त्रिक प्रयोजनका लागि शरीरका अंग महँगो मूल्यमा बिक्री हुने भ्रमपूर्ण हल्लाको विश्वासमा एक समूहले कपिलवस्तुकी एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–५ बुडन्तपुरको माइतीघरमा करिब १३ वर्षदेखि बस्दै आएकी सरजहाँ दर्जीको हत्या भएको प्रहरीले जनाएको छ ।  उनको शव हातका औंलाहरु नभएको अवस्थामा गत चैत १२ गते बेतिया नदीमा फेला परेको थियो । महिलाका हातका औंलाहरु प्रतिऔंला करिब ८० लाख रुपैयाँमा बिक्री हुने विश्वासमा दर्जीको हत्या गरेर औंलाहरु काटेर लगेको पाइएको प्रहरीले जनाएको छ । मृतकका हातका औंलाहरू बिक्री वितरण गर्ने प्रयोजनको लागि विभिन्न व्यक्तिहरुलाई दिइसकेको अवस्थामा हत्यामा संलग्नसहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसलाई संगठित अपराधको नौलो घटना भएको प्रहरीले जनाएको ...
साहित्यकार वैष्णवको निधन

साहित्यकार वैष्णवको निधन

समाचार
वैशाख ४  वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गतराति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विस २०७२ देखि मनोरोगले पीडित उनको निधन भएपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला मानिने वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् । वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाएको थिए । विसं १९८१ साउन ५ गते काठमाडौँमा जन्मिएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन् ।...