Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा लागूऔषधसहित मेडिकल संचालक पक्राउ

उदयपुरमा लागूऔषधसहित मेडिकल संचालक पक्राउ

समाचार
उदयपुर, बैशाख ४ उदयपुरको बेलकामा संचालन गरेको एक मेडिकलका संचालक लागुऔषधसहित पक्राउ परेको छ । नगरपालिका–१ आम्बासीमा रहेको बेलका मेडिलक पोलि क्लिनिक प्रा.लि. का संचालक सप्तरी चिरहुत गाऊपालिका–२ मैनाकडेरीका २६ बर्षीय सुबोध यादबलाई लागूऔषधसहित पक्राउ परेको हो । बिषेश सुचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्दा ट्रामाडोल हाईड्रोक्लेराइड १ सय ९८ ट्याब्लेट, डीसीक्लोमाइन हाईड्रोक्लेराइड ५ सय १५ ट्याब्लेट, कोफ्ट्याब डी ३ सय ५ ट्याब्लेट, ट्रामाडोल हाईड्रोक्लेराइड ओपिडोल १ हजार ५ सय २ ट्याब्लेट, प्रेगौट किट १० ट्याब्लेट, सिल्डेनाफिल ४ ट्याब्लेट, जुनुग्रा रेड १२ ट्याब्लेट र नगद एक लाख सत्र हजार र मोबाईल १ थान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान सहित उक्त क्लिनिकका संचालक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्...
उदयपुरमा ट्याक्टरबाट लडेर १ जनाको मृतयु

उदयपुरमा ट्याक्टरबाट लडेर १ जनाको मृतयु

समाचार
उदयपुर, बैशाख ४ उदयपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  त्रियुगा नगरपालिका–१ जोगीदह कि ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट झरी मृत्यु भएको हो । शुक्रबार बिहान साढे १० बजे उनि जंगलबाट घासँ काटेर फर्कने क्रममा प्रदेश २–०१–००१त ००८१ नम्बरको ट्याक्टरमा घाँस लोड गरी पछाडी डालामा बसेर आउने क्रममा सोही ट्याक्टरको ट्रलीबाट लडी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनको उपचारको लागी विराटनगर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
रामकुमारी झाँक्रीले लेखिन् यस्तो शंकास्पत स्टाटस

रामकुमारी झाँक्रीले लेखिन् यस्तो शंकास्पत स्टाटस

समाचार
नेपाल कम्युनिष्ट पार्टी एमाले माधव नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुने बताएकी छन् । कर्णाली प्रदेशमा एमालेका सांसदहरुले मुख्यमन्त्रीलाई दिएको समर्थनको बारेमा संकेत गर्दै झाँक्रीले लेखेकी छन्, “अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुन्छ।”...
आजदेखि त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट श्रृङ्खला सुरु

आजदेखि त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट श्रृङ्खला सुरु

खेलकुद, समाचार
बैशाख ४  आजदेखि त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट श्रृङ्खला सुरु हुँदैछ । कीर्तिपुर मैदानमा सुरु हुने श्रृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी हुँदैछन् । आज दिउँसो सवा १ बजे सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । कोरोना सङक्रमण जोखिमलाई ध्यानमा राखेर कम दर्शकलाई प्रतियोगिता हेर्नका लागि प्रवेश गराउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । यसअघि नै खेलकुद लगायतका कार्यक्रममा भीड नगर्न स्वास्थ्य मन्त्रालयले अपिल गरिसकेको छ । त्यस्तै क्यानले त्रिकोणात्मक टि–ट्वान्टी श्रृङ्खलाको ट्रफी समेत सार्वजनिक गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका कप्तान पिटर सिलर र मलेसिया कप्तान फैज अहमदले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।...
भारतबाट नेपाल फर्किएका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि

भारतबाट नेपाल फर्किएका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि

समाचार
वैशाख ४  बाँकेको जमुनाह नाका हुदै भारतबाट नेपाल प्रवेश गरेका १५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन् । उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेको जनाईएको छ । बाँकेमा शुक्रबारमात्रै १ सय ९९ मा कोरोना पुष्टि भएको जनाएको छ । नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १ सय २७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।...
आज र भोलि असिना पानीको सम्भावना

आज र भोलि असिना पानीको सम्भावना

समाचार
बैशाख ४ देशका पहाडी भेगमा र तराईका थोरै ठाउँमा आज पनि हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पूर्व, कर्णाली तथा सुदूरपश्चिममा मौसम सामान्य बद्ली भएको छ । गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम आंशिक बद्ली भएको छ । प्रि–मनसुनको गतिविधि सक्रिय रहेकाले आज पनि देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्लीकै अवस्था रहने महाशाखाले जनाएको छ । आजदेखि पश्चिमी वायु पनि भित्रिएको छ । स्थानीय र पश्चिमी गरी दुई वटा प्रणाली सक्रिय रहेकाले मौसम बद्लीसँगै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायु मनसुन सुरु नहुँदासम्म बेलाबेला देखिने गरेको तर यसको असर कमजोर रहने महाशाखाले जनाएको छ । आज र भोलि पहाडी भेगका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित असिना पानीको सम्भावना रहेकाले आवश्य...
“गाउँ नछाडौं–सहर जोडौं”

“गाउँ नछाडौं–सहर जोडौं”

Breaking News 1
जापानबाट फर्कि आएका खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं २ सुन्तले (हर्रेचुङडाडा)का युवा मुकेश राईको भनाइ हो यो । उनले आफ्नै ठाउँमा केही गर्ने इच्छाशक्ति बाेकेर जंगलबीचमा आधुनिक काठे घर निर्माण गरी कृषिफर्म थालेका छन् । उदयपुरको सदरमुकाम गाईघाटदेखि धाप्लाङ हुदै डेड/दुई घण्टामै पुगिने उक्त ठाउँ अहिले सबैको चासोको केन्द्र बनेको छ । तस्विर : पूर्णपुष्टि खबर...
प्रधानमन्त्री ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै

समाचार
बैशाख ४  प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्न लागेको हो । सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक विषयमा छलफल गर्ने तयारी छ । बैठकमा हिउँदे अधिवेशनबारे पनि छलफल हुनेछ । दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।...
फर्ममा चट्यांग लाग्दा लाखौँको क्षति

फर्ममा चट्यांग लाग्दा लाखौँको क्षति

समाचार
वैशाख ४  सर्लाहीको एक कुखुरा फर्ममा चट्यांग लाग्दा लाखौँको क्षती भएको छ । हावाहुरीसँगै परेको चट्याङ्गले शुक्रबार राति करिब साढे ८ बजे ईश्वरपुर नगरपालिका–७ पोखरी टोलमा उदयराय यादव र राजेश पटेलले संयुक्त रुपमा सन्चालन गरेको कुखुरा फर्ममा आगलागी हुदा लाखौँको क्षती भएको हो । आगलागीले फर्मभित्रका १२ सय कुखुराका चल्ला र ५० बोरा दाना पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगोलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।...
बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु

बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु

समाचार
बैशाख ४ बाँकेको रोहिनी खोला नजिकै बस र टिपर ठोकिदा पाँच जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर नगरपालिकाको रोहिनी खोला नजिकै बस र टिपर ठोक्किदा पाँच जनाको मृत्यु भएको हो भने ३० भन्दा बढी घाइते भएका छन्  । सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट कोहलपुरका लागि छुटेको टिपर शुक्रवार बेलुकी एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जनाको घटनास्थलमा र अन्यको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा टिपर चालक कोहलपुर–३ का खगेन्द्र सुनार, सहचालक कोहलपु–११ का उदय बाठा, नेपाली सेनाका जमदार सुर्खेतको साटाखानिका जीवन विक, झापा मेचीनगर–१० का छत्रबहादुर कटुवाल र सनाखत हुन नसकेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा ३९ जना यात्रु रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको शिक...