Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

कार्बन उत्सर्जन नियन्त्रणबारे त्रिदेशीय छलफल

कार्बन उत्सर्जन नियन्त्रणबारे त्रिदेशीय छलफल

समाचार, संसार
बैशाख ४ कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच छलफल भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच कार्बन उत्सर्जन नियन्त्रणबारे छलफल भएको हो । चीनका राष्ट्रपति सीले चीन कार्बन उत्सर्जनबारे गरिएको प्रतिबद्धता पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तनका विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । जलवायु परिवर्तनको सामना मिलेर गर्नुपर्ने र विश्वका मानवजातिको साझा काम भएको पनि बताउनुभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । भूराजनीतिक रस्साकस्सी, अरू देशमाथि आक्रमणको तारो वा व्यापार अवरोधको निहुँ मात्र हुन नहुने चीनका राष्ट्रपति सीले बताउनुभयो । त्यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले फ्रान्स चीनसँग फ्रान्स–चीन र युरोप–चीन आर्थिक सम्बन्धको अरू विकासलाई बढाएर अफ्रिकासँग पनि मिलेर हरित वि...
आज एकै दिन ८१ बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि

आज एकै दिन ८१ बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३ आज एकै दिनमा ८१ बालबालिकाहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका गरी ८१ बालबालिकाहरुमा कोरोना संक्रमित भएका हुन् । काठमाडौँ उपत्यका र बाँके जिल्ला कोरोफनाको ‘हट स्पट’ बनेको छ । शुक्रबार देशभर एकैदिन ९ सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यस्तै २ सय ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ। हाल देशभर ५ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ ।  ...
विद्यालय तत्काल बन्द गर्न सरकारलाई निर्देशन

विद्यालय तत्काल बन्द गर्न सरकारलाई निर्देशन

समाचार
पूर्णपुष्टि, बैशाख ३ बालबालिकाहरुलाई कोभिड माहामारी बाट बचाउन तत्काल बिद्यालय बन्द गर्न संसदीय समितिले सरकारलाई निर्देशन गरेको छ । पछिल्लो समय छिमेकी देश भारत सँगै नेपालमा पनि कोरोनाले उच्च गति लिएको भन्दै समितिले यस्तो आग्रह गरेको हो । बालबालिकाहरु कोभिडको अति जोखिम माध्यम बन्न सक्ने भन्दै बिद्यालय बन्द गरी बैकल्पिक शिक्षा बाट अध्यान गराउन सरकारलाई समितिले निर्देशन गरेको हो । राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरूले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो । समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरुको सुझावलाई ध्यानमा राखेर अत्याधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाहरुको जीवनरक...
नेपालमा थप ८३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ८३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ३ नेपालमा थप आठ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसहित गत २४ घण्टामा नौ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा दुई लाख ८२ हजार आठ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई सय आठ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १२ पुगेको छ । अहिले नेपालमा पाँच हजार आठ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ७० जना पुगेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अन...
कर्णाली प्रदेश प्रमुख शाहीको पद जोगियो

कर्णाली प्रदेश प्रमुख शाहीको पद जोगियो

समाचार
पूर्णपुष्टि, बैशाख ३ नेकपा एमाले बाट ३ मत प्राप्त गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो पद जोगाएको छ । अविश्वासको मत बाट पद जोखिममा रहेको शाहीलाई नेकपा एमाले बाट ३ मत प्राप्त भयो । प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद थिए । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत पाए । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो ।  ...
सिफारिस गरिएका न्यायाधीश अनुमोदित

सिफारिस गरिएका न्यायाधीश अनुमोदित

समाचार
बैशाख ३ सर्वोच्च अदालतका लागी सिफारिस गरिएका दुई न्याधीशलाई सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । समितिले डाक्टर कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिसलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले शुक्रवार नै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।...
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

समाचार
वैशाख ३ भक्तपुरको चुनदेवीमा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज घर भई हाल काठमाडौंको पुतलीसडक बस्ने २० वर्षीय सूर्य ओली र भोजपुर घर भई हाल काठमाडौं पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरीको दुर्घटनामा मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित सडकमा प्रदेश ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भक्तपुरस्थित मध्यपुर अस्पताल थिमिमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
बसको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

बसको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख ३ सुनसरीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको ज्यान गएको छ । बराहक्षेत्र नगरपालिका–४ धनपुरी नयापुलका ५७ वर्षीय राजन कार्कीको बसको ठक्करबाट ज्यान गएको हो । आज दिउसो पौने १ बजे चतराबाट झुम्का तर्फ जादैँगरेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै ज्यान गएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । बस र चालक बराहक्षेत्र–५ का ४६ वर्षीय गोपाल गौतम नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
व्यापारीलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा ४ पक्राउ

व्यापारीलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा ४ पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख ३ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित रहेको एक पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छन् । राजु हार्डवेयर पसलमा लुटपाट गरेको आरोपमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो । मङ्गलबार राति करिब ९ बजेको समयमा पाँच जनाको समूहमा आएका युवाले पसलको ढोका तोडफोड गरी भित्र पसेर पसले राजु चौधरी तथा उनका छोरा गौरव चौधरीलाई अश्लील गालीगलौज गर्नुका साथै मोटरसाइकलको हेलमेट र मुक्का, लात्तीले कुटपिट र लुटपाट गरेको पीडित पसलेले बताएका छन् । रक्सी खाएर मात्तिएका युवाको समूहले पसले राजुको पसलको गल्लाबाट रु तीन लाख र एक थान मोबाइल लुटेर लगेको राजुले बताएका छन् । सो घटनाको विरोधमा स्थानीय व्यापारीले आफूहरु असुरक्षित भएको भन्दै बुधबारदेख...
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलायो

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलायो

समाचार
बैशाख ३ प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । शनिवार बिहान ११ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुभएको जनाईएको छ । सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी रहेको जनाईएको छ ।...