Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

खुकुरी प्रहार गरी एक युवकको हत्या

खुकुरी प्रहार गरी एक युवकको हत्या

समाचार
पूर्णपुष्टि, वैशाख ३ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटो रहेको गाई फर्ममा एक युवकको हत्या भएको छ । गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फर्ममा सोलुखुम्बु घर भइ मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी २० वर्षको ईश्वर राईको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । विहीबार दिउँसो ४ बजे एउटा युवकको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको छ भन्ने सूचना आएपछि प्रहरी बृत्त जगातीबाट गएको प्रहरी टोलीले अभियुक्तलाई तत्कालै पक्राउ गरको थियो । मृतक राई,आशिष खुलाल, महोत्तरी जिल्ला घर भइ मनोहरा सुकम्बासी बस्ती तिर बस्ने युनिस योञ्जन र सुनिल बलसँग सिपाडोल गएको प्रहरी अनुसन्धानमा खुलेको छ । खुलाललाई भेटेर गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर चारै जना व्यक्तिहरु बसी कुराकानीको क्रममा वादविवाद भई झै–झगडा भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । झगडाको क्रममा ...
पहिलो पटक नेपाली महिलाद्वारा अन्नपूर्ण हिमाल आरोहण

पहिलो पटक नेपाली महिलाद्वारा अन्नपूर्ण हिमाल आरोहण

समाचार
बैशाख ३  पहिलो पटक नेपाली महिलाहरूले अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहणमा गएका पाँच जना महिलाले शुक्रवार दिउँसो अन्नपूर्ण हिमालको सफल आरोहण गरेको कम्पनीले जनाएको छ । माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा र पूर्णिमा श्रेष्ठले हिमाल सफल आरोहण गरेको जनाएको छ । त्यस्तै आरोहण दलमा रहनुभएकी शर्मिला स्याङ्तानको आरोहण सफल भए÷नभएको बारेमा जानकारी आइनसकेको जनाएको छ । यो आरोहण सन् २०२१ को वसन्त ऋतुको पहिलो आरोहण हो ।...
सीईओ गुरुङ अब विदेशी बैंकको सीईओ

सीईओ गुरुङ अब विदेशी बैंकको सीईओ

समाचार
बैशाख ३  सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले करार अवधि झण्डै तीन महिना बाँकी छँदा राजीनामा दिनुभएको छ । चैत मसान्त भित्रै राजीनामा स्वीकृत गर्ने भने पनि बैंक सञ्चालक समितिले राजीनामा स्वीकृत गरेको छैन । सीईओको पद छाडेर पीएचडी गर्न लागेका गुरुङलाई त्यहीबीचमा विदेशको एउटा बैंकले सीईओ भएर काम गर्न बोलाएको थियो । विदेशका बैंकमा विभिन्न माथिल्ला ओहदामा काम गर्ने नेपाली धेरै भए पनि देशबाटै विदेशी बैंकमा सीईओ भएर जाने उहाँ पहिलो नेपाली बैंकर हुनुहुन्छ ।  गुरुङ २५ वर्षदेखि बैंकिङ क्षेत्रमा हुनुहुन्छ । उहाँ २०७४ वैशाखदेखि सिभिल बैंकको सीईओको रुपमा कार्यरत हुनुहुन्थ्यो । यसअघि उहाँले हिमालय बैंक, ग्लोबल आईएमई बैंक र मेगा बैंकमा पनि काम गरिसक्नुभएको छ ।...
राष्ट्रिय निकुञ्जद्वारा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार वितरण

राष्ट्रिय निकुञ्जद्वारा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार वितरण

समाचार
बैशाख ३ लाङटाङ राष्ट्रिय निकुञ्जले ९ महिनामा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ राहत वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि चैत मसान्तसम्ममा वन्यजन्तुबाट पीडित भएका घर परिवारलाई १९ लाख ८० हजार ६ सय ६५ रुपैयाँ वितरण गरेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निकुञ्जमा ३ सय ४१ वटा निवेदन परेको छ । जसमा तीन जना समान्य घाइते भएका छन् । उनीहरूलाई ६९ हजार ६ सय ५५ रुपैयाँ राहत रकम प्रदान गरिएको कार्यालयले जनाएको छ । यस अवधिमा जङ्गली जनावरले १४ वटा घरपालुवा पशुको क्षति गरेको छ भने ३ सय ३३ परिवारले लगाएका अन्नबालीमा क्षति पुर्याएको छ । पशुक्षति भएका परिवारलाई १ लाख २९ हजार र अन्नबाली क्षति भएका परिवारलाई १७ लाख ८२ हजार रुपैयाँ राहत प्रदान गरिएको निकुञ्जले जनाएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गरिएक...
हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

समाचार
बैशाख ३  सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएकोे हो । कोशी ब्यारेकको गोलघर छेउमा काटेर राखेको गहुँ बाली रुङ्न गएका नारायणलाई आज बिहान हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि घटनास्थलमा आरक्षका रेञ्जर जयराम न्यौपाने तथा प्रहरी टोली जनाएको छ । शव परीक्षणका लागि राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।...
जापानलाई आणविक फोहोर पानी समुद्रमा नछोड्न आग्रह

जापानलाई आणविक फोहोर पानी समुद्रमा नछोड्न आग्रह

समाचार, संसार
बैशाख ३ जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा नफाली संवेदनशील बन्न चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आग्रह गरेको छ । जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको चीनका परराष्ट्र मन्त्रालयले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् । चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको पहिलो बैठक आयोजना गरेको र यसमा पनि समुद्रमा फालिएको फोहोर पानीको प्रसङ्गमा छलफल भएको जनाईएको छ । दुवै पक्षले समुद्रमा आणविक फोहोर पानी निकाल्ने जापानको ‘एक पक्षीय’ निर्णयको बारेमा छलफल गरेको चिनियाँ अधिकारीले बताएको जनाईएको छ । जापानलाई अन्तर्राष्ट्रिय निकाय र छिमेकी देशहरूसँगको पूर्ण परामर्श, सम्बन्धित देशहरू र अन्तर्राष्ट्रिय संघसंस्थाहरूको...
३७ वर्षअघि चोरी भएको मूर्ति नेपाल ल्याईयो

३७ वर्षअघि चोरी भएको मूर्ति नेपाल ल्याईयो

समाचार
बैशाख ३  नेपालको ललितपुरबाट ३७ वर्षअघि चोरी भएर अमेरिकामा पुगेको दुर्लभ मूर्ति नेपालमा फिर्ता ल्याइएको छ । अमेरिकाको टेक्सास राज्यको डालस पुगेको बहुमूल्य लक्ष्मी–नारायणको मूर्ति बिहीवार काठमाण्डौ ल्याएर सार्वजनिक गरिएको हो । पाटनको पटको टोलमा रहेको लक्ष्मीनारायण मन्दिरबाट सन् १९८४ मा हराएको लक्ष्मीनारायण (वासुदेव कमलाजा) मूर्ति सार्वजनिक गरिएको हो । लक्ष्मी नारायणको मूर्ति पुरातत्व विभागले जिम्मा लिएको छ भने सुरक्षितसँग राख्नको लागि पाटन सङ्ग्रहालयमा पठाएको छ । पुरातत्व विभागमा भएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको उपस्थितिमा विभागले मूर्तिको जिम्मा लिएको जनाएको छ । अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतका विदेश अपराध अनुसन्धान कार्यालय, नेपाल प्रहरी, एफबीआई र डल्लास म्युजियम अफ आर्टको संयुक्त अनुसन्धानपछि लक्ष्मी–नाराय...
सुरक्षाकर्मीको गोली लागेर ५१ जना बालबालिकाको मृत्यु

सुरक्षाकर्मीको गोली लागेर ५१ जना बालबालिकाको मृत्यु

समाचार, संसार
बैशाख ३ म्यानमारमा सुरक्षाकमीको दमनबाट कम्तीमा ५१ जना बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परि उनीहरुको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीले गरेको आक्रमणका क्रममा उनीहरूको ज्यान गएको जनाएको छ । गत फेब्रुअरी १ देखि अहिलेसम्म म्यानमारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट मारिएकामध्ये कम्तीमा ५१ जना बालबालिका रहेका राष्ट्रसंघले जनाएको छ । आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकालाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि जनाईएको छ । हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसङ्घले पटक पटक आग्रह गरे पनि हिंसात्मक घटनाहरू भइरहेको छ । पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि चुनाव गराउने बहानामा म्यानमारको सत्ता हातमा लिएको छ । तत्कालीन नयाँ संसदको प...
चट्याङबाट २ जनाको मृत्यु

चट्याङबाट २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख ३ भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई रहेका छन् । बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । उनीको बाँया साईडको टाउको देखि घाँटी सम्म जली अचेत अवस्थामा रहेकी उपचारको लागी तयारी हुँदा हुदै राती सभा ११ बजे घरैमा मृत्यु भएको थियो । यता राईको पनि सोही दिन बेलुका ६ बजे आफ्नै घरमा बसीरहेको अवस्थामा अचानक चट्याङ लागेर मृत्यु भएको हो । चट्याङले लागेर टाउकोमा चोट लागी घाईते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे  मृत्यु भएको जनाएको छ  ।...
महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउँदै ओली

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउँदै ओली

समाचार
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण नभएको बताएका छन्। नेपाली काँग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेका बेला ठाकुरले आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अघि बढेको बताएका छन्। ‘हामीले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ’, प्रधानमन्त्री ओलीसँग भेटेपछि जसपा अध्यक्ष ठाकुरले भने, ‘यही विषयमा छलफल गर्न बिहीबार भेट भएको हो।’ कुन प्रक्रिया र कसरी माग सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी उनले दिए। आफू वर्तमान सरकारको विरोधमा नभएको प्रस्ट पार्दै भने उनले भने, ‘म यो सरकारको विरोधमा छैन।’ जसपा कार्यकारिणी समितिका सदस्य केशव झाले प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच पछिल्लो समय नियमितजसो भेटवार्ता भइरहेको बताए । जसपाका माग ...