Saturday, May 16News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १७ उदयपुरमा आज (बिहिबार) थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित जसमध्ये १९ महिला र ९ पुरुष रहेका छन् । आज थपिएका २८ जनासँगै जिल्लामा संक्रमितको संख्या २ हजार ३ सय ४५ पुगेको हो । आज थपिएका संक्रमितहरु चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा १२ महिला र ३ पुरुष गरी १५ जना, त्रियुगामा ४ महिला र ४ पुरुष गरी ८ जना र बेलकामा ३ महिला र २ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लामा कोरोना निको हुनेको संख्या ८ सय २९ महिला र १ हजार ४५ पुरुष गरी १ हजार ८ सय ७४ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङले देखाएको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय २६ महिला र १ सय ९६ पुरुष गरी ४ सय २२ जना हरेको स्वास्थ्य कार्यालयको तथ्याङमा उल्लेख छ । अहिलेसम्म जिल्लामा कोरोनाबाट १५ महिला र ३४ ...
एकान्तमा भेटिने महिलालाई अभद्र व्यवहार गर्ने युवक भक्तपरबाट पक्राउ

एकान्तमा भेटिने महिलालाई अभद्र व्यवहार गर्ने युवक भक्तपरबाट पक्राउ

समाचार
पूर्णपुष्टि, असार १७ एकान्तमा भेटिने महिलाहरुमाथि अभद्र व्यवहार गर्ने एकजना युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । रामेछाप सुनापती गाउँपालिका–५ रुपाकोट स्थायी घर भइ हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्दै आएको ३६ वर्षीय चमार सिं तामाङलाई प्रहरीले पक्राउ गरेको हो । गत असार ४ गते भक्तपुरस्थित एक रेडियोमा काम गर्ने महिला पत्रकार बिहान ६ बजेको समाचार पढ्न रेडियोतर्फ आउँदै थिइन् । घरबाट निस्केर अरनिको राजमार्ग सूर्यविनायक नजिकै पुग्दा उनले नसोचको घटना भयो । एक युवकले उनलाई अभद्र व्यवहार देखाए । महिला पत्रकारले प्रतिकार गर्दै आफ्नो मोबाइल निकालेर तस्बिर लिन खोजेपछि युवक फरार भएका थिए । उनले प्रहरीमा उजुरी दिइन्, तर पनि भक्तपुरमा महिलाहरूमाथि हुने उक्त कार्य रोकिएन । अन्ततः असार १५ गते उजुरीमा उल्लेख भए अनुसारको हुलिया भएको युवक भक्तपुरको कमलविनायक भत्केको पाटीबाट पक्राउ प्रहरी...
बेलकाको अक्सिजन प्लान्टलाई संगम पुस्तकालय र रिड नेपालको २ लाख आर्थिक सहयोग

बेलकाको अक्सिजन प्लान्टलाई संगम पुस्तकालय र रिड नेपालको २ लाख आर्थिक सहयोग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १७  उदयपुरको बेलका नगरपालिकामा निर्माण हुन लागेको अक्सिजन प्लान्टका लागि चौंतर्फिकरुपमा सहयोगहरु जुटीरहेको छ । कोरोनाको नियन्त्रण तथा रोकथामका लागि निमार्ण गर्न लागिएको अक्सिजन प्लान्टका लागि विभिन्न स्थानबाट सहयोग प्राप्त भइरहदा संगम सामुदायीक पुस्ताकालय र रिड नेपालले पनि आर्थिक सहयोग गरेको छ । पुस्तकालय र रिड नेपाल संस्थाले बुधबार रु.२ लाख बराबरको चेक बेलका नगारपालिकाका मेयर दुर्गा कुमार थापालाई हस्तान्तरण गरिएको हो । पछिल्लो समय अक्सिजनको चरम अभाव भए सँगै संचालनमा ल्याउन लागेको अक्सिजन प्लान्टले प्रती घन्टा १ हजार १ सय ५० क्युबिक मिटर अर्थात दैनिक ३८ सिलिन्डर अक्सिजन ग्यास उत्पादन गर्ने मेयर थापाले जानकारी दिनुभयो । थापाका अनुसार अक्सिजन प्लान्ट जडान गरेर उत्पादन शुरु भएपछि अक्सिजन आवश्यक पर्ने कोरोना संक्रमितहरु को लागि एकै पटक धेरै जनालाई अक्सिजन दिन सक्ने बताउ...
मोरङमा कुशल कार्यसम्पादन गरेका डिएसपी मान बहादुर राई उदयपुरको कटारीमा आगमन

मोरङमा कुशल कार्यसम्पादन गरेका डिएसपी मान बहादुर राई उदयपुरको कटारीमा आगमन

समाचार
पूर्णपुष्टि, असार १७ मोरङमा कार्यरत प्रहरी नायब उपरिक्षक (डिएसपी) मान वहादुर राईको उदयपुरको कटारीमा सरुवा भएको छ । जिल्लाको इलाका प्रहरी कार्यालय कटारीको प्रहरी प्रमुख बनेर राई नयाँ कार्य सम्हाल्न कटारी आउनुभएको हो । राई यो भन्दा पहिले मोरङ प्रहरी प्रबक्ताको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यहाँ राईले अनुसन्धानको क्षेत्रमा राम्रो कार्य सम्पादन गरेको भन्ने चर्चा समेत छ । राई सोमवार इलाका प्रहरी कार्यालय कटारीमा हाजिर भई प्रहरी प्रमुखको रुपामा जिम्मेवारी सम्हाल्नु भएको हो । प्रहरी प्रमुखहरुको हेरफेर अन्तरर्गत कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीको काठमाण्डौँ सरुवा भएपछि राई कटारीमा जिम्मेवारी सम्हाल्नु आउनुभएको हो । राईले प्रहरीले गर्नु पर्ने काम कर्तव्यलाई ध्यानमा राखी जनताहरुको सुरक्षा र आफ्नो क्षेत्रको आसपासमा अपराधमुखी समाज निर्माण गर्ने बताउनुभयो ।    ...
मेयर कोष र जन श्रमदान बाट कटारीको हडैँयामा बाढी कटान क्षेत्रमा जाली निर्माण

मेयर कोष र जन श्रमदान बाट कटारीको हडैँयामा बाढी कटान क्षेत्रमा जाली निर्माण

समाचार
आषिश बस्नेत पूर्णपुष्टि, असार १७ कटारी नगरपालिका ३ हडैँया स्थित बाढी कटान क्षेत्रमा मेयर कोषबाट ५ लाख ९३ हजार बराबरीको जाली  निर्माण भएको छ । तावाखोला कटान रोक्न जाली निर्माण गरिएको र जाली निर्माण पश्चात स्थानीयहरुको करिब ८ सय बिघा जमिन तथा नजिकको वस्तीहरु सुरक्षित हुने हडैया बलिया तावाखोला नदि नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर तामाङ्गले बताउनुभयो । नगरपालिकाको मेयर ज्ञानेन्द्र श्रेष्ठको मेयर कोष मार्फत ५ लाख ९३ हजार र जन श्रमदान गरी उक्त जाली लगाईएको समितिका अध्यक्ष तामाङ्गले बताउनुभयो । आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाको कार्यालय मार्फत आव्हान गरिएको ठेक्का कुमार बुढाथोकी ले १७ लाखमा लिएका थिए । उक्त ठेक्का मध्यको केहि ड्याम निर्माण गरिएको भएपनि १५० मिटर मध्य ५५ मिटर २०७७ असार साउनको बाढिले बगाएपछी बाढीको जोखिम बढेको थियो । उक्त जोखिमको मूल्याकंन गरी मेयर ...
पाँचथरमा ट्रयाक्टर दुर्घटना, एक जनाको ज्यान गयो

पाँचथरमा ट्रयाक्टर दुर्घटना, एक जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार १७  पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । फालेलुङ गाउँपालिका–३ माङ्लेबुङमा ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय ५५ वर्षीय लक्ष्मी विष्टको ज्यान गएको हो, भने तीन जना घाइते भएका छन् । मे १ त ६५७७ नम्बरको ट्र्याक्टर गएराति दुर्घटना हुँदा विष्टको ज्यान गएको छ, भने ट्र्याक्टर चालक अटलबहादुर लिम्बुसहित मनबहादुर राई र कर्णबहादुर राई घाइते भएका हुन् । उनीहरु फालेलुङ–३ का स्थानीय बासिन्दाहरु हुन् । घाइते तीनै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष वीर विक्रम थाम्सुहाङले जानकारी दिनुभयो ।...
आजबाट आन्तरिक उडान नियमित हुँदै

आजबाट आन्तरिक उडान नियमित हुँदै

समाचार
पूर्णपुष्टि, असार १७ कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महिनापछि आजबाट शुरु हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो । हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ । उडान नियमित गरिएता पनि पहिलाको जस्तो पूर्ण रुपमा भने सञ्चालन हुने छैन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्न पाउने छ । बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ । दुर्गम भेगमा उडाउने कम्पनीले भने...
अध्यक्ष कृषि परियोजना अन्तर्गत लिम्चुङबुङमा २४ कृषकहरुलाई हाते ट्याक्टर वितरण

अध्यक्ष कृषि परियोजना अन्तर्गत लिम्चुङबुङमा २४ कृषकहरुलाई हाते ट्याक्टर वितरण

लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, असार १७ लिम्चुङबुङ गाउँपालिकाले २४ जना व्यवसायीक कृषकहरुलाई ६० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । पालिकाको ५ ओटै वडाका कृषकहरुलाई अध्यक्ष कृषि परियोजना अन्तर्गत ट्याक्टर वितरण गरेको हो । शनिवार पालिका अध्यक्ष मेजर कुमार राईले पालिका परिसरमै ट्याक्टर वितरण गर्नुभयो । ट्याक्टर वितरण गर्दै अध्यक्ष राईले लिम्चुङबुङ पनि अब प्रविधिमय कृषि तर्फ उन्मुख भएको बताउनुभयो । उहाँले अत्याधुनिक नयाँ प्रविधिबाट कृषकहरुलाई थप सहज बनाउने भन्दै ट्याक्टर वितरण गरेको जनाउनुभयो । राईले लिम्चुङबुङ गाउँपालिका कृषिको क्षेत्रमा निकै आत्मानिर्भर मुखि भएको र अध्यक्ष कृषि कार्यक्रमले कृषकहरुलाई थप सफल बनाएको बताउनुभयो । लिम्चुङबुङ गाउँपालिकाका कृषि शाखा अधिकृत जनजित अधिकारीले कृषिलाई अत्याधुनिक यान्त्रिकरणको रुपमा विकास गर्न पालिकाका व्यवसायीक कृषकहरुलाई सामाग्री वितरण गरिएको बताउनुभयो...
उदयपुरको बेलाकामा जङ्गली हात्तीको आक्रमणबाट एकको ज्यान गयो

उदयपुरको बेलाकामा जङ्गली हात्तीको आक्रमणबाट एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार १७  उदयपुरको बेलकामा जङ्गली हात्तीको आक्रमणबाट एकजना युवाको ज्यान गएको छ । बेलका नगरपालिका वडा नं. २ रामनगरका ४० वर्षीय कमल यादवको हात्तीको आक्रमणबाट घटना स्थलमै ज्यान गएको हो । बुधबार साँढे १० बजेको समयमा हात्ती गाउँ बस्तिमा पस्दा धपाउने क्रममा यादवलाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको १०.४५ बजे सुचना पाएलगत्तै प्रहरी चौकी भागलपुरबाट प्रहरी सहायक निरिक्षकको प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राखिएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरबाट प्रहरी निरिक्षक सहितको प्रहरी टोली खटिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...