उदयपुरमा भएको ३०१ सवारी दुर्घटनामा ३८ को ज्यान गयो, ७८ घम्भिर
पूर्णपुष्टि, साउन १६
१ बर्षको अबधिमा उदयपुरमा सवारी दुर्घटना बाट ३८ जनाले ज्यान गुमाएको छ भने ७८ जना गम्भिर घाईते भएको छ । आर्थिक बर्ष २०७७/०७८ मा भएको बिभिन्न साना तथा ठुला ३०१ सवारी दुर्घटनामा परी ३८ जनाको ज्यान गएको जिल्ला ट्राफिक कर्यालय उदयपुरको तथ्याँङकले देखाएको छ ।
मृत्यु हुनेहरुमा पुरुष ३०, महिला ५, बालक ३ रहेको छ । उनिहरुको ट्रक, टिफर, बस, ट्याक्टर अटो र मोटर साईकलमा दुर्घटनामा परी मृत्यु भएको होे । यता घाईते हुनेहरु भने ६१ पुरुष, १२ महिला, ४ बालक र १ बालिका रहेकी छिन् ।
तत्याङकका अनुसार सबै भन्दा बढी मोटर साईकल दुर्घटना भएको देखिन्छ । यस बर्ष मोटर साईकल मात्र १७३ ओटा दुर्घटनामा परेको तथ्याङकले देखाएको छ । यसै गरी अन्य सवारीहरु जिप ३८ ओटा, अटो ३४ ओटा, ट्याक्टर २१ ओटा, ट्रक ६ ओटा, टिफर ५ ओटा, र अन्य १९ ओटा सवारीहरु दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको...








