चाइना फाउन्डेसन बाट आज उदयपुरका दुई विद्यालयका विद्यार्थीलाई सामग्री बितरण
पूर्णपुष्टि, साउन १४
चाइना फाउन्डेसनको सहयोगमा उदयपुरको त्रियुगा नगरपालिकाका दुई विद्यालयका ३३७ विद्यार्थीलाई आज छुट्टाछुट्टै कार्यक्रमका बिच ब्याग,स्टेशनरी सामाग्री र हाइजेनिक सामाग्री बितरण गरेको छ ।
नेपाल चीन कार्यकारी परिषद्को पहल र अनुरोधमा चाइना फउण्डेसनले त्रियुगा नगरपालिका–१३ को जन प्रेमी आधारभुत विद्यालयका पुरुष ७९ र महिला १०२ गरि जम्मा १८१ बिद्यार्थी तथा वडा न.६ को चुरिया आधारभुत विद्यालयका पुरुष ७७र महिला ७९ गरि जम्मा १५६ गरि दुबै विद्यालयका ३३७ विद्यार्थीलाई उक्त सामाग्री बितरण गरिएको हो ।
बितरणको क्रममा जनप्रेमी आधार भुत विद्यालयमा प्र.अ.शैलेन्द्र खतिवडाको सभापतित्वमा गरियको कार्यक्रमको प्रमुख अतिथी चाइना फौण्डेसनका फिल्ड कोअर्डिनेटर सुशील प्याकुरेल हुनुहुन्थ्यो भने बिशेश अतिथिमा वडा अध्यक्ष पशुपती चौधरी र अतिथिहरुमा नेपाल घरेलु तथा साना उधोग महासंघ उदयपुरका अध्य...






