उदयपुरमा चोरी भएका तथा हराएका १० थान मोवाई फेला, सम्बन्धित व्यक्तिलाई हस्तान्तरण
पूर्णपुष्टि, साउन १३
जिल्ला प्रहरी कार्यालय उदयपुरमा प्राप्त निवेदनको आधारमा चोरी भएका तथा हराएका १० थान मोवाईल फेला परेको छ । विभिन्न मितिमा चोरी भएको तथा हराएका मोवाईलहरु खोज तलास गर्ने अभियान अन्तर्गत अन्दाजि ३ लाख मुल्य बराबरको १० थान मोवाईल प्रहरीले बरामद गरेको हो ।
सम्बधित मोवाईल धनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा बोलाएर बरामद भएको मोवाईल हस्तान्तरण गरिएको उदयपुर प्रहरीले जनाएको छ ।...







