८ जुहाडे २ लाख नगद सहित पक्राउ
पूर्णपुष्टि, साउन १२
८ जुहाडेलाई २ लाख नगद सहित सुर्खेत प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगबाट एकजना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हाल वीरेन्द्रगर–३ तातोपानी बस्दै आएका दैलेख चामुण्डाका ३० वर्षीय किरण विष्ट, वीरेन्द्रनगर–६ रातोपुलका २२ वर्षीय बखत शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका घर भई हाल वीरेन्द्रनगर–४ मा बस्दै आएका लोकबहादुर बुढा, गुराँस गाउँपालिका दैलेख घर भई वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने ३० वर्षीय पदमबहादुर बलामी, सोही ठाउँमा बस्ने चिङ्गाड गाउँपालिकाका ४० वर्षीय बलहादुर बाह्रघरे रहेका छन् ।
यस्तै दैलेखको गुराँस घर भई वीरेन्द्रनगर–४ बस्दै आएका यामबहादुर रोकाया, तुर्माखाँद गाउँपालिका अछाम घर भई वीरेन्द्रगर–३ बस्दै आएका ३५ वर्षीय जीवन शाही र होटेल सञ्चालक दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ घर भई वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने २६ वर्षीया शकु...









